११ मंसिर, चितवन । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदको उममेद्धवारी दिनबाट पछि नहट्ने संकेत गर्नुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले नेता नेम्वाङलाई वरिष्ठ उपाध्यक्षको दाबी छाड्न आग्रह गर्नुभएको थियो ।
ओलीले नेम्वाङलाई बोलाएर ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्ने अवस्था रहेको ब्रिफिङ गर्दै दाबी छाड्न आग्रह गर्नुभएको थियो । दुई‒दुई पटक पार्टी महासचिव भएको र सिनियर पनि भएकाले पोखरेललाई बरिष्ठ उपाध्यक्ष बनाउनु पर्ने अवस्था रहेको ओलीले नेम्वाङलाई बताउनुभएको हो ।
एमाले नेताहरूका अनुसार ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंबाट लबिङ गरिरहनुभएको छ । तर नेम्वाङ ईश्वरका लागि बरिष्ठ उपाध्यक्ष छाड्न तयार हुनुहुन्न । बरू आफू बरिष्ठ उपाध्यक्षमा प्रतिष्पर्धा नै गर्न तयार रहेको बताउनुभएको छ ।
नेम्वाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने सार्वजनिक गरिसक्नुभएको छ । नेम्वाङले यसअघि वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेका एमाले उपमहासचिव घनश्याम भुसाललाई समेत मनाइसक्नुभएको छ । नेम्वाङकै आग्रहमा भुसालले उपाध्यक्षमा दाबेदारी गर्नुभएको हो । पूर्वमाओवादी र दश बुँदे समझदारी गरेर एमालेमै रहने निर्णय गरेका नेताहरू नेम्वाङप्रति सकारात्मक छन् ।
समन्वयकारी भूमिका निभाउने भएकाले नेम्वाङलाई एमाले नेताहरू नेम्वाङप्रति लचिलो देखिन्छन्। । त्यसो त नेम्वाङले आफूले उठेको चुनाव कहिल्यै नहारेको प्रतिक्रिया दिईसक्नुभएको छ ।
एक नेताका अनुसार सुवास नेम्वाङले समेत केपी शर्मा ओलीको बरिष्ठ उपाध्यक्षबाट पछि हट्न गरिएको आग्रह अस्वीकार गर्नुभएको छु । नेता नेम्वाङले घनश्याम भुसाललाई समेत आफुहरु एउटै पदमा लड्दा ईश्वर पोखरेल जित्न सक्छन् भनेर मनाइसक्नु भएको बताईएको छ ।