ओली–दाहालबीच भेटवार्ताः सचिवालय बैठक शुक्रबार बस्ने निर्णय

ओली–दाहालबीच भेटवार्ताः सचिवालय बैठक शुक्रबार बस्ने निर्णय


३१ भाद्र, झापा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको भेटवार्ताले पार्टीको सचिवालय बैठक तय गरेको जनाईएको छ । यही आउने शुक्रबार सचिवालय बैठक बस्ने निधो भएको वालुवाटार स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार सचिवालय बैठक पहिलोपटक तत्कालिन नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालय रहेको पेरिसडाँडामा बस्नेछ ।

आजको अध्यक्षद्धयको भेटवार्तामा महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङपनि सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया:

सम्बन्धित खवर