१९ मंसिर, काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन विजयी हुनुभएको छ । निवर्तमान अध्यक्ष कमल थापासँगको कडा प्रतिस्पर्धामा लिङदेनले जित हासिल गनर््ुभएको हो ।
पार्टीको चार दिनदेखि जारी महाधिवेशनको अन्तिम दिन हिजो नेतृत्वका लागि चुनाव भएका थियो । उक्त चुनावका भर्खरै प्राप्त नतिजा अनुसान लिङदेनले थापालाई हराउँदै पार्टीको कमाण्ड प्राप्त गर्नुभएको हो । अन्तिम मतपरिणामअनुसार लिङदेनले थापालाई २२७ मतान्तरले पराजित गर्नुभयो । राप्रपाका झण्डै ४४ सय महाधिवेशन प्रतिनिधिमध्ये ३८ सय ७३ मत खसेकोमा लिङदेनको पक्षमा १८४४ र थापाको पक्षमा १६१७ मत आएको थियो । ४३१ मत बदर भएको छ ।
पार्टीको पदाधिकारीमा भने अध्यक्ष पदमा पराजित कमल थापापक्षको बर्चश्व देखिएको छ । मतपरिणाम अनुसार उपाध्यक्ष र महामन्त्रीमा थापा पक्षधर उम्मेदवारहरु विजयी भएका छन् ।
पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी हुनुभएको छ । दुवै प्यानलमा समेटिएका उहाँले २५२१ भोट ल्याउनुभएको छ ।
यसैगरी कमल थापा प्यानलबाट उठेका बुद्धिमान तामाङ १९४४ भोट ल्याएर विजयी हुनुभएको छ भने सोही प्यानलमा ध्रुवबहादुर प्रधान १८१४ भोट ल्याएर विजयी हुनुभएको छ ।
महिला उपाध्यक्षमा रोशन कार्की १६८९ भोट ल्याएर विजयी हुनुभएको छ । उहाँ पनि कमल थापा पक्षकी हुनुहुन्छ ।
महामन्त्रीको प्रतिस्पर्धामा लिङदेन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २२२१ भोट ल्याएर विजयी हुनुभएको छ । यसैगरि थापा पक्षकै भुवन पाठकले १८०५ भोट ल्याएर जित हासिल गनुर््भयो ।
महिला महामन्त्रीतर्फ थापा समूहकी कुन्ती शाही विजयी हुनुभयो । उहाँले २००८ मत ल्याउनुभएको छ ।