नेकपा एमाले निर्वाचन आयोगमा दर्ता

३ भाद्र, काठमाण्डौँ । निर्वाचन आयोगले नेकपा (एमाले) दर्ता गर्ने निर्णय गरेको छ । निवेदन परेसँगै विवादमा आएको सो पार्टीलाई आयोगले वैधता दिने निर्णय गरेको हो । सो दलले गत असारमा दल दर्ताका लागि आयोगमा निवेदन दर्ता भएपछि पछिल्लो समय नेकपामा विवाद उत्पन्न भएको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै यो पार्टी दर्ताको प्रकृया अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको इशारामा भएको दावी गर्नुभएको थियो । सो..

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

३ भाद्र, काठमाण्डौँ । स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई शुभेच्छुक, शुभचिन्तक, आफन्त र साहित्यकार लगायत विभिन्न क्षेत्रका व्यक्तिहरु उहाँको निवास लैनचौर पुगेर श्रद्धाञ्जली दिएका छन् । यस्तै उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल आज बिहान घिमिरेको निवासमा पुगेर श्रद्धाञ्जली दिँदै राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभएको छ । यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री यागेश भट्टराईसहित विभिन्न मन्त्री, सांसद, नेतालगायतपनि घिमिरे निवास पुगेर श्रद्धाञ्जली दिनुभएको छ । घिमिरेको १०२ बर्षको उमेरमा हिजो..

अछामको रामारोशनमा बाढीले बगाउँदा १९ जना बेपत्ता

३ भाद्र, अछाम । मङ्गलवार रातिको वर्षाका कारण अछामको रामारोशन गाउँपालिका–५ सैनीबजारमा रहेका करिब १२ घर बाढीले बगाउँदा १९ जना बेपत्ता भएका छन् । बेपत्ता मध्ये चार जनाको सब फेला परेका जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो । अविरल वर्षाका कारण कैलाशखोलामा आएको बाढीले खोला किनारमा रहेको सैनीबजारका सम्पूर्ण घर तथा पसल बगाएको र घटना स्थलबाट करिब ३/४ किलोमिटर टाढा शव फेला परेका..

कोरोना संक्रमण रोकथामको जिम्मा सीडीओलाई (मन्त्रिपरिषद् बैठकको निर्णय हेर्नुहोस्)

२ भाद्र, काठमाण्डौँ । सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न सिंहदरवारमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहनुभएका सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सो जानकारी गराउनुभएको हो । प्रमुख जिल्ला अधिकारीले सम्वन्धित जिल्ला भरी वा निश्चित क्षेत्र तोकेर निषेधाज्ञा जारी गर्ने तथा..

रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे

२ भाद्र, काठमाण्डौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उहाँको आज अपरान्ह ५ बजेर ५५ मिनेटमा निधन भएको हो । एक सय वर्ष कटिसक्नुभएका राष्ट्रकविको कपुरधारास्थित निवासमै निधन भएको हो । उहाँको केही समययता स्वास्थ्यमा समस्या देखिएको थियो । घिमिरेको जन्म १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । उहाँलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकारका रुपमा चिनिन्छ ।..

नेकपामा महाधिवेशनको चर्चाः प्रचण्ड सहमतिको बिन्दु खोज्दै !

२ भाद्र, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीमा एकता महाधिवेशनको चर्चा चलेको छ । पार्टी विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशन घोषणालाई सहमतिको एउटा बिन्दुका रुपमा लिएको बुझिएको छ । त्यसै अनुसार विवाद समाधानको खाका तयार गरिरहेको कार्यदलले महाधिवेशनको विषयलाई समेत समेटेर छलफल गरिरहेको छ । स्रोतका अनुसार नेकपाभित्र एकता महाधिवेशन घोषणा भएमा सहमतिबाट महाधिवेशन प्रतिनिधि चयनको विषय उठेको छ । पूर्व माओवादीको तर्फबाट तल्लो..

प्रेस काउन्सिको कार्यवाहक अध्यक्षबाट किशोर श्रेष्ठलाई हटाईयो

२ भाद्र, काठमाण्डौँ । सरकारले प्रेस काउन्सिको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ । हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यसअघि कार्यवाहक अध्यक्ष रहनुभएका किशोर श्रेष्ठको जिम्मेवारी खोस्दै भण्डारीलाई नियुक्त गरेको हो । भण्डारीलाई केही दिनअघि सरकारले काउन्सिलको सदस्यमा नियुक्त गरेको थियो । यस्तै डा.कल्याण रोकालाई युवा तथा साना व्यवसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको स्रोतले बतायो । श्रेष्ठको काउन्सिलको सदस्य पद भने यथावत नै..

तपाईंहरु समस्या सृजना गर्ने समाधान गर्न नसक्ने ? कार्यदल किन ?–बामदेव गौतम

१ भाद्र, काठमाण्डौँ । ‘तपाईंहरु आफै समस्या सृजना गर्ने आफै समाधान गर्न नसक्ने ?’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा उपाध्यक्ष बामदेव गौतमले उठाउनुभएको प्रश्न । विवाद समाधान गर्न गठित कार्यदलप्रति असहमती जनाउदै गैतमले असन्तुष्टि ब्यक्त गर्नुभयो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको द्वन्द्वका कारण समस्या सृजना भएको भन्दै गौतमले दुबै जना बसेरै समस्याको निकास निकाल्नुपर्ने बताउनुभयो । नेकपाका एकजना सचिवालय सदस्यका अनुसार गौतम निकै कडा ढंगले..

संवैधानिक नियुक्तिको सकसः १५ पदको बार्गेनिङमा काँग्रेस

१ भाद्र, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच संवैधानिक आयोगका रिक्त पदाधिकारी र सदस्यको नियुक्तिका सम्बन्धका छलफल भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकसँग संवैधानिक आयोगमा नियुक्तिका सन्दर्भमा छलफल गर्नुभएको थियो । यसअघि उक्त विषयमा..

ओली–मोदी फोन संवादको तारतम्य !

१ भाद्र, काठमाण्डौँ । पाँच वर्षअघिको भारतीय नाकाबन्दीमा राजनीतिक कारण थियो । अहिले विश्वव्यापी महामारी कोरोनाको प्रकोप छ । यस्तो अवस्थामा नक्सा र राम जन्मभूमि अयोध्या बारे उसलाई जति रिस उठेपनि नाकाबन्दीको हदसम्म जान नसक्ने विश्लेषण गरिएको छ । मानवीय दृष्टिकोणबाट पनि भारत यसपटक विगतमाझैँ नाकाबन्दीको हदमा जाँदैन भनिएको छ । उसले निर्यातजन्य वस्तुमा करलगायतको विषय उठाएर अप्ठेरो पार्ने योजना बनाएपनि महामारीमा त्योसमेत मानवीय दृष्टिकोणले उपयुक्त नभएको भन्दै त्यत्तिकै पन्छाएको..