बेलायतबाट नेपाल आउन रोक

७ पौष, काठमाण्डौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट नेपाल आउन रोक लगाएको छ । कोरोना महामारीको संक्रमण फेरि बढेको भन्दै बेलायतबाट आउने वा ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन प्राधिकरणले एयरलाइन्सहरुलाई निर्देशन दिएको हो । भोलि राति १२ बजेदेखि अर्काे सूचना नभएसम्मका लागि यो निर्णय लागू हुने जनाईएको छ । पछिल्लो समय बेलायतमा कोरोना संक्रमण फैलिएपछि विभिन्न मुलुकहरुले यात्रा प्रतिबन्ध लगाएका छन् ।

इलामका ६ हजार ५१५ घरपरिवारलाई लालपुर्जा वितरण गरिदैं

४ पौष, काठमाण्डौँ । प्रदेश–१ मा रहेका सुकुम्वासीलाइ प्रदेश सरकारले लालपुर्जा वितरण गर्ने भएको छ । इलामको माई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाका छ हजार पाँच सय १५ घरपरिवारलाई पहिलो चरणमा लालपुर्जा प्रदान गर्न लागिएको हो । प्रदेश–१ सरकारले सुकुम्वासी नागरिकलाई लालपुर्जा वितरणका लागि प्रदेशका ३० स्थानीय तहका एक लाख नागरिकलाई लालपुर्जा वितरण गर्नेछ । यसका लागि प्रक्रिया अघि बढेको भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । आयोगले..

कोरोना विरुद्धको खोप आयातमा स्रोतको अभाव हुदैनः अर्थमन्त्री पौडेल

३ पौष, काठमाण्डौँ । अर्थमन्त्री विष्णु पौडेलले कोरोना भाइरस विरुद्धको खोप आयात गरी नागरीकलाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताउनुभएको छ । विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहजरुपमा उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै उहाँले सरकार खोप आयात तथा वितरणका लागि लागिपरेको बताउनुभयो । नेपाल आर्थिक पत्रकार सङ्घको नवनिर्वाचित कार्य समितिका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले कोरोनाको लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरे जसरी नै खोपको आर्थिक..

सभामुख सापकोटाविरुद्ध परेको मुद्धाको सुनुवाई आज नहुने

३ पौष, काठमाण्डौँ । प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाविरुद्ध आज परेको मुद्धामा आज सुनुवाई नहुने भएको छ । प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा सापकोटाको मुद्दाको पेसी तोकिएको थियो । तर आज उक्त मुद्धाको सुनुवाईमा पालो नआएपछि हेर्न नभ्याइने सर्वाेच्चले जनाएको हो ।  

राष्ट्रपतिसँग भेटेर मात्र अध्यादेश फिर्ता लिने प्रधानमन्त्री ओलीको भनाई

२ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकपटक राष्ट्रपतिसँग भेटेर अध्यादेश फिर्ता लिने बताउनुभएको छ । राष्ट्रपतिलाई एक पटक भेटेरमात्र अध्यादेश फिर्ता गर्ने नेकपाका आर्का अध्यक्ष प्रचण्डलाई प्रधनमन्त्री ओलीले बताउनुभएको स्रोतले जनाएको छ । हिजो आयोजित स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने प्रतिवद्धता जनाउनुभएको थियो । तर, आज ५ बजेका लागि संवैधानिक परिषदको बैठक डाकिएपछि आक्रोशित हुँनुभएका प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्नुभएको थियो । प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले..

एक साताभित्र उखु किसानको बक्यौता रकम भुक्तानी गर्न निर्देशन

२ पौष, काठमाण्डौँ । संसदीय समितिले एक साताभित्र उखु किसानको बक्यौता रकम भुक्तानी गर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई रकम भुक्तानीका लागि निर्देशन दिएको हो । समितिका सभापति विमलप्रसाद श्रीवास्तव उखुको रकम भुक्तानी नदिएको भन्दै किसान आन्दोलित बनेपछि समितिले एक साताभित्र भुक्तानी सकेर प्रतिवेदन पेश गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिइएको बताउनुभयो । समितिले..

प्रजातन्त्रमाथि ‘कू’ भएको सम्झनामा कालो दिवस मनाइँदै

१ पौष, काठमाण्डौँ । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ । वि.सं. २०१७ पौष १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिशेश्वर प्रसाद कोईरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्थाको शुरुआत गर्नुभएको थियो । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीलगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी..

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी विरुद्ध सर्वाेच्चमा रिट दायर

१ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले हिजो (मंगलबार) जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको हो । अधिवक्ता ओमप्रकाश अर्यालले आज अदालत खुले लगत्तै रिट पेश गर्नुभएको हो । तर, रिट दर्ता भने भइसकेको छैन । अधिवक्ता अर्यालका अनुसार रिट दर्ताको लागि सर्वाेच्च प्रशासनले अध्ययन गरिरहेको..

गणतन्त्रको विकल्प राजतन्त्र कदापी हुन सक्दैनः मुुख्यमन्त्री राई

१ पौष, विराटनगर । प्रदेश–१ का मुुख्यमन्त्री शेरधन राईले नेपाली जनताको संर्घषपछि आएको संघियतालाई कसैले पनि समाप्त पार्न नसक्ने वताउनुभएको छ । विराटनगर–१४ मा निमार्ण हुन लागेको प्रदेश स्तरीय जनस्वाथ्य प्रयोगशालाको शिलान्यास गर्नुहुदै उहाँले नेपाली जनताका लागी संघियता उपहार भएको भन्दै संघिय प्रणाली अन्र्तगत सरकारले धेरै काम गरेको वताउनुुभयो । केहि मानिस सडकमा संघियताको विरोधगर्दै अर्काे विकल्प चाहियो भन्छन् तर आफु सत्तामा हुुँदा वा आफ्नो पालाको सरकारमा उनिहरुले देश र..

पशुपतिनाथको मन्दिर आजदेखि खुल्यो

१ पौष, काठमाण्डौँ । पशुपतिनाथको मन्दिर आजदेखि खुलेको छ । कोरोना संक्रमणका कारण भक्तजनका लागि मन्दिर ९ महिना देखी बन्द थियो । प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि मन्दिर गत चैतदेखि बन्द रहदै आएको थियो । संक्रमणसंग बढ्दो दुरीसहित दर्शनार्थीलाई मन्दिर दर्शनको व्यवस्था मिलाइएको जनाइएको छ । मन्दिरको पश्चिम ढोकाबाट भक्तजनलाई प्रवेश गराई दर्शनपछि पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था..