मुख्य समाचार
ओली–प्रचण्डबीच छलफलः नेकपा सचिवालय बैठक भाद्र १३ गते बस्ने
९ भाद्र, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही भाद्र १३ गते बस्ने भएको छ । आज भएको अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफलले सचिवालय बैठक भाद्र १३ गते बस्ने निधो गरेको हो । सचिवालय बैठकमा हालै कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बुझिएको छ । कार्यदलको प्रतिवेदनमा पार्टीको आन्तरिक विवाद समाधानको लागि सुझाव र सल्लाह समेटिएका छन् । कार्यदलको प्रतिवेदन कार्यान्वयनका विषयमा छलफल..
को बन्ला अर्थमन्त्री ? डा. खतिवडा पदमुक्त हुन १० दिन बाकी !
९ भाद्र, काठमाण्डौँ । सांसद नभएको व्यक्ति छ महिनाभन्दा बढी मन्त्री बन्न संविधानले दिदैन । अबको दश दिनभित्र राष्ट्रियसभाबाट सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित सांसद बन्न नसके अर्थमन्त्री डा. युवराज खतिवडा स्वतः पदमुक्त हुनुहुने छ । डा. खतिवडा हाल तेह्ररो जिम्मेवारीमा हुनुहुन्छ । संञ्चार मन्त्रालयको समेत जिम्मेवारी पाउनुभएका उहाँ सरकारका प्रवक्ता समेत हुनुहुन्छ । अढाई वर्ष सरकारमा रहनुभएका पूर्व गभर्नरलाई राष्ट्रियसभामा पुनः मनोनित गर्ने चर्चा पनि थियो । प्रधानमन्त्री ओली पनि..
कोरोना कहरले कांग्रेसको महाधिवेशन अनिश्चित
८ भाद्र, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशन फाल्गुनमा नहुने निश्चित जस्तै भएको छ । कोरोना महामारीका कारण तोकिएको समयमा महाधिवेशन नहुने निश्चितप्रायः भएको नेताहरुले बताउन थालेका छन् । सभापति शेरबहादुर देउवाले दशैंसम्म कोरोना नियन्त्रण भयो जेष्ठमा यदि भएन भने भदौको पहिलो हप्ता महाधिवेशन गर्नेगरि आन्तरिक तयारी गरेको देउवा केन्द्रीय सदस्य मीन बहादुर विश्वकर्माले जानकारी दिनुभयो । उहाँकाअनुसार १४औं महाधिवेशनमा सभापतिमा वर्तमान सभापति देउवाले उम्मेद्धावरी दिनुहुने छ..
ओली–प्रचण्डबीच भेटवार्ताः कार्यदलको प्रतिवेदन र मन्त्रालय हेरफेर बारे छलफल
८ भाद्र, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल हुँदैछ । महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको ६ सदस्यीय कार्यदलले पार्टीभित्रको आन्तरिक विवादको समाधानको लागि महत्वपूर्ण सुझाव समेटेर गत शनिबार अध्यक्षद्धयलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा केन्द्रित रहेर अध्यक्षद्धयबीच विस्तृतमा छलफल हुँदैछ । नेकपा सचिवालयको बैठकले अघिल्लो साता महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएको..
प्रदेश–२ मा मुख्यमन्त्री परिवर्तन हुने सम्भावनाः नेताहरुको दैडधुप सुरु
७ भाद्र, जनकपुरधाम । प्रदेश–२ को सरकारमा रहेका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएको औपचारिक जानकारी प्रदेशसभा सचिवालयलाई गराइएको छ । प्रदेश–२ का प्रदेशसभा सभामुख सरोज यादवलाई प्रदेश–२ का सत्तारुढ दुई दलबीच एकीकरण भएको औपचारिक जानकारी दिइएको हो । योसँगै प्रदेशसभामा अब साविकका दुवै सत्तारुढ दलको संसदीय दल एकीकरण हुने प्रकृया शुरु भएको छ । दुवै दलको संसदीय दललाई एकीकृत गरी जनता समाजवादी पार्टी नेपालको संसदीय दल..
कोरोना विरुद्धको संघर्षलाई नयाँ ढंगले ब्यवस्थित गर्न देउवाको सुझाव
७ भाद्र, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समयको सदुपयोग गरेर सवल ढंगले कार्य गर्न सरकारलाई अपील गर्नुभएको छ । उहाँले लकडाउन र निषेधाज्ञाको समयलाई उपयोग गरेर कोरोना विरुद्धको संघर्षलाई नयाँ ढंगले ब्यवस्थित गर्न सरकारलाई अपिल गर्नुभएको छ । आज एक विज्ञप्ती जारी गर्दै सभापति देउवाले पीसिआर परिक्षण ७७ जिल्लामै गर्ने गरि अविलम्ब क्षमता बिस्तार गरेर समुदाय स्तरमा परिक्षण व्यापक रुपले पुर्याउन पनि माग गर्नुभएको छ..
विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ३३ लाख नाध्यो
७ भाद्र, काठमाण्डौँ । विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ३३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ३३ लाख ७७ हजार आठ सय छ नाघेको छ । आइतबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख आठ हजार पाँच सय ८८ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ५९ लाख चार हजार दुई सय ८८ नाघेको छ । गत..
नेकपा कार्यदलले बुझायो अध्यक्षद्वयलाई प्रतिवेदन
६ भाद्र, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा गठित कार्यदलले आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको छ । महासचिव विष्णु पौडेल नेतृत्वको सो कार्यदलले सर्वसम्मतिले तयार पारेको सो प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयलाई बुझाएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । कार्यदलमा शङ्कर पोख्ररेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहनुभएको थियो । यही भाद्र १..
के प्रचण्ड ‘खोरमा थुनिएका बाघ’ भएका हुन् त ?
४ भाद्र, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको राजनीतिमा कमजोर हुँदै गएको होकी भन्दै उहाँकै निकटस्थहरु छक्क पर्न थालेका छन् । जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहने र कुनै न कुनै राजनीतिक अस्त्र फालेर हलचल ल्याउने प्रचण्ड अहिले पुरै शिथिल जस्तो हुनुहुन्छ । तत्कालको समयमा प्रचण्डसंग कुनै बलियो राजनीतिक एजेन्डा देखिदैन । बलियो राजनीतिक अस्त्र पनि देखिदैन । त्यसैले उहाँका अडान फितलो सावित हुनथालेको छ ।..
प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षबाट श्रेष्ठलाई नहटाउन सर्वाेच्चको अन्तरिम आदेश
३ भाद्र, काठमाण्डौँ । प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई तत्काल पदबाट नहटाउन सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सरकारले हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका किशोर श्रेष्ठलाई नहटाउन र नियमावली संशोधन गर्न पर्नाका कारण पेश गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो । सरकारले प्रेस काउन्सिल ऐन, २०४८ गत श्रावण २६ गते प्रेस काउन्सिल कार्य व्यवस्था नियमावलीमा संशोधन गर्दै कार्यवाहक अध्यक्ष तोक्ने..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७