जसपा समायोजनः भागबण्डा नमिल्दा ‘हात्ती छिर्यो पुच्छर अड्कियो !’

२५ भाद्र, काठमाण्डौँ । नवगठित जनता समाजवादी पार्टी (जसपा)नेपालको समायोजन प्रक्रिया अल्झिएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका कारण समायोजन प्रक्रिया प्रभावित भएको हो । तत्कालीन राजपा नेपाल र समाजवादी पार्टीबीच एकीकरण भई बनेको जसपा नेपालमा समायोजन प्रक्रिया चुनौतीपूर्ण मानिँदै आएको छ । तत्कालिन राजपा नेपालको छ सदस्यीय अध्यक्षमण्डलबीच भागबण्डामा कुरा नमिलेपछि जसपा नेपालको समायोजन प्रक्रिया प्रभावित भएको हो । जसपा नेपालको केन्द्रीय कार्यसमिति सात सय ५१ सदस्यीय रहने..

विद्युत प्राधिकरणको निर्देशकमा कसलाई नियुक्ति गर्ने टुङ्गो लागेको छैनः मन्त्री पुन

२४ भाद्र, रोल्पा । ऊर्जा, जलस्रोेत तथा सिँञ्चाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुने बताउनुभएको छ । प्रेस सङ्गठन रोल्पा जिल्ला शाखाले आज सदरमुकाम लिवाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले बहालवाला कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि यही भाद्र २९ गतेसम्म रहेकाले त्यसअघि नै सरकारले नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताउनुभयो । कुलमानको पुनःनियुक्तिका विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले कसलाई नियुक्ति गर्ने भन्ने विषयको..

आज १०७औं वीपी जयन्ती

२४ भाद्र, काठमाण्डौँ । आज १०७ औं वीपी जयन्ती । नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको सम्झनामा विविध कार्यक्रम गरी वीपी जयन्ती मनाइँदैछ । नेपालमा राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कोइरालाले नेपाली राजनीति र समाजलाई दुरगामी महत्वको दर्शन प्रतिपादन गर्नुभएको थियो । वीपीको समाजवाद नेपाली राजनीतिलाई नयाँ दिशा दिने कोसेढुंगा हो । तर, उहाँकै दल नेपाली काँग्रेसले वीपीको आदर्श भुलेको..

मनोसामाजिक समस्याको संबोधन गर्नेगरी तत्काल योजना बनाउन प्रधानमन्त्रीको निर्देशन

२३ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण सिर्जित मनोसामाजिक समस्याको संबोधन गर्नेगरी तत्कालको योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्घ सरकारी र निजी क्षेत्रका निकायहरूलाई सक्रिय हुन निर्देशन दिनुभएको छ । आज बालुवाटारमा मनोचिकित्सकहरूसँग आयोजित परामर्श र छलफलका क्रममा उहाँले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनो चिकित्सकहरूको विशेष योगदान हुनेमा जोड दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उक्त..

अन्ततः पछि हट्यो रेल विभाग

२३ भाद्र, काठमाण्डौँ । प्रक्रिया नै पूरा नगरी अघि बढेको रेलमार्गको ठेक्का प्रक्रियाबाट रेल विभाग पछि हटेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पूर्व–पश्चिम रेलमार्ग अन्तर्गत झापाको काँकरभित्तादेखि सुनसरीको इनरुवासम्मको एक सय ६ किलोमिटरको रेलवे ट्राक निर्माणका लागि आह्वान गरिएको ठेक्का विभागले रद्द गरेको हो । आज एक सार्वजनिक सूचना जारी गर्दै विभागले गत असार १३ र १७ गते आह्वान गरेको ठेक्काको क्लज नम्बर ३७।१ को सेक्सन १ बमोजिम..

विज्ञहरु भन्छन्ः नेपालमै दैनिक २७५ टन युरिया मल उत्पादन गर्न सकिन्छ

२३ भाद्र, काठमाण्डौँ । देशभर रासायनिक मलको अभाव चुलिएको बेला नेपालमै मल कारखाना खोल्ने बहस पनि चुलिएको छ । मल कारखानाको अध्ययन गर्न कृषि मन्त्रालयले सचिवको नेतृत्वमा उच्चस्तरीय समितिसमेत गठन गरेको छ । भारतबाट पाइपलाइनमार्फत प्राकृतिक ग्यास ल्याएर मल कारखाना चलाउने कुरा एकथरीले गरेका छन् । तर नेपाली ऊर्जा विज्ञ भने ८ ठूला नेपाली सिमेन्ट कारखानाबाट निस्किने कालो धुवाँ र स्वदेशी बिजुलीबाटै नेपाललाई पुग्ने युरिया मल उत्पादन गर्न सकिने दाबी..

बाबुराम भट्टराईलाई सुर्य थापाको जवाफः शिष्टता पोलेर खाएको पूर्व प्रधानमन्त्री !

२२ भाद्र, काठमाण्डौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाबारे गरेको टिप्पणीको भाषा शैलीलाई लिएर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जवाफ फर्काउनुभएको छ । देशको प्रधानमन्त्री भईसकेको व्यक्ति हो वा गाली शिरोमणि भनेर थापाले प्रश्न गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा मार्फत थापाले भन्नुभएको छ–‘सामाजिक मर्यादा र शिष्टता पोलेर खाएको पूर्व प्रधानमन्त्रीको एक लज्जास्पद टिप्पणी !’ भन्दै सामाजिक मर्यादा र शिष्टता पोलेर खाएपछि सायद यस्तै हुन्छ कि..

निजामती कर्मचारी दिवसको अवशरमा प्रधानमन्त्रीद्धारा शुभकामना सन्देश जारी

२२ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारहिरुलाई उच्च नैतिक आचरण र व्यवहारमार्फत सेवा प्रदान गर्न निर्देशन दिनुभएको छ । निजामती कर्मचारी दिवसको अवशरमा आज एक शुभकामना सन्देश जारी गर्दे उहाँले कर्मचारीहरुमाथि लाग्ने गरेको तमाम आरोपहरु चिर्दै पेशागत मूल्यमान्यता र निष्ठालाई आत्मसात गरेर काम गर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देशः निजामती सेवाले कानूनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ..

युवराज खतिवडालाई कतै पनि नियुक्ति नदिन दबाब, सरकारको लोकप्रीयता घटाएको आरोप

२१ भाद्र, काठमाण्डौँ । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको लोकप्रीयता घटेको भन्दै सरकार र नेकपा भित्र समिक्षा शुरु भएको छ । खतिवडाले देश र जनताको हितमा भन्दा अन्तर्राष्ट्रिय शक्तिको स्वार्थ पूरा गर्नतर्फ केन्द्रित भएको भन्दै आलोचना समेत सुरु भएको छ । खतिवडाको कार्यकालमा देशको अर्थतन्त्रका धेरै मेरुदण्ड धराशायी भएको विज्ञहरु बताउँछन् । शेयर बजार सबैभन्दा बढी मारमा पर्याे । घरजग्गा कारोबार ठप्प भयो । सर्वसाधारणले..

आफ्नो निर्णय सच्याउन सभापति देउवालाई संस्थापन इतर समूहको एक हप्ते अल्टिमेटम

२१ भाद्र, काठमाण्डौँ । नेपाली काँग्रेसको रामचन्द्र पौडेल समुहले सभापति शेरबहादुर देउवाका पछिल्ला निर्णय फिर्ता गराउन चरणबद्ध दबाब दिने निष्कर्ष निकालको छ । संस्थापन इतर समूहको हिजो भएको ‘भर्चुअल’ बैठकले सभापति देउवाद्वारा पार्टी विधान विपरीत गरिएका निर्णय सच्याउन एक हप्ताको अल्टिमेटम दिने निष्कर्ष निकालेको हो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइराला, रामशरण महत, महेश आचार्य, धनराज गुरुङ, चन्द्र भण्डारी, नविन्द्रराज..