पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा अनेरास्ववियुको मसाल जुलुस

२६ कार्तिक, काठमाण्डौँ । नेकपा एमाले निकट अनेरास्ववियुले आज साँझ मसाल जुलुस निकालेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै अनेरास्ववियुले मसाल जुलुस निकालेको हो । अनेरास्ववियुले निरन्तर रुपमा भइरहेको मूल्य वृद्धिलाई अत्याचारको पराकाष्ठ भन्दै भनेको छ, ‘यस्ता जनविरोधी कदमको अनेरास्ववियु घोर भत्सना गर्दै श्रृंखलाबद्ध रुपमा भइरहेको मूलय वृद्धि तत्काल खारेज गर्न जोडदार माग गर्दछ ।’ नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ तथा..

गृहमन्त्रीलाई फोन ‘आधा घण्टाभित्र सर्वाेच्च अदालतबाट सुरक्षाकर्मी हटाउनुस्, होइन भने राम्रो हुँदैन ।’

२६ कार्तिक, काठमाण्डौँ । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले गृहमन्त्री बालकृष्ण खाँणलाई फोन गरेर सर्वाेच्च अदालत परिसरबाट सुरक्षाकर्मीहरु आधा घण्टाभित्र हटाउन आग्रह गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु आन्दोलनरत छन् । नेपाल बार एशोसिएसनको आह्वानमा कानुन व्यवसायीहरुले आज शुक्रबार सर्वाेच्च अदालतको मूल गेटमा नै धर्ना दिईरहेका छन् । धर्नाकारीहरुलाई रोक्न सर्वाेच्च परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यसप्रति आपत्ति जनाउँदै वरिष्ठ अधिवक्ता कार्कीले धर्ना..

नेपाल बारको आन्दोलनका बीच प्रधानन्यायाधीश दोस्रो गेटबाट अदालत छिरे

२६ कार्तिक, काठमाण्डौँ । नेपाल बारको आन्दोलनका बीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वाेच्च अदालतभित्र प्रवेश गर्नुभएको छ । कडा सुरक्षा घेराबीच दोस्रो गेटबाट राणा अदालतभित्र छिर्नुभएको हो । बारका वकिलहरुले सर्वाेच्चको मूल गेट बाहिर प्रदर्शन गरिरहेका थिए । तर, प्रधानन्यायाधीश भने अर्को प्रवेश द्वारबाट छिर्नुभएको हो । सो द्वारमा प्रहरीले कडा सुरक्षा दिएर आन्दोलनकारीलाई आउन दिएका थिएनन् । प्रधानन्यायाधीशलाई सर्वाेच्च प्रवेशमा रोक्ने वकिलहरुको प्रयास असफल भएको छ । उनीहरु अहिले सर्वाेच्चको..

पूर्वी काकरभिट्टा नाका अझै खुल्न सकेन

२१ कार्तिक, झापा । चार दिनअघि मन्त्रिपरिषद् बैठकले भारतसँग जोडिएका सबै सीमा नाका खुला गर्ने निर्णय गरेपनि झापाको काकरभिट्टा नाका खुल्न सकेको छैन । सञ्चारमाध्यममार्फत नाका खोलिएको सूचना सार्वजनिक भए पनि औपचारिक निर्देशन नआएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । डीएसपी सुनिल दाहालले नाका खोल्ने विषयमा माथिल्लो निकायको निर्देशन पर्खिरहेको बताउनुभयो । सरकारी निर्णय कार्यान्वयन नहुँदा सीमाक्षेत्रमा अन्योल बढेको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिना बताउनुहुन्छ । सरकारले..

न्यायाधीशहरुको ‘फुलकोर्ट’ बैठक आज बस्दै, १४ जना न्यायाधीशद्धारा बहिस्कार

८ कार्तिक, काठमाण्डौँ । सर्वाेच्च अदालतका न्यायाधीशहरुको बैठक अर्थात ‘फुलकोर्ट’ बैठक आज बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज दिउँसो साढे १ बजेका लागि फुलकोर्ट बोलाउनुभएको हो । आजको बैठकमा नेपाल बार एसोसियसनका पदाधिकारीलाई समेत बोलाईएको छ । सत्तारुढ गठबन्धनसँग भाग खोजेको आरोप लागेपछि प्रधानन्यायाधीश राणालाई राजीनामा दिन दवाव बढ्दै गएको छ । प्रधानन्यायाधीशले आफूविरुद्ध उठेका सबै प्रश्नको उत्तर फुलकोर्टमार्फत दिने बताउनुभएको छ । यद्यपि सर्वाेच्चका १४ जना न्यायाधीशहरुले आजको बैठक..

बाढी र पहिरो प्रभावितहरुको राहत तथा पुनःस्थापनामा लाग्न प्रधानमन्त्रीको निर्देशन

३ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो र डुबानबाट प्रभावितहरुको राहत तथा घरबारविहीनको पुनःस्थापनामा लाग्न निर्देशन दिनुभएको छ । संघीय मन्त्री, विभिन्न प्रदेशका मुख्यमन्त्री, नेपाल सरकारका सचिव, सुरक्षा अधिकारी सहभागी आजको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विपद् व्यवस्थापनमा बजेटको अभाव हुन नदिन अर्थ मन्त्रालयलाई समेत निर्देशन दिनुभएको हो । बैठकमा अर्थ मन्त्रालयबाट बजेट व्यवस्थापनमा कुनै कमी हुन नदिने प्रतिबद्धता आएको..

बाढी, पहिरो र डुबानमा परी आजसम्म ५८ जनाको मृत्यु

३ कार्तिक, झापा । अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानमा परी आज साँझसम्म ५८ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी प्रदेश नं. १ मा ३० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा २० जना गरी जम्मा ५८ जनाको मृत्यु भएको छ । साथै १ नम्बर प्रदेशमा १४ जना र कर्णाली प्रदेशमा १ जना गरी जम्मा १५ जना घाइते भएका छन् ।..

बेमौसमी बर्षाका कारण पाकेको धान खेतमै डुब्यो, किसान निराश

२ कार्तिक, झापा । लगातारको अविरल वर्षाका कारण धान खेतमै डुबेपछि तराईका किसानहरु चिन्तित बनेका छन् । झापा, मोरङ, सुनसरी सहित तराई जिल्लाका किसानहरुले काटेर राखेको धान खेतमै डुबेको छ । झापा सहितका तराई जिल्लाहरुमा गतवर्ष भन्दा यस वर्ष धान राम्रो फलेपछि किसानहरु उत्साहित थिए । तर धान भित्राउने बेलाको बेमौसमी वर्षातले भने उनीहरुलाई निराश बनाएको छ । कतिपयको धान खोलामा आएको बाढीले बगाएको छ भने कतिपयको धान खेतमै डुबेको..

प्रधानमन्त्री देउवाद्धारा मोहम्मद जयन्तीको शुभकामना

२ कार्तिक, काठमाण्डौँ । । प्रधानमन्त्री शेरबहादुर देउवाले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम धर्मावलम्बीलाई शुभकामना दिनुभएको छ । आज मुस्लिम धर्मावलम्वीहरुको धर्म प्रवर्तक पैगम्बर मोहम्मद सल्लल्लाहु अलैही वसल्लमको जन्म दिन मनाइँदै छ । यसकैको अवसरमा प्रधानमन्त्री देउवाले ट्वीटमार्फत शुभकामना दिनुभएको हो । ‘मुस्लिम धर्मावलम्वीहरुको धर्म प्रवर्तक पैगम्बर मोहम्मद सल्लल्लाहू अलैही वसल्लमको जन्म दिन अर्थात मोहम्मद जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण मुस्लिम धर्मावलम्वी दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’..

एमालेको वडा अधिवेशन कात्तिक ६ र पालिका अधिवेशन कात्तिक ९ गते हुने

१ कार्तिक, काठमाण्डौँ । कात्तिक ६ गते एकैपटक हुन लागेका वडा कमिटी अधिवेशन र कात्तिक ९ गते निर्धारित स्थानीय तहका अधिवेशनबाट निर्वाचित हुने एमालेका पदाधिकारी र सदस्यको अधिकतम संख्या टुंगो लागेको छ । हिजो अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलसहितका नेताहरु बसेर विधान महाधिवेशनबाट पारित विधानलाई प्रकाशनका लागि पठाउँदै संख्याको पनि टुंगो लगाइएको बताईएको छ । एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख सुर्य थापाका..