बामदेवलाई भेट्न भैँसेपाटी पुगे प्रचण्ड

२० श्रावण, काठमाण्डौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनको निवास भैँसेपाटी पुगेका छन् । एक साताअघि दुई अध्यक्ष सामक्ष ६ बुँदे प्रस्ताव अघि सारेका गौतम त्यस यता अर्का अध्यक्ष केपी ओली निकट हुन पुगेको अल्ला चलेका बेला प्रचण्ड गौतम निवास पुगेका हुन् । यस अघि प्रधानमन्त्री ओली पत्नि राधिका शक्य सहित गौतमलाई भेट्न उनको निवास भैँसेपाटी पुगेका थिए । ओलीपछि प्रचण्डपनि गौतमलाई भेट्न भैँसेपाटी पुग्नुलाई..

कोरोना संक्रमण बढेपछि विज्ञहरुसँग छलफल गर्दे प्रधानमन्त्री ओली

२० श्रावण, काठमाण्डौँ । लकडाउन खुलेसँगै राजधानीसहित देशभर कोरोना संक्रमण बढेपछि सर्वसाधारण त्रासित भएका छन् । सरकार पनि यसको नियन्त्रण कसरी गर्ने भन्ने उपायको खोजीमा जुटेको छ । पछिल्लो समय कोरोना संक्रमण दर बढेपछि देशका प्रमुख शहरहरुमा निषेधाज्ञा, कफ्र्यु लगायतका उपाय लगाएपनि कोरोना संक्रमणको दर बढ्दो क्रममा छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आज ११ बजे कोरोना नियन्त्रणका लागि विज्ञहरुसँग सामूहिक परामर्श गर्नुहुने भएको छ । भयावह स्थिति आउनसक्ने..

बालकोट पुगेर ओलीको शन्देश ‘पाँच वर्षसम्म सरकार ढल्दैन’

१९ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निजी निवास बालकोटबाट पुनः बालुवाटार फर्किएका छन् । आज मध्यान्ह सरकारी निवास बालुवाटारबाट बालकोट गएका ओली त्यहाँ एक घण्टा बिताएर फर्किएका हुन् । उनले बालकोटमा सो घरमा हाल बस्दै आएका पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटा र सांसद महेश बस्नेतसँग छलफल गरेको स्रोतले बताएको छ । बाँस्कोटा र बस्नेत ओलीको विश्वासपात्र मानिन्छन् । आजै बिहान बालुवाटारमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच..

ओली–दाहालबीच भेटवार्ता सम्पन्न, आज पनि कुरा मिलेन

१९ श्रावण, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ । दुई अध्यक्षबीच आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ता बिना निश्कर्ष टुँग्गिएको छ । नेकपानिकट स्रोतले दिएको जानकारीअनुसार दुई अध्यक्षबीचको आजको छलफल सकारात्मक देखिएको छैन् । दुवै अध्यक्षले आ–आफ्नो अडान कायम राखेका छन् । अध्यक्षद्धय ओली र दाहालसँगै आजको छलफलमा पनि बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका..

मेलम्ची–११ मा पहिरो खस्दा आठ जना बेपत्ता, एकको उद्धार

१९ श्रावण, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची–११ मा पहिरो खस्दा आठ जना बेपत्ता भएका छन् । पहिरोमा परेका एक जनाको भने जीवितै उद्धार भएको छ । भारतीय नागरिक बारु शाहको उद्धार गरी अहिले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गएराति परेको अविरल वर्षासँगै खसेको पहिरोले मेलम्ची कभर्डहल निमार्ण गर्ने कामदारलाई पुरेको हो । पहिरोमा परी बेपत्ता हुनेहरूमा वीरगन्जका ४२ बर्षिय राजेन्द्र चौरासिया, ३५ बर्षिय प्रदिप र्चाैरासिया, २५..

नेकपा कुनैपनि हालतमा फुट्दैनः सुवास नेम्वाङ

१९ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति हुने विश्वास दिलाउनुभएको छ । नेकपा कुनैपनि हालतमा नफुट्नेसमेत उहाँको दाबी छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनमा कुरा गर्दै नेता नेम्वाङले यस्तो बताउनुभएको हो । हिजो अध्यक्षद्धय ओली र प्रचण्डबीच भएको वार्ता पनि सकारात्मक भएको उहाँले बताउनुभयो । अध्यक्षद्धयबीचको छलफल र संवादले नै नेकपाको विवाद..

तीन दिनपछि नेकपा अध्यक्षद्वयबीच छलफल सुरु

१८ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच तीन दिनको अन्तरालपछि छलफल पुनः सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयबीच छलफल सुरु भएको हो । एकपक्षीय रुपमा प्रधानमन्त्री ओलीले बैठक स्थगित गरेपछि गत साता प्रचण्डको अध्यक्षतामा स्थायी समिती बैठक बसेको थियो । सो अवधिभर अध्यक्षद्वयबीच भेटवार्ता भएको थिएन । पार्टीभित्रको आन्तरिक विवाद मिलाउन दुई नेताबीच आज पुनः छलफल सुरु..

बामदेव गौतमबाट धोका भएको प्रचण्ड-माधव समुहको निष्कर्ष

१८ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरीक विवाद्धलाई तत्काका लागि समाधान गर्न उपाध्यक्ष बामदेव गौतमले प्रस्ताव गरेको ६ बुंदे प्रस्ताव स्विकार्य नरहेको प्रचण्ड–माधव नेपाल समुहले बताएका छन । प्रचण्ड र माधव नेपाल आन्तरिक छलफल गर्दै भावी रणनीति तय गर्न लागेका छन् । राजीनामा माग्ने समुहका उपाध्यक्ष बामदेव गौतम ‘यु टर्न’ भई ओलीलाई फाइदा हुने गरी प्रस्तुत भएपछि प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल नयाँ रणनीति..

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाध्यो

१७ श्रावण, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसका आज ३ सय १५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २० हजार ८६ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिनुभएको हो । आजसम्म १४ हजार ४ सय ९२ जना संक्रमणमुक्त भएका छन् । आज ९३ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिनुभयो । अहिले देशभरी सक्रिय संक्रमितको संख्या ५ हजार ३..

बकर–इदको अवसरमा नेकपा अध्यक्षद्धयको शुभकामना ‘मौलिकता अमुल्य पूँजी हो’

१७ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बकर–इद (इदुल जोहा)ले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभएको छ । इस्लाम धर्मावलम्बीको पर्व बकर–इदका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले मुलुकमा स्थायित्व, आर्थिक विकास, समृद्धि र जनताको जीवनमा सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षालाई सार्थक बनाउन यस पर्वले प्रेरणा प्रदान गरोस् भन्नेसमेत शुभेच्छा व्यक्त गर्नुभएको छ । नेपालमा..