मुख्य समाचार

नेकपाको विग्रह रोक्न बामदेवको ६ बुँदे प्रस्ताव
१३ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको टकराव उत्कर्षमा पुगेको बेला त्यस्लाई साम्य पार्न बामदेव गौतमले ६ बुँदे प्रस्ताव ल्याएका छन् । नेकपाका प्रभावशाली नेता गैतमले दुवै अध्यक्षलाई सहमतिको बिन्दु तयार गर्ने गरी प्रस्ताव ल्याएका हुन् । बामदेवले केपी शर्मा ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र पाँच वर्ष प्रधानमन्त्रीको जिम्मेवारीमा रहने र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी..

प्रस्ताव तय गर्न गृहकार्य नपुेको भन्दै नेकपाको स्थायी समिति बैठक स्थगित
१३ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ । आजका लागि तय भएको स्थायी समिति बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले स्थगित भएको जानकारी दिएको हो । पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले पार्टी स्थायी कमिटीको बैठक स्थगित गरिएको नेकपा कार्यालय सचिवद्वय श्रीराम ढकाल र ईश्वरी..

निर्वाचनमा हुने खर्च रोक्नुपर्नेमा सांसदहरुको जोड
१२ श्रावण, काठमाण्डौँ । निर्वाचनको समयमा हुने अनियमित खर्च रोक्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको निर्वाचन आयोगको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल गर्न आज सिंहदरवारमा बसेको बैठकमा सांसदहरुले निर्वाचनमा हुने अधिक खर्चले भ्रष्टाचार, अनियमितता र निष्ठाको राजनीतिमा समेत प्रश्न उठ्ने गरेको भन्दै आगामि निर्वाचनमा खर्च कम हुने प्रक्रिया अवलम्वन गर्नुपर्नेमा जोड दिएका हुन् । सांसदहरुले यस अघिको निर्वाचनमा मतदाताको नामावली दोहोरिने, स्थानीय तहको निर्वाचनमा अधिकांश..

नेकपा विवादः प्रचण्ड–माधव नेपाल पक्ष ‘कम–ब्याक’
१२ श्रावण, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव नेपाल पक्षले स्थायी कमिटीलाई नियमित एजेण्डा फर्काउनुपर्ने निष्कर्ष निकालेको छ । असार १० गतेबाट सुरु भएको स्थायी कमिटीमा कोरोना संक्तमण रोकथाम, नियन्त्रण र उपचार, सीमा समस्या, सरकार र पार्टीको कामको समिक्षा र एमसीसी एजेण्डा थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनपछि नेपाल भारत सीमा समस्या र नयाँ नक्साबारे छलफल चाहिरहेको थियो । तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष..

कोरोना मुक्त हुनेको संख्या १३ हजार ७५४ पुग्यो, मृतक संख्या संख्या ४८
१२ श्रावण, काठमाण्डौँ । पछिल्लो २४ घन्टामा देशभर थप १३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ललितपुरमा ३ र काठमाडौंमा ३ सहित देशभर १३९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यस्तै पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोना संक्रमण मुक्त भएको पनि उहाँले जानकारी दिनुभयो । हालसम्म कोरोना जित्नेको संख्या १३ हजार ७५४ पुगेको छ । पछिल्लो..

पशुपतिनाथ मन्दिरको गुरुयोजनाः एक करोड पर्यटक भित्र्याउने लक्ष्य
१२ श्रावण, काठमाण्डौँ । विश्वभर रहेका करिब एक अर्ब हिन्दू धर्मावलम्बीमध्ये वार्षिक एक प्रतिशत अर्थात एक करोडलाई पशुपतिनाथको मन्दिर दर्शन गराउने गरी पशुपति क्षेत्रको विस्तृत गुरुयोजना तयार पारिएको छ । पशुपति क्षेत्र विकास कोषले तयार पारेको अति महत्वकाङक्षी गुरुयोजना संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री अध्यक्ष हुने सञ्चालक परिषद्ले गत २०७६ माघ १९ गते पारित गरी मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि पेश गरिएको छ । विसं १८६७ मा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहले..

७० दशमलव ६ प्रतिशत सङ्क्रमित निको भए, मृतकको सङ्ख्या ४५ पुग्यो
१० श्रावण, काठमाण्डौँ । आज थप एक सय ६ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भई घर फर्किएका भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आज एक सय ६ जना सङ्क्रमण मुक्त भएपछि सङ्क्रमण मुक्त हुनेको कूल सङ्ख्या १३ हजार ५३ पुगेको जानकारी दिनुभयो । मन्त्रालयका अनुसार हालसम्म ७० दशमलव ६ प्रतिशत सङ्क्रमित निको भइसकेका छन् । आज थप एक सय नौ जनामा..

काँकडभिट्टा नाकामा खटिएका १८ जना प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि
१० श्रावण, झापा । झापाको पूर्वी नाका काँकडभिट्टामा खटिएका थप १८ जना सशस्त्र प्रहरी जवानमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तीन दिनअघि दुई जना सशस्त्रमा कोरोना पुष्टि भएपछि थप ४८ जना सशस्त्र प्रहरीको पिसीआर परीक्षणका लागि धरान पठाइएकोमा १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरिक्षक जीवन चौलागाईले जानकारी दिनुभयो । सङ्क्रमण पुष्टि भएकाहरू सशस्त्र प्रहरी बल नेपाल नम्बर–८ गुल्म हेकुवा राजश्व तथा भन्सार..

प्रचण्डलाई मुख्यमन्त्री पोखलको जवाफः आफू प्रधानमन्त्री हुँदा नक्शाको कुरा थाहा नपाउने, अहिले मैंले हो भन्ने !
१० श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र खुलेर आरोप प्रत्यारोप गर्ने क्रम सुरु भएको छ । हिजो सार्वजनिक कार्यक्रममै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले दर्ता गर्न लगाएको बोलेपछि आरोप प्रत्यारोप सुरु भएको हो । पुष्पलाल स्मृति दिवसको अवशरमा हिजो राजधानिमा आयोजित एक कार्यक्रममा प्रचण्डले ओलीमाथि आफ्ना युवाहरुलाई लगाएर नेकपा एमाले दर्ता गर्न लगाएको आरोप लगाएका थिए । उनले ओलीमाथि घुमाउरो पाराले नेकपा फुटाउन..

ओली–देउवाबीच निरन्तर वार्ताः काँग्रेस र नेकपा विपक्षी खेमाको विमती !
९ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा केही दिनयता निरन्तर छलफलमा छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो विहीबार र आज शुक्रबार पनि ओली र देउवाबीच छलफल भएको छ । हिजो ओली र देउवाबीच ‘वान टू वान’ वार्तामा भएको थियो भने आजको छलफलमा नेकपा संसदीय दल उपनेता सुवास नेम्वाङ र काँग्रेस नेता रमेश लेखक सहभागी थिए । हिजोको छलफलमा देउवाले लकडाउनपछिको..