१ असोज, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले राष्ट्रियसभा सदस्यको सपथ लिनुहुदैँछ । आज संसद भवन बानेश्वरमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट गौतमले सपथ लिनुहुने तय भएको छ ।
गौतमलाई सोमबार सरकारले राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनयनका लागि सिफारिश गर्ने निर्णय गरेको थियो ।
चार दिनपछि उहाँ मनोनित भएको पत्र राष्ट्रियसभामा पुगेपछि आज नै सपथ राखिएको छ ।