विद्यार्थी राजनीतिमाथि रोक लगाएर देखाउन रवीन्द्र मिश्रलाई पञ्चा सिंहको चुनौती

विद्यार्थी राजनीतिमाथि रोक लगाएर देखाउन रवीन्द्र मिश्रलाई पञ्चा सिंहको चुनौती

१९ मंसिर, काठमाण्डौँ । अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई विद्यार्थी राजनीतिमाथि रोक लगाएर देखाउन चुनौती दिनुभएको छ । पद्यमकन्या क्याम्पसको नयाँ विद्यार्थी स्वागत कार्यक्रममा बोल्दै नेतृ सिंहले मिश्रलाई कलेज तथा विश्वविद्यालयबाट राजनीति रोक लगाउन चुनौती दिनुभएको हो ।

शनिबार मिश्रले कार्यक्रम गर्दै कलेज तथा विश्वविद्यालयमा राजनीतिक दलका विद्यार्थी संगठन खारेज गर्ने बताउनुभएको थियो । क्रान्तिकारीकी अध्यक्ष सिंहले सडकमा अखिल क्रान्तिकारी, नेविसंघ, अखिल र समाजादी बिध्यार्थी यूनियनसहित दर्जनौ विद्यार्थी संगठनसहितका मुलुकको पौने एक करोड विद्यार्थीहरुको संगठनको तागतलाई कम नआक्न मिश्रलाई चेतावनी दिनुभयो ।

‘रवीन्द्र मिश्रले हिजो जावलाखेलको कार्यक्रममा कलेज र विश्वबिद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने धम्किपूर्ण नारा पोतिएको ब्यानरअघि उभिएर कलेज र विश्वविद्यालयबाट विद्यार्थी राजनिती हटाउने कुरा गर्नुभएछ । म चुनौतीका साथ भन्न चाहन्छु, सक्नुहुन्छ भने रोक लगाएर देखाउनुजस् ।’ नेतृ सिंहले भन्नुभयो ।

अहिले पनि सडकको मोर्चा विद्यार्थीहरुले सम्हालिरहेको उहाँले जिकिर गर्नुभयो । यसका साथै साझा विवेकशीलका अध्यक्ष मिश्रलाई विद्यार्थी आन्दोलनले निरंकुश सत्ताको तीन पुस्तासँग लडेको इतिहास पढ्न समेत सुझाव दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर