राष्ट्रपति भण्डारीद्धारा नेपाली मिडियाको प्रशंसा

९ श्रावण, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बरिष्ठ पत्रकारहरूसँग भेटवार्ता गर्नुभएको छ । राष्ट्रियताको सवाल र कोरोना संक्रमण महामारीलगायत बाढि–पहिरोजस्ता राष्ट्रिय विपत्तिको विषयमा नेपालका मिडियाले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै उहाँले मिडियाको भूमिकाको प्रशंसा गर्नुभको छ । उहाँले राष्ट्रियताको सवालमा खासगरी लिम्पियाधुरा, लिपुलेक र कालापानी सम्मिलित नयाँ नक्शा प्रकाशनको सवालमा नेपाली मिडियाले अभुतपूर्व योगदान पुर्याएको धारणा राख्नुभएको थियो । भेटमा राष्ट्रपति भण्डारीले मिडियाले खेलेको भूमिकाको बारेमा मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।..

प्रधानमन्त्री ओलीकै पहलमा ‘नेकपा एमाले’ दर्ता भयोः प्रचण्ड

९ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै पहलमा ‘नेकपा एमाले’ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको दाबी गर्नुभएको छ । पुष्पलाल स्मृति दिवसको अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले पार्टी संकटमा रहेको बताउनुभएको हो । पार्टीको बैठक चलिरहेकै बेलामा अर्का अध्यक्षको सक्रियता र पहलमा ‘नेकपा एमाले’ दर्ताका लागि निवेदन परेको प्रचण्डको आरोप छ ।..

सीतापाइला एसिड प्रकरणः आक्रमणकारी भन्छन् ‘साहुको निर्देशनमा हाने !’

९ श्रावण, काठमाण्डौँ । काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड हान्ने भारतीय नागरिक मुन्ना मोहम्मदले साहुको निर्देशनमा एसिड हानेको बयान दिएका छन् । साथै, साहु रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलमले उनलाई राति नै भारततिर जान भनेको पनि मुन्नाले खुलासा गरेका छन् । तर, महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको द्रुत एक्सनका कारण मुन्ना हिजो राति ११ बजे नै पक्राउ परेका छन् । घटनास्थल नजिकै रहेको..

न्यायाधीशमाथि महाअभियोग लगाउन बाबुराम भट्टराईको प्रस्ताव

९ श्रावण, काठमाण्डौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अपराधलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका छन् । सर्वाेच्च अदालतले जेल सजायँ कटौती गरिदिएपछि पूर्वडीआईजी रञ्जन कोइराला रिहा भएको भोलिपल्टै डा. भट्टराईले न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका हुन् । समाजवादी पार्टीका वरिष्ठ समेत रहेका डा. भट्टराईले देश गम्भीर संकटतिर जान लागेको बताउँदै आफ्ना धारणा बुँदागत रुपमा ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । ‘लोकतान्त्रिक ढंगले संकटमोचन गर्ने उपाय’ भन्दै डा. भट्टराईले संसद..

पार्टी नेताहरुको विरुद्धमा दुष्प्रचार बन्द गर्न प्रचण्ड सचिवालयलको आग्रह

८ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले पार्टी नेताहरुकाविरुद्ध भइरहेको दुष्प्रचार बन्द गर्न आग्रह गरेको छ । पछिल्ला दिनमा नेकपाको आन्तरिक वैचारिक बहसका विषयलाई लिएर भइरहेको प्रचार गलत र वास्तविक नभएको सचिवालयले स्पष्ट पारेको हो । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले आज ‘प्रेस नोट’ जारी गर्दे सो जानकारी दिनुभएको हो । केही दिनयता पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्माका सम्बन्धमा विभिन्न माध्यमबाट प्रकाशित÷प्रसारित..

पूर्वडीआईजी कोइरालाको मुद्धालाई लिएर सर्वाेच्चको फैसलाविरुद्ध सरकारी वकिल

८ श्रावण, काठमाण्डौँ । आफ्नै पत्नी गीता ढकालको हत्या गरेको अभियोगमा ८ वर्ष जेल बसेर आज रिहा भएका रञ्जन कोइरालालाई सजाय छुट दिने सर्वाेच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने भएको छ । स्रोतका अनुसार महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि सर्वाेच्चमा निवेदन दिने निर्णय गरेको हो । सोही निर्णयका आधारमा आज नै सरकारी वकिल फैसलाको न्यायिक पुनरावलोकनको माग गर्दै सर्वाेच्च अदालत जाने बताईएको छ । प्रधान यायाधीश चोलेन्द्र शमसेर जबरा..

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे देउवा

८ श्रावण, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटको क्रममा देउवाले कोरोना र बाढी पहिरोका सम्बन्धमा ओलीलाई ध्यानाकर्षण गराएका छन् । सभापति देउवाले कोरोना संक्रमतिको संख्या बढिरहेका बेला लकडाउन खुलेपछिको चुनौती सामना गर्न विशेष रणनीति निर्माण गर्नेका लागि प्रधानमन्त्री ओलीसँग आग्रह गरेका छन् । देउवाले पीसिआर प्रविधीबाट मात्रै परीक्षण गर्न आग्रह गरेका थिए ।..

काँग्रेसको तत्कालिन समुह छिन्नभिन्न बन्दैः नेताहरु आ–आफ्नै तयारीमा

८ श्रावण, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले महामन्त्री डा. शशांक कोइरालालाई भेटेर आगामी महाधिवेशनमा आफू सभापतिमा उम्मेद्ववारी दिनेगरि तयारी थालेकोबारे जानकारी गराएका छन् । सभापति शेरबहादुर देउवाले आगामी दिनमा पूनः सभापति लड्नेगरि तयारी थालिरहँदा उनकै गुटका शक्तिशाली नेता निधिले महामन्त्री कोइरालालाई भेटेर आफू सभापतिमा उठ्न लागेको र मिलेर अघि बढ्न प्रस्ताव गर्दा कतै देउवा र निधिबीचको सम्बन्ध बिग्रिएको त होईन ? भन्नेपनि प्रश्न उठेको छ..

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो, एक विदेशी नागरिक पनि

७ श्रावण, काठमाण्डौँ । देशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप दुईजनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि गरेको हो । मृत्यु हुने एक चिनियाँ नागरिक र धनुषाका एक पुरुष छन् । आज विहान ४९ वर्षीया चिनियाँ महिलाको काठमाडौंमा मृत्यु भएसँगै नेपालमा पहिलोपटक कोरोना संक्रमणबाट विदेशीको मृत्यु भएको छ । यसैगरी, हिजो साँझ धनुषाका ६० वर्षीय पुरुषको मृत्यु भएको आज स्वास्थ्य मन्त्रालयले..

विदेशी रक्सी‘ब्राण्ड’ र लोकल रक्सी‘ब्याण्ड’ गर्दा अर्थतन्त्र कप्लक्कैः सांसद राई

७ श्रावण, काठमाण्डौँ । प्रदेश–१ की सांसद उषाकला राई अहिले ‘ब्याण्ड भर्सेस ब्राण्ड’ अभियानमा लाग्नुभएको छ । सरकारद्वारा प्रतिवन्धित घरेलु मदिरालाई ब्राण्डका रुपमा विकास गरी देशको अर्थतन्त्र बलियो बनाउने उहाँले अभियान सुरु गर्नुभएको छ । सांसद् राई भन्नुहुन्छः ‘वर्षमा दुई खर्बको विदेशी रक्सी नेपालमा खपत हुँदोरहेछ, विदेशी रक्सी चाहिँ रेस्टुरेन्टहरुमा विना रोकावट चियर्स गर्ने, अनि आर्थिक उपार्जनका लागि हाम्रा आमाहरुले तयार पारेको लोकल रक्सी चाहिँ माटोमा खन्याइदिने ?’ सरकारले लोकल..