१८ मंसिर, इलाम । नेकपा एमालेको इलाम जिल्ला अध्यक्षको जिम्मेवारी महेश बस्नेतले पाउनुभएको छ । आज शनिवार बसेको जिल्ला कमिटी सचिवालयको बैठकले जिल्ला सचिव बस्नेतलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
जिल्ला अध्यक्ष राम राना हालै सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उहाँ स्वतः पदमुक्त हुनुभएको थियो । जिल्ला कमिटीका उपाध्यक्ष भक्त केसी नेकपा एसमा गएकाले वरिष्ठताका आधारमा बस्नेत अध्यक्ष बन्नृुभएको हो ।
बस्नेत इलाम नगरपालिकाका मेयर समेत हुनुहुन्छ । बैठकले संगठन विभाग प्रमुखमा उमेश गुरुङलाई चयन गरेको छ भने प्रकाश अधिकारीलाई प्रचार विभाग प्रमुखमा मनोनित गरेको छ ।