विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबारे आज टुंगो लाग्ने, मन्त्रिपरिषद बैठक ५ बजे बस्दै

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबारे आज टुंगो लाग्ने, मन्त्रिपरिषद बैठक ५ बजे बस्दै


२९ भाद्र, काठमाण्डौँ । मन्त्रिपरिषदको बैठक आज साँझ ५ बजेका लागि तय गरिएको छ । स्रोतका अनुसार आजको बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबारे टुंगो लगाउने छ ।

प्राधिकरणका हालका कार्यकारी निर्देशक कुलमान घिसिङको चार बर्षे कार्यकाल सकिएको छ । आज उहाँलाई पुनः नियुक्ति दिने या नदिनेबारे टुंगो लाग्नेछ ।

घिसिङको समय सकिएपछि मात्र क्याबिनेट बैठक डाकिनुलाई अर्थपूर्ण मानिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली घिसिङको निरन्तरताको पक्षमा छैनन् । उहाँ अर्काे व्यक्तिलाई कार्यकारी निर्देशक बनाउने पक्षमा हुनुहुन्छ ।

आज ठाडो निर्णयबाट प्रधानमन्त्रीले कार्यकारी निर्देशक बनाउनसक्ने चर्चा पनि छ । प्रक्रियामा गएर प्रतिष्पर्धाबाट बनाउने गरी हाललाई कायममुकायम अरु कसैलाई दिने सम्भावना पनि छ ।

यसैगरी, बामदेव गौतमबारे पनि आज टुंगो लाग्ने सौतको भनाई छ । गौतमलाई राष्ट्रियसभामा लान राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय हुने बुझिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर