मेरो नेता केपी ओली हो, म भन्दा सिनियर अरु छैनः सुवास नेम्वाङ

मेरो नेता केपी ओली हो, म भन्दा सिनियर अरु छैनः सुवास नेम्वाङ


१२ मंसिर, चितवन । कमिटी प्रस्ताव गर्ने सर्वाधिकार आफूमा लिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष छनोटमा सकस देखिएको छ । महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ दुबैले वरिष्ठ उपाध्यक्षमा दाबी गर्नुभएको छ ।

ओलीले पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाएर नेम्वाङलाई उपाध्यक्ष बनाउन चाहेको भएपनि नेम्वाङले पोखरेललाई नेता नमान्ने सन्देश पठाउनुभएको छ ।

पूर्व सभामुखसमेत रहनुभएका नेम्वाङको सन्देश लिएर प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले अध्यक्ष ओलीलाई भेटेको एक नेताले जानकारी दिए । नेम्वाङको तर्क छ, ‘मेरो नेता केपी ओली हो, म भन्दा सिनियर अरु छैन । यदि मलाई उपाध्यक्षमा राख्ने हो भने वरिष्ठ उपाध्यक्ष पद नै खारेज गरौं ।’

प्रतिक्रिया:

सम्बन्धित खवर