अध्यक्ष ओलीलाई नेता नेम्वाङको तीन विकल्पः वरिष्ठ उपाध्यक्ष पद खारेज, दुई वरिष्ठ उपाध्यक्ष कि निर्वाचन !

अध्यक्ष ओलीलाई नेता नेम्वाङको तीन विकल्पः वरिष्ठ उपाध्यक्ष पद खारेज, दुई वरिष्ठ उपाध्यक्ष कि निर्वाचन !


१२ मंसिर, चितवन । अध्यक्ष केपी शर्मा ओलीबाहेक अरुलाई नेता नमान्ने अडानमा बसेका नेकपा एमालेको नेता सुवासचन्द्र नेम्वाङ सहमतिको तीन विकल्प अघि सार्नुभएको छ ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र नेम्वाङको दाबी छ । नेम्वाङले ओली बाहेक अरुलाई नेता नमान्ने सन्देश प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईमार्फत पठाउनुभएको थियो ।

स्रोतका अनुसार राईसँग भएको भेटमा ओलीले उसो भए विकल्प के छ र ? भनेर सोध्नुभएको थियो । उहाँले भने नेम्वाङले अघि सारेको तीन विकल्प सुनाउनुभएको छ ।

पहिलो ः वरिष्ठ उपाध्यक्ष पद नै खारेज गर्ने ।

दोस्रो ः दुई वरिष्ठ उपाध्यक्षको व्यवस्था गर्ने ।

तेस्रो ः निर्वाचन ।

स्रोतका अनुसार नेम्वाङ बरु चुनाव लड्ने, तर पोखरेललाई नेता नमान्ने अडानमा हुनुहुन्छ । महासचिव पोखरेलले वकिलले पार्टी चलाउँछ ? भनेर आफ्नो अपमान गरेको भन्दै नेम्वाङले भननुभएको छ, ‘वकिलले पार्टी चलाउँछ कि चलाउँदैन हेर्न निर्वाचनमा जाऊँ ।’

नयाँ नेतृत्व चयनका लागि सौराहमा चलिरहेको महाधिवेशनमा नयाँ कमिटीको नाम प्रस्ताव गर्ने सर्वाधिकार लिएका ओलीलाई नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङले ३०१ केन्द्रीय सदस्यको सूची बुझाउनुभएको छ । तर पदाधिकारीमा सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया:

सम्बन्धित खवर