एकैदिन सुन तोलाको ४ हजार ८ सय रुपैयाँले बढ्यो

एकैदिन सुन तोलाको ४ हजार ८ सय रुपैयाँले बढ्यो

७ मंसिर, काठमाडौं । विगत केही साता लगातार घटेको सुनको भाउ आज बढेको छ । आज तोलामा सुनको मूल्य ४ हजार ८ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ पनि आज तोलामा ४५ रुपैयाँ बढेको छ । महासंघले आजका लागि चाँदीको भाउ प्रतितोला ३ हजार ११) रुपैयाँ तय गरेको छ । अघिल्लो दिन ३ हजार ६५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर