१ असोज, काठमाण्डौँ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो १२ बजेका लागि बोलाइएको छ । आजको बैठकमा केही नियुक्ति हुने भएकाले महत्वपूर्ण हुने छ ।
आजको बैठकमा बेलायतलगायत केही देशका राजदुत नियुक्त गर्ने सम्भावना रहेको स्रातेको भनाई छ । बेलायतका लागि राजदुतमा मुख्यसचिव लोकदर्शन रेग्मीलाई लगेर परराष्ट्रसचिव शंकरदास वैरागीलाई मुख्यसचिव बनाउने तयारी छ । रेग्मी मुख्यसचिव कायमै रहेमा उहाँभन्दा अघि वैरागी सेवानिवृत्त हुनुहुने छ । त्यसैले रेग्मीले राजीनामा दिई उहाँको स्थानमा वैरागीलाई ल्याउने गरी मिलाइएको बुझिएको छ ।
त्यस्तै मन्त्रिपरिषद बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्तिको विषय फेरि उठाउनुहुने बुझिएको छ । यसको संकेत उहाँको सचिवालयले गरिसकेको छ ।
मन्त्री पुनले लगेको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अड्किएको छ । सोमबारको मन्त्रिपरिषद् सोमबारको मन्त्रिपरिषद् बैठकमा पनि उक्त प्रस्ताव पुनले बढाउनुभएको थियो । तर, उक्त प्रस्ताव प्रधानमन्त्री ओलीले विचाराधिन अवस्थामा राख्नुभएको छ ।