२९ भाद्र, काठमाण्डौँ । बालुवाटारमा अहिले निकै छलफलको बिषय बनेको छ मन्त्रालय हेरफेर र नयाँ मन्त्री नियुक्ती ।
स्रोतका अनुसार वामदेव गौतमलाई राष्ट्रियसभाको सांसदमा शपथ गराउनुअघि नै अर्थ मन्त्रालयमा राज्यमन्त्री पठाइहाल्ने वालुटारले तयारी गरेको छ ।
त्यसका लागि पात्र पनि तयार पारिसकिएको बताईएको छ ।
राष्ट्रपतीबाट राष्ट्रियसभामा मानोनित गरिएकी विमला राई पौड्याललाई अर्थ राज्यमन्त्रीमा लाने तयारी भएको स्रोतको भनाई छ ।
उहाँलाई राज्यमन्त्री बनाइए पनि प्रधानमन्त्रीको आर्थिक मामिला सल्लाहकार नियुक्त हुन लागेका निवर्तमान अर्थमन्त्री डा.युवराज खतिवडाले नै मन्त्रालयका कामहरु संयोजन गर्ने तयारी रहेको बालुवाटारस्रोतले जनाएको छ ।
केपी ओलीको अघिल्लो (०७२) को प्रधानमन्त्रीकालमा राष्ट्रिय योजना आयोगको सदस्य बनाइएकी उहाँ विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भएलगत्तै राष्ट्रपतिकी विज्ञ सल्लाहकारका रुपमा नियुक्त हुनुहुन्थ्यो ।
उहाँ विद्यार्थीकालमा धनकुटामा अखिलको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो ।
विमला राई पौड्याल ०४९ सालमा जिल्ला विकास सभापति भएका धर्मराज पौडेलकी छोरी हुन् । विवाह भने राई थरका पुरुषसँग गर्नुभएको छ ।
त्यसयता उहाँ कुनै पनि राजनीतिक भूमिका र जिम्मेवारीमा हुनुहुन्न ।
जनतासँग नजोडिएको व्यक्ति कुनै विषयको विज्ञ भएकै नाममा मन्त्री हुँदा सरकारलाई पर्ने क्षतिका अनगिन्ती उदाहरण छोडेर भर्खरै डा.खतिवडा मन्त्रीबाट बहिर्गमित हुनुभयो ।
विमला पनि गैरराजनीतिक पृष्ठभूमिबाट सांसद बन्नुभएको हो ।
नेदरल्याण्डको हेगस्थित इन्ष्टिच्युट अफ सोसल स्टडिजबाट विकास मामिलामा विद्यावारिधी गर्नुभएका उहाँले त्यसअघि बेलायतको म्यानचेष्टर युनिभर्सिटीबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको समाचार जनआस्थाले सम्प्रेषण गरेको छ ।