मुख्य समाचार
अर्थमन्त्रीमा युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा प्रधानमन्त्री ओली
१५ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. युवराज खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने संकेत दिनुभएको छ । शनिबार राति पत्रकार ऋषि धमलासँगको विशेष अन्तर्वार्तामा ओलीले खतिवडाले राम्रो काम गरेको भन्दै उहाँलाई नै निरन्तरता दिने संकेत गर्नुभएको हो । ओलीले खतिवडाबारे २–४ दिनमा निर्णय हुने भन्दै उहाँले राम्रो काम गरिरहेको स्पस्ट पार्नुभयो । अर्थमन्त्री खतिवडाले राम्रो काम गर्नुभएको छ भन्ने प्रश्नमा ओलीले भन्नुभयोे, ‘राम्रो काम गर्नुभएको छ !’ उहाँको..
ओलीको सत्तासंकट टार्ने वामदेवको त्यो प्रस्ताव !
१५ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेव गौतमलाई शुक्रबार विहानै बालुवाटार बोलाउनुभयो । गौतम भैंसेपाटीबाट हुइँकिएर निस्कनुभयो । जहाँ दुई नेताबीच पार्टीका विषयमा रणनीतिक कुराकानी भयो । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहनुभएका ओलीले उपाध्यक्ष गौतमसंग पार्टी सञ्चालन र भावी रणनीतिका विषयमा केन्द्रित रही दुई घन्टा छलफल गर्नुभयो । छ बुँदे सहमतिको प्रस्ताव ल्याएर ओलीको सत्ता संकट टार्न भुमिका खेलेका गौतमलाई ओलीले भविष्यमा महत्वपूर्ण समयमा साथ दिएर गुन..
आज थपिए ८८४ कोरोना संक्रमित, १२ जनाको मृत्यु
१३ भाद्र, काठमाण्डौँ । आज शनिबार थप ८ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३ सय ४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इलामका १, झापाका २०, धनकुटाका १९, मोरङका ३१, संखुवासभाका ३, सुनसरीका २४, धनुषाका ४९, पर्साका ७३, बाराका २१, महोत्तरीका २६, रौतहटका ५, सप्तरीका २, सर्लाहीका ८३, सिराहका २२, काठमाडौँका १५५, काभ्रेपलाञ्चोकका १९ र..
देउवा र पौडेलको ध्रुवीकरणबीच सिटौला र निधिको ‘क्यामेस्ट्री’
१३ भाद्र, काठमाण्डौँ । पार्टीको आसन्न महाधिवेशन नजिकिँदा सभापति शेबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको तीव्र ध्रुवीकरणलाई तेस्रो धारको नेतृत्वमा आसीन सिटौलाले नियालिरहेको पाइन्छ । १४औँ महाधिवेशनपछि पनि आफ्नै नेतृत्वलाई निरन्तरता दिने दाउमा सभापति देउवा हुनुहुन्छ । तर संस्थापन पक्षबाटै देउवाई चुनौती दिन उपसभापति विमलेन्द्र निधि पनि अघि सरेको अवस्था छ । यता इतरपक्षमा पनि नेतृत्व हत्याउने चर्काे होडबाजी छ । वरिष्ठ नेता रामचन्द्र पौडेलसहित महामन्त्री शशांक कोइराला,..
कोटेश्वरमा जसपाको गोप्य बैठक !
१२ भाद्र, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)का केही नेताहरुबीच गोप्य बैठक सम्पन्न भएको छ । वरिष्ठ नेता डा.बाबुराम भट्टराईका भाई शिव भट्टराईको निजि निवास कोटेश्वरमा जसपाका वरिष्ठ नेताहरु डा.भट्टराई, अशोक राई र राजेन्द्र महतोबीच छलफल भएको स्रोतले बतायो । आज नेताहरुबीच छलफल भएपनि कुनै कुरामा सहमति बन्न सकेन । नेताहरु आ–आफ्नै अडानमा टसमस रहे । समाजवादी र राजपाबीच एकीकरणपछि जनता समाजवादी पार्टी बनेको पाँच महिना बित्दा पनि समायोजन सम्पन्न..
उपप्रधानमन्त्री पोखरेलको स्पोष्टोक्तीः राजनीतिक नियुक्तिमा मेरो हस्तक्षेप छैन !
१० भाद्र, काठमाण्डौँ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो अवाञ्छित चासो वा हस्तक्षेप नभएको स्पष्ट पार्नुभएको छ । उहाँले आज विज्ञप्ति जारी गरी आफ्नो परिवारका कुनै सदस्य वा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिद्वारा पद वा सम्बन्धको दुरूपयोग गरी विद्यमान कानुनी व्यवस्थालाई उल्लंघन गरेर नभएको जनाउनुभएको हो । “भएका काम विधिसम्मत, पारदर्शीतासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् । यदि अन्यथा भएको पाइएमा वा..
नेकपाको शक्ति सन्तुलनले अर्थमन्त्री खतिवडा ‘रेड जान’मा !
१० भाद्र, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक सहमति र नयाँ शक्ति सन्तुलनले अर्थमन्त्री डा. युवराज खतिवडाको पद धरापमा परेको छ । पार्टीभित्रको आन्तरिक विवाद सुल्झाउन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठन गरेको कार्यदलले शनिबार सहमतिको खाकासहितको प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनसँगै पार्टीभित्र करिब पाँच महिनादेखि जारी गतिरोध अन्त्य हुने विश्वास गरिएको छ । तर यो सहमतिका कारण अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री र..
मन्त्रिमण्डलमा पुरै सेट परिवर्तनको तयारीमा प्रधानमन्त्री ओली
१० भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डलमा पुरै सेट परिवर्तनको तयारी गर्नुभएको छ । उहाँले विश्वासपात्रहरुसँग मन्त्रिमण्डलमा नयाँ अनुहार ल्याउने बारे छलफल गर्नुभएको बुझिएको छ । ओलीले अब आफू पुरै नयाँ ढंगले अगाडि बढ्ने भन्दै मन्त्रिमण्डलमा हेरफेर नभई सेट नै परिवर्तन गर्नेबारे परामर्श लिनुभएको थियो । उहाँले सल्लाहकार टोली समेत परिवर्तनको संकेत गर्नुभएको उच्च स्रोतले बताएको छ । सरकारमा रहेका मन्त्रीहरु विवादमा परेपछि ओलीले पुरै सेट परिवर्तनको तयारी..
कुलमानको नियुक्तीबारे केही निर्णय भएको छैनः ऊर्जामन्त्री पुन
९ भाद्र, काठमाण्डौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रीपरिषदको बैठकमा कुनै प्रस्ताव पेश नभएको ऊर्जामन्त्री वर्षमान पुनले स्पष्ट पार्नुभएको छ । विभिन्न सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा कुलमान पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको हल्ला फैलिरहेकै बेला मन्त्री पुनले यसबारे स्पष्ट पार्नुभएको हो । मन्त्रिपरिषद्मा मन्त्रालयबाट कुनै प्रस्ताव नगएको उहाँले बताउनुभयो । मन्त्रालय स्रोतका अनुसार यसबारे मन्त्रालय अझै निष्कर्षमा पुगिसकेको छैन । मंगलबार मन्त्रिपरिषद्को बैठक रहेपनि..
आफ्नै खेमाका नेताहरु मन्त्री बन्ने लोभमा लागेको भन्दै माधव नेपाल रुष्ट
९ भाद्र, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यदलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ । महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको कार्यदलले पार्टीभित्रका आन्तरिक विवाद समाधान गर्नको लागि महत्वपूर्ण सुझाव समेटेर अध्यक्षद्धयलाई गत शनिबार प्रतिवेदन बुझाईसकेको छ । प्रतिवेदनले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई थप शक्तिशाली बनाएको र एक व्यक्ति, एक पदको मागको बारेमा केही नबोलेको भन्दै वरिष्ठ नेता माधव कुमार नेपालले भने विरोध..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७