मुख्य समाचार

राष्ट्रियसभाको आजको बैठकमा १६ अध्यादेश पेश
१७ असार, काठमाण्डौँ । राष्ट्रियसभाको आजको बैठकमा १६ अध्यादेश पेश भएका छन् । आजदेखि प्रारम्भ आठौँ अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ तथा शपथसम्बन्धी अध्यादेश, २०७८ अध्यादेश पेश गर्नुभयो । उहाँले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन..

एमालेको माधव समूह भोलीको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने
१७ असार, काठमाण्डौँ । नेकपा एमालेका माधव नेपाल समूहले भोलीको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ । आज बुद्धनगरमा बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरेको हो । भोली बोलाइएको केन्द्रीय समिति बैठकमा यथास्थितिमा नजाने सर्वसम्मत निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिनुभयो । बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशन आयोजक..

पूर्वमाओवादीका ४ सहित ८ नेता एमाले स्थायी कमिटीमा
१६ असार, काठमाण्डौँ । नेकपा एमालेले पूर्वमाओवादी छाडी एमाले प्रवेश गरेका नेताहरूसहित ८ जनालाई पार्टीको स्थायी कमिटीमा समाहित गरेको छ । पार्टीको महाधिवेशन आयोजक समिति भंग गर्ने निर्णयसँगै पूर्वमाओवादी नेताहरूको अवस्था के हुन्छ भन्ने कौतुहल थियो । आज बसेको महाधिवेशन आयोजक समितिको अन्तिम बैठकले नेकपा विभाजनका क्रममा एमालेमै बसेका पूर्वमाओवादी नेताहरूलाई स्थायी समिति सदस्य मनोनीत गरेको हो । जसअनुसार रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा पार्टीको..

एमालेको महाधिवेशन आयोजक कमिटी भंग, माधव पक्षका ११ नेताको कारवाही पनि निष्क्रिय
१६ असार, काठमाण्डौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक आज बालुवाटारमा बसेको हो । बैठकले कमिटीलाई भंग गर्ने स्थायी समितिको निर्णयलाई अनुमोदन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । २०७७ चैत्र ७ गते बसेको केन्द्रीय कमिटीको बैठकले दसौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसका लागि महाधिवेशन आयोजना गर्न केन्द्रीय कमिटीलाई राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा..

केन्द्रीय सदस्यहरूको भेला बोलाउने काँग्रेस नेतात्रयको निर्णय
१५ असार, काठमाण्डौँ । नेपाली काँग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले आफु निकट केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेका छन् । पूर्वमहामन्त्री सिंहको निवास चाक्सिवारीमा भएको तीन नेताको छलफलले शुक्रबार केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेको हो । छलफलको दायरालाई फराकिलो बनाएर सबैसित कुराकानी गर्दै जाने कुरामा नेतात्रय सहमत भएका छन् । शुक्रबार महामन्त्री शशांक कोइरालाको निवास टोखामा पार्टीको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासीबाहेक केन्द्रीय सदस्यहरुसँग छलफल..

एमालेको बैठकमा माधव समुहका नेताहरुलाई पनि बोलाईयो
१५ असार, काठमाण्डौँ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा यसअघि कारबाहीमा परेका नेताहरुबाहेक सबैलाई बैठकमा उपस्थित हुन जानकारी गराईएको छ । आयोजक कमिटीको बैठकमा माधव नेपाल, झलनाथ खनाल बाहेकका सबै नेतालाई खबर गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । ‘पार्टी बैठकमा यसअघि कारबाहीमा परेका बाहेक सबैलाई बोलाइएको छ’, उहाँले भन्नुभयो, ‘बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ ।’ बैठकले राष्ट्रिय प्रतिनिधि परिषद..

कृषि मन्त्री नेम्वाङ धान रोप्दै
१५ असार, काठमाण्डौँ । राष्ट्रिय धान दिवसको अवसमा आज कृषि तथा पशुपन्छी विकासमन्त्री वसन्तकुमार नेम्वाङले धान रोप्नुभएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को आयोजनामा खुमलटारमा भएको रोपाईमा मन्त्री नेम्वाङले धान रोप्नु भएको हो । आज देशैभर धान रोपेर किसानहरुले यो दिवस मनाउँदै छन् । निषेधाज्ञा खुकुलो भएकोले सरकारले पनि औपचारिक कार्यक्रमका साथ दिवस मनाएको हो । कृषि मन्त्रालयका अनुसार असार १५ गतेसम्म देशभर २७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको..

आज राष्ट्रिय धान दिवसः दही च्यूरा खाएर मनाइँदै
१५ असार, काठमाण्डौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसानहरु दही च्यूरा खाँदा शक्ति प्राप्ति हुन्छ भन्ने मान्यता राख्दछन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले..

एमालेको स्थायी समितिको बैठक सुरु
१३ असार, काठमाण्डौँ । नेकपा एमालेको स्थायी समिति बैठक सुरु भएको छ । बिहान नौ बजेका लागि बोलाएको बैठक साढे १० बजेपछि मात्रै सुरु भएको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । नेताहरु आउन ढिला भएपछि केही ढिलागरी बैठक सुरु भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठकमा पार्टी एकता, सर्वाेच्च अदालतले गरेका पछिल्ला फैसला लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यसअघि..

प्रचण्ड र माधव नेपालबीच एउटै दलमा रहने सहमती भईसकेको खुलासा
११ असार, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालबीच पहिल्यै एउटै दलमा रहने सहमती सहितको खाका तयार भईसकेको खुलासा भएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी हुँदा अध्यक्ष प्रचण्ड र नेता नेपाल एकजुट हुनुहुन्थ्यो । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एक भई उहाँहरुले नेकपाको फरक खेमा बनाई शक्तिबाँडफाँड पनि गर्नुभएको थियो । जस अनुसार प्रचण्ड र नेपाल दुवै अध्यक्ष हुनुभएको थियो ।..