प्रदेशमा प्रहरी विनाको गृहमन्त्री र पैसा विनाको अर्थमन्त्री छ, कसरी काम गर्ने ?‒मुख्यमन्त्री राई

प्रदेशमा प्रहरी विनाको गृहमन्त्री र पैसा विनाको अर्थमन्त्री छ, कसरी काम गर्ने ?‒मुख्यमन्त्री राई


२० मंसिर, झापा । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले नेपालमा संघीयता नामको मात्रै रहेको भन्दै असन्तुष्टी व्यक्त गर्नुभएको छ । संघिय सरकारले प्रदेश सरकालाई संविधानले कल्पना गरे अनुसारको अधिकार नदिएकाले प्रदेश सरकारले अपेक्षाकृत परिणाम निकाल्न नसकोको उहाँले बताउनुभयो ।

झापाको दमकमा नेकपा एकिकृत समाजवादी निकट नेपाल खेलकुद महासंघ समाजवादीको प्रदेश भेलामा बोल्दै मुख्यमन्त्री राईले प्रदेश सरकारका मन्त्रीहरुको हातमा कार्यकारीणी अधिकार नहुँदा समस्या भएको बताउनुभयो । ‘प्रदेशमा प्रहरी र सिडिओ विनाको गृहमन्त्री छ, पैसा विनाको अर्थमन्त्री छ, हामीले आवश्यक्ता अनुसार सचिवहरुको सरुवा गर्न पाउँदैनौ । अनि कसरी काम गर्ने ?’ मुख्यमन्त्री राईले भन्नुभयो ।

सत्तारुढ गठबन्धनका मुख्य नेता समेत रहनुभएका नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि उक्त कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । प्रदेश सरकारको कामकारवाहीलाई प्रभावकारी बनाउन केन्द्र सरकारबाट थप अधिकार प्रत्यायेजनका लागि पहल गर्न मुख्यमन्त्री राईले नेता नेपाललाई आग्रह पनि गर्नुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर