मुख्य समाचार
लुम्बिनी प्रदेशः सभामुखलाई संसदबाटै ठेगान लगाउने एमालेको चेतावनी
६ भाद्र, वुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्यद्वय विमला कुमारी खत्री वली र अजय शाहीमाथि पार्टीले गरेको कारवाहीलाई प्रदेशसभाले मान्यता नदिएकोमा आक्रोशित भएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले आज पत्रकार सम्मेलनको अयोजना गर्नुहुँदै प्रदेशसभा सदस्यद्वय वली र शाहीले गत वैशाख १९ गते, जेष्ठ १९ गते र जेष्ठ ३० गते संसदीय दलको बैठकमा सहभागी भएको दाबी गर्नुभयो । एमाले संसदीय दलको सदस्यका हैसियतले..
झलनाथ पक्षधर इलामका जनप्रतिनिधीहरुको एमाले नछाड्ने संकेत
५ भाद्र, इलाम । इलाममा पूर्वप्रधानमन्त्री झलनाथ खनालनिकट मानिएका नेकपा (एमाले)का नेताहरूले माधव नेपाल नेतृत्वको नेकपा समाजवादीमा नजाने संकेत गरेका छन् । उनीहरुले केन्द्रीय तहमा दोस्रो तहका नेताले गरिरहेको एकता प्रयासको परिणाम पर्खिने भन्दै एमालेमै बस्ने निर्णय गरेका हुन् । उनीहरूले १० बुँदे सहमति पालनामा जोड दिने बताएका छन । सूर्याेदय नगरपालिकामा आज भएको भेलाले नेकपा समाजवादीमा समाहित हुनेभन्दा पनि एमालेमै रहन प्रयास गर्नेगरी अघि बढ्ने निर्णय गरेको बताईएको छ..
ओली र नेपालकै सहमतीमा मुख्यमन्त्री बनेकी हुँः अष्टलक्ष्मी शाक्य
५ भाद्र, काठमाण्डौँ । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू केपी शर्मा ओली र माधवकुमार नेपाल दुवैको सहमति मुख्यमन्त्री बनेको बताउनुभएको छ । वागमती प्रदेशसभामा सरकार परिवर्तनको विषयमा आफूले दुवै नेतालाई भेटेर जानकारी गराएको र दुवैको सहमति पाएको उहाँले बताउनुभएको हो । आज शनिबार काठमाडौंको धुम्बाराहीमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शाक्यले आफूले निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलसँगै ओलीलाई भेटेको बताउनुभयो । ‘वागमतीको यस्तो स्थिति छ । के गर्नुहुन्छ तपाईंले ? हामी..
एमाले विभाजनसँगै प्रदेश–१ मा मुख्यमन्त्रीका लागि दैडधुप सुरु
५ भाद्र, काठमाण्डौँ । नेकपा एमाले विभाजनसँगै प्रदेश १ मा शेरधन राईको नेतृत्वको सरकार विस्थापन गरी नयाँ सरकारको निर्माणको तयारीमा जुटेको गठबन्धनले छलफललाई तीव्र पारेका छन् । तर सरकारको नेतृत्व कसले गर्ने भने विषयमा गठबन्धन दल भित्र सहमति भने बनिसकेको छैन । सत्तारूढ गठबन्धनमा काँग्रेसलाई गण्डकी र सुदूरपश्चिम, माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित एकीकृत समाजवादीलाई प्रदेश १ र बागमती प्रदेशको नेतृत्व दिने आन्तरिक सहमति भएको भन्ने आधारमा एकीकृत समाजवादीले सरकारको नेतृत्व..
अध्यादेशको विरुद्धमा कालो कफन बाधेर अनेरास्ववियुको विरोध प्रदर्शन
४ भाद्र, काठमाण्डौँ । सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा एमालेनिकट विद्यार्थी संगठनले आज पनि विरोध जारी राखेको छ । अनेरास्ववियूका केन्द्रीय कमिटीको आयोजनामा दल विभाजनलाई प्रोत्साहन गर्न अध्यादेश ल्याइएको भन्दै त्यसको भण्डाफोर गर्न आव्हान गर्दै सडकमा उत्रिएका छन् । टाउकोमा कालो फेटा बाँधेर उनीहरूले अध्यादेशविरुद्ध भण्डाफोर सभासमेत गरेका छन् ।
१० बुँदे कार्यन्वयन नभए विद्रोह गर्ने माधव समूह छाडेका नेताहरुको सन्देश
४ भाद्र, काठमाण्डौँ । पार्टी एकताको लागि भन्दै आन्तरिक गृहकार्य गरिरहेका नेकपा (एमाले)का माधव नेपाल समूहमा छाडेका नेताहरुको छुट्टै भेला भएको छ । आज शुक्रवार बसुन्धारास्थित एक पार्टी प्यालेसमा भएको भेलाले पार्टी एकताको लागि अझै पहल गर्ने निश्कर्ष निकालेको हो । एकताको लागि यसअघि कार्यदले अघि सारेको १० बुँदे सहमती कार्यान्वयन हुनुपर्ने उनीहरुको निश्कर्ष छ । यसको लागि अध्यक्ष केपी शर्मा ओलीलाई एक साताको समय दिईएको पनि बैठकमा सहभागी एक..
हामीले अलिकति मेहनत गर्ने हो भने माधव नेपाल रित्तै हुन्छन्ः केपी ओली
३ भाद्र, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कमजोर पार्न सरकारले जति चाहियो त्यति संख्या हुने गरी अध्यादेश ल्याए पनि त्यसको कुनै अर्थ नहुने बताउनुभएको छ । भक्तपुरमा कार्यकर्ता भेलालाई विशेष सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । देउवा सरकारले ४० प्रतिशतबाट घटाएर २० प्रतिशतको अध्यादेश ल्याउँदा पनि माधव नेपालले त्यति संख्या र्पुयाउन नसकेको अध्उइा ओलीले बताउनुभयो । ‘४० प्रतिशतबाट घटाएर २० प्रतिशत ल्याए । त्यो पनि..
नेपालको पहिलो महिला मुख्यमन्त्री बन्दै अष्टलक्ष्मी शाक्य
२ भाद्र, काठमाण्डौँ । एमाले नेतृ अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्ने तय भएको छ । वागमती प्रदेशमा एमाले संसदीय दलको नेता चयन भएसँगै शाक्य मुख्यमन्त्री बन्ने निश्चित भएको हो । शाक्य हिजोका दिनसम्म एमालेको माधव नेपाल समूहकी नेतृका रूपमा चिनिनुहुनथ्यो । तर आज नेपाल समूहले एमाले फुटाएर निर्वाचन आयोगमा नयाँ दल दर्ता गरिरहँदा उहाँ विभाजन प्रक्रियाबाट बाहिरिनुभएको छ । माधव नेपालको साथ छोडेसँगै उहाँलाई मुख्यमन्त्री बनाउन एमाले अध्यक्ष..
महन्थ ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) निर्वाचन आयोगमा दर्ता
२ भाद्र, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)बाट फुटेर महन्थ ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि जसपाको ठाकुर पक्ष नयाँ पार्टी दर्ताको लागि आज बुधबार आयोग पुगेको हो । सो पार्टीको आयोगमा दर्ता नम्बर ४३४ रहेको छ । पार्टीको अध्यक्ष महन्थ ठाकुर रहेका छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो रहनुभएको छ ।..
एमाले चोईटिएर बनेको एमाले (समाजवादी)मा को को भए केन्द्रिय सदस्य ? (नामावली हेर्नुहोस)
२ भाद्र, काठमाण्डौँ । नेकपा एमालेबाट चोईटिएर बनेको एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ । निवेदनमा ९५ केन्द्रीय सदस्यको नाम समेत दिइएको छ । जसमा ५८ जना एमालेमा रहँदा पनि केन्द्रीय सदस्य थिए । केन्द्रीय सदस्यहरुको नामावली हेर्नुहोस्ः माधवकुमार नेपाल झलनाथ खनाल मुकुन्द न्यौपाने प्रदीप नेपाल डा. बेदुराम भुसाल प्रमेशकुमार हमाल राजेन्द्रप्रसाद पाण्डे डा.विजयकुमार पौडेल डा. गंगालाल तुलाधर प्रकाश ज्वाला नागेन्द्रप्रसाद चौधरी जयन्ती राई तुलबहादुर गुरुङ जगन्नाथ..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७