मुख्य समाचार
नेपाली फुटबल टोली स्वदेश फर्कियो, स्वागत गर्न खेलकुदमन्त्री विमानस्थलमा
१ कार्तिक, काठमाण्डौँ । साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ । आज विहान स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुग्नुभएको थियो । उहाँले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गर्नुभयो । साथै आफ्नो मन्त्रालय र सरकारको तर्फबाट गर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता पनि जनाउनुभयो । माल्दिभ्समा भएको साफमा नेपाल पहिलो पटक फाइनलमा पुगेको थियो । तर फाइनलमा भारतसाग ३–०..
मुगुमा बस दुर्घटनामा मृत्य हुनेको संख्या ३२ पुग्यो
२७ असोज, मुगु । मुगुमा भएको बस दुर्घटनामा मृत्य हुनेको संख्या ३२ पुगेको छ । मृत्यु हुनेमा २२ पुरुष र १० महिला रहेका छन् । २४ जनाको घटनास्थलमै र ४ जनाको मुगुको ताल्चा विमानस्थलमा, ४ जनाको उपचारको क्रममा नेपालगन्जमा र १ जनाको बाँकेको कोहलपुर अस्पतालमा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिनुभयो । मृतकमध्ये चालकको पहिचान खुलेको उहाँले बताउनुभयो । मृतक चालक दाबहादुर रावलको रहेको..
चुलाचुलीमा युवा संघ र युथ फोर्सको पालिका कमिटी घोषणा
२५ असोज, इलाम । राष्ट्रिय युवा संघ नेपाल चुलाचुली गाउँ कमिटीको आयोजनामा नयाँ कमिटी घोषणा कार्यक्रम सम्पन्न भएको छ । युवा संघका केन्द्रिय उपाध्यक्ष तथा युथ फोर्सका केन्द्रिय अध्यक्ष क्षितीज थेबेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नरेन्द्र क्षेष्ठको अध्यक्षतामा ५७ सदस्य युवा संघ चुलाचुली कमिटी तथा सन्दिप राईको अध्यक्षतामा ३३ सदस्य युथ फोर्स चुलाचुली कमिटी घोषणा भएको छ । इलामको चुलाचुली ४ आईतबारेमा भएको कार्यक्रममा युथ फोर्सका केन्द्रिय अध्यक्ष थेबे सहित..
देउवा सरकारले पायो पूर्णता
२२ असोज, काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई अढाई महिना पछि पूर्णता दिनुभएको छ । सत्तारुढ गठबन्धनमा सहभागी दलहरुलाई समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । प्रधानमन्त्रीले डा.मिनेन्द्र रिजाललाई रक्षा, रेणु यादवलाई भौतिक पूर्वाधार, विरोध खतिवडालाई स्वास्थ्य, रामकुमारी झाँक्रीलाई सहरी विकास, देवेन्द्र पौडेललाई शिक्षा, दिलेन्द्रप्रसाद बडुलाई कानून, प्रेमबहादुर आलेलाई पर्यटन, उमाकान्त चौधरीलाई खानेपानी तथा महिन्द्र राय यादवलाई कृषि मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । त्यस्तै उमा रेग्मी महिला, बालबालिका तथा..
माओवादीले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगायो
२० असोज, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेका तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको छ । स्थायी कमिटी बैठकबाटै मन्त्रीको नाम टुंगो लगाइएको स्रोतले जनाएको छ । माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशी श्रेष्ठ मन्त्री र बोधमाया यादव राज्यमन्त्री बन्ने टुंगो लागेको हो ।
गोरुको मासु खान पाउनुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन
२० असोज, काठमाण्डौँ । गोरुको मासु खान पाउनुपर्ने माग गर्दै ‘विभेदकारी कानुन खारेजी संघर्ष समिति’ले काठमाडौंमा प्रदर्शन गरेको छ । माइतीघर मण्डलामा आज प्लेकार्डसहित विरोधमा उत्रिएका युवाहरुले ‘गाई–गोरु बध गरेमा’ तीन वर्षसम्मको कैद सजायको व्यवस्था गरिएको मुलुकी अपराध संहिता ऐन २०७४ ले मानवअधिकार हनन गरेको बताएको छ । सो संघर्ष समितिका संयोजक मोक्तान थेवाले गाई–गोरुको मासु खानेलाई अपराध करार गर्दै कारवाही गर्नुले कुनै पनि व्यक्तिले न्यूनतम खाद्य एवं आहार उपभोग..
एमाले ‘नोकिया’ फोन जस्तो हराएर जान्छः रामकुमार झाँक्री
१६ असोज, इलाम । नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमार झाँक्रीले एमाले हराएर जाने बताउनुभएको छ । इलामको माईजोगमाईमा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घाटनमा बोल्दै झाँक्रीले सूर्य चिन्हको ट्रेडमार्क नोकिया फोन जस्तो भएकाले निर्वाचनसँगै हराएर जाने दावि गर्नुभएको हो । ‘मोबाइल बनाउने लोकप्रिय कम्पनी नोकिया बजारबाट हराए जस्तै एमालेको सूर्य नोकिया फोनजस्तै हुनेछ’, झाँक्रीले भन्नुभयो ‘क्रान्तिकारी पार्टी ठूला तानाशाहको प्रतीमा र सालिकबाट चल्दैन। यदि हुन्थ्यो भने इराकमा अझै पनि सद्दाम..
पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔँः जनार्दन शर्मा
१२ असोज, काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताउनुभएको छ । समावेशी समानुपातिक सिद्धान्तको वास्तविक मर्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र सम्बोधन हुनसक्ने उहाँको भनाइ छ । पार्टी निकट नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण बैठकलाई मंगलवार सम्बोधन गर्दै शर्माले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र दलितलगायत सीमान्तकृत समुदायका जनताले नीति निर्माणको तहमा प्रतिनिधित्व गर्न सक्ने बताउनुभयो ।..
चितवन पुगेर बादलले भने ‘म प्रचण्डसंग चुनाव लड्न तयार छु’
८ असोज, चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले चितवनमा आफू प्रचण्डसँग चुनाव लड्न तयार रहेको बताउनुभएको छ । उहाँले एमाले पार्टीभित्र १० बुँदे कार्यान्वयन हुने अवस्था भए पनि आफू साविककै जिम्मेवारीमा रहने विश्वास व्यक्त गर्नुभयो । प्रेस चौतारी नेपाल चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बादलले चितवनमा प्रचण्ड भर्सेज बादलको चुनाव हुने बताउनुभयो । उहाँले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समाजवाद र..
ओलीलाई फेरि प्रधानमन्त्री हुन रोक लाग्ने गरी एमाले विधान संशोधनको प्रस्ताव
३ असोज, काठमाण्डौँ । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री हुन रोक लाग्ने गरी विधान संशोधनको प्रस्ताव आएको छ । आज शुरु भएको एमाले स्थायी कमिटी बैठकमा पेश गरिएको विधान संशोधन प्रस्तावमा सरकार प्रमुख दुई पटक भन्दा बढी हुन नपाउने व्यवस्था छ । प्रस्तावमा पार्टीका पदहरुमा जस्तै सरकार प्रमुख पनि दुई पटकभन्दा बढी दोहोरिन नपाउने व्यवस्था गरिएको एक स्थायी कमिटी सदस्यले बताए । स्थायी कमिटीमा आएको विधान संशोधन..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७