प्रदेश–१ सरकार अल्पमतमा, एमालेका १० सांसदद्धारा नेकपा (एस)को पक्षमा सनखत

१६ भाद्र, काठमाण्डौँ । प्रदेश–१ सरकार अल्पमतमा परेको छ । प्रदेश–१ मा नेकपा एमाले छाडेर नेकपा समाजवादीमा १० जना प्रदेशसभा सांसद सामेल भएसँगै प्रदेश सरकार अल्पमतमा परेको हो । आज निर्वाचन आयोगको प्रदेश कार्यालयमा एमालेका १० सांसद नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गराएका छन् । राजेन्द्र राई, उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, राजन राई, सावित्रा रेग्मी, गणेशकुमार काम्बाङ, खिनुकुमारी लङ्बा, सरिता थापा, पदमकुमारी गुरुङ र सुनिता चौधरीले नेकपा एकीकृत समाजवादीका..

माधवलाई योगेशको सुझावः आफैंसँग भएका नेतालाई आफ्नो पार्टीको अध्यक्ष बनाईदिनुस

१३ भाद्र, काठमाण्डौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपाललाई आफैंसँग भएका नेतालाई आफ्नो पार्टीको अध्यक्ष बनाएर उदाहरण देखाउन सुझाव दिनुभएको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले शनिवार एक कार्यक्रममा पार्टी विभाजनमा साथ नदिएका दोस्रो पुस्ताका नेताहरुलाई एमाले छाडेर आए अध्यक्ष बनाउन तयार रहेको बताउनुभएको थियो । नेता भट्टराईले नेपालको नाम र प्रसंग नलिई ट्वीटरमा भन्नुभएको छ, ‘राम्रो कुरा हो, स्वागत गर्दछु । आफैंसँग भएकालाई बनाएर उदाहरण देखाइदिए झनै..

नुहाउँदा एक–दुई वटा केस झरेजस्तो केही मान्छेहरू आफै झरेः एमाले अध्यक्ष ओली

१२ भाद्र, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीमा फुट नआएको बताउनुभएको छ । नुहाउँदा एक/दुई वटा केस झरेजस्तो केही मान्छेहरू आफै पतन भएर पार्टी छाडेको अध्यक्ष ओलीको बताउनुभएको हो । ‘पार्टी फुटेको होइन । केही मान्छेहरू पतित भएका हुन, बिग्रिएका हुन । ती बिग्रिएका मान्छेहरूले पार्टी छोडेका हुन् ।’ उहाँले भन्नुभएको छ । आज नेकपा एमाले महालक्ष्मी नगर कमिटीले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले माधव..

प्रदेश–१ का नवनियुक्त मुख्यमन्त्री आचार्यद्धारा पदभार ग्रहण

१० भाद्र, विराटनगर । प्रदेश–१ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनीयताको सपथ लिएसँगै आचार्यले पद सम्हाल्नुभएको हो । निवर्तमान मुख्यमन्त्री शेरधन राईले आचार्यलाई सफल कार्यकालको कामना सहित बधाई दिनुभयो । एमाले केन्द्रमा एकता कायम भएसँगै प्रदेश–१ को मुख्यमन्त्री परिवर्तन भएको हो । राईको प्रस्तावमा आचार्य सर्वसम्मतरूपमा दलको नेता चयन भएर मुख्यमन्त्री बन्नुभएको हो ।

जन–गायक जेबी टुहुरेको निधन

१० भाद्र, काठमाण्डौँ । जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । काठमाण्डौँको बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा आज उहाँको निधन भएको हो । केही दिनअघि मतिष्कघात भएर टुहुरेलाई अस्पताल भर्ना गरिएको थियो । आफ्नै निवासमा लडेपछि उहाँलाई अस्पताप पुर्याइएको थियो । तर, भेन्टिलेटरमा राखेर उपचार गरिएका उहाँको अवस्थामा सुधार आउन सकेन । ७८ वर्षिय टुहरेको वास्तविक नाम जुठबहादुर खड्गी हो । २० वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय उहाँले सयौं संख्यामा..

प्रदेश–१ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त

१० भाद्र, विराटनगर । प्रदेश–१ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त हुनुभएको छ । मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । नेकपा एमालेको सचिव समेत रहनुभएका आचार्यलाई मुख्यमन्त्री बनाउने गरी आजै बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने निर्णय गरेको थियो । प्रदेश–१ मा केपी ओली पक्षमा रहेका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने स्थिति आएपछि उहाँले राजीनामा दिएर आचार्यलाई मुख्यमन्त्री..

नेकपा समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी विधिसम्मत दर्ता

९ भाद्र, काठमाण्डौँ । निर्वाचन आयोगमा आज दुई नयाँ पार्टी दर्ता भएका छन् । एमालेबाट फुटेर बनेका नेकपा (एकीकृत–समाजवादी) र जनता समाजवादी पार्टीबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी विधिसम्मत दर्ता भएका हुन् । आज दिउसो दुवै पार्टीका तर्फबाट पेश भएका नामहरुको सनाखत सम्पन्न भएको थियो । आयोगले बेलुकीपख दलका प्रतिनिधिलाई बोलाएर प्रमाणपत्र दिएको छ । दुबै दल दर्ता गर्ने निर्णय भएको र आजै प्रमाणपत्र दिइएको आयोगका प्रबक्ता राजकुमार श्रेष्ठले बताउनुभयो..

गण्डकीका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिकः अथाह घरजग्गा, किलोमा सुनचाँदी

९ भाद्र, कास्की । गण्डकी प्रदेशका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार गण्डकीका मन्त्रीहरुमध्ये सबैभन्दा धनी आन्तरिक मामिला तथा प्रदेशसभा मन्त्री विन्दुकमार थापा देखिनुभएको छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा, भौतिक पूर्वाधार मन्त्री कुमार खड्काको पनि घर जग्गा र सुनचाँदी धेरै देखिएको छ । मन्त्रीहरुले बैंकबाट ऋण लिएको पनि सम्पत्ति विवरणमा..

लोसपाका नेताहरु सनखत गरेर फर्के

९ भाद्र, काठमाण्डौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरुले निर्वाचन आयोगमा सनाखत गरेर फर्केका छन् । जसपाबाट फुटेर महन्थ ठाकुर र राजेन्द्र महतोलगायतका नेताहरुले अलग दल लोकतान्त्रिक समाजवादी दर्ता गर्न निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो । सोही क्रममा लोसपाका १४ सांसद र १७ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् । योसँगै..

एकीकृत समाजवादी पार्टी सनाखतका लागि नेताहरु निर्वाचन आयोगमा

९ भाद्र, काठमाण्डौँ । एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि नेताहरुले निर्वाचन आयोगको कार्यलय पुगेर सनाखत गरेका छन् । पार्टी अध्यक्ष माधव नेपाल सवैभन्दा पहिला आयोग पुग्नुभएको थियो । त्यसपछि रामकुमारी झाँक्री, प्रेम आले, किसन श्रेष्ठ लगायतका नेताहरु आयोग पुग्नुभएको थियो भने नेताहरु चन्द्रागिरीबाट पर्यटक बस चढेर गएका थिए । दुई दिनयता नेपाल पक्षीय नेताहरु भेलाको नाममा चन्द्रागिरिको रिसोर्टमा बसेका थिए । एमालेबाट फुटेर नयाँ दल बनाएका..