मुख्य समाचार
एमाले इलामको पालिकास्तरिय कार्यकर्ता भेला सम्पन्न, ४ हजार बढी कार्यकर्ता सहभागी (फोटो हेर्नुहोस्)
२६ भाद्र, इलाम । नेकपा एमाले इलामको नगरपालिका र गाउँपालिका स्तरिय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । एमाले इलाम जिल्ला सचिवालय कमिटीको निर्णय बमोजिम इलाममा रहेका दश वटा स्थानिय तहहरु मध्ये ९ वटा स्थानिय तहहरुमा अगुवा कार्यकर्ता भेला समपन्न भएको हो । रोङ्ग गाउँपालिकामा भने नेकपा एमाले रोङ्ग गाउँपालिका कमिटीका सचिवालय सदस्य एवम् जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको निधनका कारण स्थगित गरिएको हो । जिल्लाको विभिन्न स्थानिय तहमा..
एमालेको अवरोधकाबीच संसदमा राजनीतिक दलसम्बन्धी अध्यादेश पेस
२३ भाद्र, काठमाण्डौँ । प्रतिनिधिसभाको बैठक भाद्र २५ गतेसम्मलाई स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदको अवरोधबीच गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश पेस गर्नुभएपछि बैठक स्थगित भएको हो । बैठकको शुरूमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । त्यस्तै प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनय नाम समेत पढेर सुनाउनुभएको थियो । एमाले अवरोधका कारण बैठक दुईपटक स्थगित भएको थियो ।
एमालेलाई कसैले हेप्न खोज्छ भने चुप लागेर बस्दैनौँः विशाल भट्टराई
२३ भाद्र, काठमाण्डौँ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीले कारवाही गरेका सांसद बचाउन र एमाले टुक्रयाउन किन भूमिका निर्वाह गरेको भनेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रश्न गर्नुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकको सुरुमै उहाँले यस्तो प्रश्न गर्नुभएको हो । उहाँले बैठकको ध्यानाकर्षण गराउँदै दल विभाजनको मतियार किन बनेको भन्दै सभामुख सापकोटा समक्ष प्रश्न गर्नुभयो । उहाँले एमालेको पार्टी कमिटीका १४ जना सदस्यलाई कारवाही गरेको पत्र निर्वाचन आयोगलाई बुझाएको..
सत्ता साझेदार दलहरुले नाम दिएपछि सरकारले पूर्णता पाउँछः प्रधानमन्त्री देउवा
२२ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलहरुले नाम दिएपछि मन्त्रिपरिषद विस्तार गर्ने बताउनुभएको छ । आज नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै देउवाले यस्तो बताउनुभएको हो । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले नाम दिएपछि मन्त्रिपरिषद विस्तार गर्ने उहाँले बताउनुभयो । ‘एमाले (हालको एकीकृत समाजवादी), माओवादी मिलेर सरकार बनेको सबैलाई थाहा छ । उनीहरुसँग सल्लाह गर्नुपर्छ । उनीहरुले नाम पठाएपछि सरकारले पूर्णता पाउँछ’..
प्रदेश–२ का १६ सांसद लोसपामा आए
२१ भाद्र, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई प्रदेश–२ मा राहत मिलेको छ । प्रदेश–२ प्रदेशसभामा सो पार्टीका पक्षमा १६ सांसद भएका छन् । जसपाका सभामुखसहित ५५ सांसदमध्ये १६ जनाले लोसपाका पक्षमा सनाखत गराएका हुन् । अध्यादेशअनुसार नयाँ दलका पक्षमा सनाखत गर्ने अन्तिम दिन आज प्रदेश २ प्रदेशसभामा १६ सांसद लोसपाको पक्षमा रहनु उत्साहजनक रहेको नेताहरु बताउँछन् । यद्यपि तत्कालीन राजपा नेपालका अधिकांश..
झलनाथ निकट इलामका जनप्रतिनिधीहरु नेकपा (एस)मा नजाने, १० बुदे कार्यन्वयन गर्न कार्यदल
२० भाद्र, इलाम । झलनाथ खनाल निकट मानिने इलामका जनप्रतिनिधीहरु नेकपा (एस)मा नजाने भएका छन् । उनीहरुले १० बुदे सहमती कार्यन्वयन भए एमालेमै रहने संकेत गरेका छन् । यसका लागि हिजो शनिवार कार्यदल समेत गठन गरिएको छ । एमाले इलाम जिल्ला कमिटीको सचिवालय बैठकले जिल्ला अध्यक्ष राम रानाको संयोजकत्वमा ७ सदस्य कार्यदल गठन गरेको हो । कार्यदलको सदस्यहरुमा महेश बस्नेत, गणेश बराल, कृष्णप्रसाद श्रेष्ठ, उदयबहादुर राई, रनबहादुर राई र चित्रकला..
एमाले उपाध्यक्ष वामदेव गौतमले दिए पदबाट राजिनामा
१८ भाद्र, काठमाण्डौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पदबाट राजिनामा दिनुभएको छ । गौतमले आज साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजिनामा दिनुभएको हो । गौतमले राजिनामा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएर फर्किएको स्वकीय सचिव दिपक टमाटाले जानकारी दिनुभयो । नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित हुनुभएका गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बननुभएको थियो । उहाँ नेकपा विभाजनपछि दुवै पक्षमा नलागी एकता अभियानमा सक्रिय..
विभाजन रोजेकाहरूले औचित्य स्थापित गर्न सक्दैनन्ः सुवास नेम्वाङ
१८ भाद्र, काठमाण्डौँ । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले विभाजन रोजेकाहरूले त्यसको औचित्य स्थापित गर्न नसक्ने दावी गर्नुभएको छ । आज ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित पार्टी निकट कानून व्यवसायीहरुको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभएको छ–‘साथीहरूले विभाजनको औचित्य स्थापित गर्न सक्ने छैनन् । अहिले नै प्रष्ट देखिएको छ, विभाजन स्थापित हुने छैनन् ।’ माले फुटाउँदा राष्ट्रियताको मुद्दा हुँदा पनि त्यसको औचित्य स्थापित..
प्रदेश–२ मा एमालेका ११ सांसदले रोजे नेकपा (एस)
१७ भाद्र, काठमाण्डौँ । नेकपा एमाले प्रदेश–२ का संसदीय दलका नेता शत्रुधन महतोसहितका ११ सांसदले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर एमालेका सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । १० सांसद निर्वाचन कार्यालयमा सशरीर उपस्थित भए भने दिल्लीप्रसाद उप्रेतीले भारतको दिल्लीबाटै सनाखत गर्नुभभयो । सांसद शत्रुधन महतोले भन्नुभयो, ‘जसरी झलनाथ खनाल कमरेड दिल्लीबाटै सनाखत गर्नुभयो, त्यसरी नै सांसद उप्रेतीको पनि..
महाधिवेशनमा साझा उम्मेदवार घोषणा गर्ने पौडेल समूहको दावि
१७ भाद्र, काठमाण्डौँ । नेपाली काँग्रेसको रामचन्द्र पौडेल समूहले पार्टीको आसन्न महाधिवेशनमा साझा उम्मेदवार घोषणा गर्ने दावी गरेको छ । काठमाण्डौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो समूहले एक जना उम्मेदवार उठाउने घोषणा गरेको हो । एकताको सन्देश दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले काँग्रेसको सुधार चाहने विचार समूहले १४ औँ महाधिवेशनमा एक जना उम्मेदवार उठाउने र यो समूहले महाधिवेशनसम्म एक जना उम्मेदवार तय गर्ने बताउनुभयो । पौडेलले सो घोषणा..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७