२२ मंसिर, काठमाण्डौँ । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहमा सभापतिको साझा उम्मेदवारबारे आज पनि सहमति जुट्न सकेन । अब भोलि आकांक्षीहरु बाहेक केन्द्रीय सदस्यहरुको बैठक बस्ने र विकल्प सुझाउने नेताहरुले बताएका छन् । १४ औं महाधिवेशन पर्सि २४ गतेदेखि नै शुरु हुदैँछ । तर पौडेल समूहले सभापतिको उम्मेदवार टुंगो लगाउन सकेको छैन ।
महामन्त्री डा. शशांक कोइरालाले तीन नेताबीच सहमति भए आफू त्याग गर्न तयार रहेको बताउनुभएको छ । यस्तै उहाँले वरिष्ठ नेता पौडेलले आकांक्षीद्वय प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमति भए आफूले पनि स्वीकार गर्ने बताउनुभएको छ । नभएको अवस्थामा आफ्नो नेतृत्वमा सहमति हुनुपर्ने उहाँको बुझाइ छ ।
तर सिंह र कोइराला सभापतिको दाबी छाड्न तयार छैनन् । बुधबार भएको छलफलमा पनि सिंहले आफ्नो नेतृत्वमा सहमति हुनुपर्ने कर्त गर्नुभयो । अरुले भने सहमति खोजौं भनेको केन्द्रस्य सदस्य गुरुराज घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार अब भोलि सभापतिका आकांक्षी चार नेता बाहेक केन्द्रीय सदस्यहरुको बैठक बस्ने छ र सहमतिका विकल्पहरु नेताहरुलाई सुझाउने छ ।