१ असोज, काठमाण्डौँ । संवैधानिक अङ्गको रिक्त पदमा नियुक्तिको विषयलाई लिएर बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेता शेरबहादुर देउवाबीच लामै छलफल भएको छ । छलफलमा नेकपा महासचिव विष्णु पौडेल र काँग्रेस नेता रमेश लेखकको समेत सहभागिता रहेको थियो ।
महत्वपूर्ण संवैधानिक अङ्ग सबै ठाउँमा काँग्रेसको भागमा दुई जना र तीन वटा निकायमा प्रमुखसहित दुई जना हुनुपर्ने बटम लाइन देउवाको छ । सबै संवैधानिक निकायमा प्रमुखसहित पाँच जना हुने व्यवस्था छ ।
यतिखेर अख्तियारमा तीन जना आयुक्तको पद खाली छ । एकजना काँग्रेस कोटाकी सावित्री गुरुङको म्याद चैत्रसम्म छ । त्यसैगरी निर्वाचन आयोगमा दुई जना आयुक्तको पद खाली छ भने लोकसेवा आयोगमा पनि त्यस्तै छ ।
त्यसैगरी वित्त, समावेशी, दलित, महिलालगायतका आयोगमा अध्यक्ष लगायतका धेरै पद लामो समयदेखि खाली छ ।