नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५औँँ वर्ष पुरा

१७ श्रावण, काठमाण्डौँ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको आज ६५औँँ वर्ष पुरा भएको छ । यसै अवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबीच बधाई सन्देश आदानप्रदान भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर राष्ट्रपति सी, चीन सरकार र त्यहाँका नागरीकमा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त..

वामदेवको ६ बुँदे प्रस्तावले नेकपामा झन् ‘धुर्वीकरण’

१६ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीका दुईजना अध्यक्षसमक्ष ल्याएको ६ बुँदे प्रस्तावले पार्टीमा झन् धुर्वीकरण बढाएको छ । नेकपाभित्र देखिएको शक्ति संघर्ष अन्त्यका लागि भन्दै उपाध्यक्ष गौतमले अघि सारेको प्रस्तावले अन्ततः पार्टीमा ध्रुवीकरण बढाएको हो । श्रावण १३ गते प्रचण्डको अध्यक्षतामा स्थायी कमिटीको बैठक बस्नुअघि वामदेव गौतमले ल्याएको ६ बुँदे प्रस्तावले पार्टीमा गुटगत राजनीति झन् सक्रिय भएको छ । १३ गते बसेको स्थायी..

विद्यालयका क्वारेन्टिन र आइसोलेसन हटाइने, निर्मलीकरणको जिम्मा स्थानिय तहलाई

१५ श्रावण, काठमाण्डौँ । सरकारले भदौ १ बाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भदौ १ देखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको जानकारी आज सरकारका प्रवक्ता मन्त्री डा. युवराज खतिवडाले दिनुभएको हो । विद्यालय परिसरमा क्वारेन्टाइन र आइसोलेन कक्ष राख्न नपाइने भन्दै देशभरका विद्यालय सञ्चालनका लागि योग्य बनाउनेबारे समेत निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विद्यालय परिसरमा क्वारेन्टाइन र आइसोलेसन कक्ष सञ्चालन गर्न पाइने छैन..

कोरोना भाईरसबाट थप ३ को मृत्यु, सङ्क्रमित सङ्ख्या १९ हजार ५४७ पुग्यो

१५ श्रावण, काठमाण्डौँ । नेपालमा कोरोना भाईरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङमा एक र पर्सामा दुई जनाको कोरोनाका कारण मृत्यु भएको आजको प्रेस ब्रिफिङमा जानकारी दिनुभयो । मृत्यु हुनेमा मोरङको सुनवर्सी—८ का ४५ वर्षीय पुरुष, यस्तै पर्साको वीरगञ्ज—७ का ७० वर्षीय वृद्ध र वीरगञ्जकै वडा नम्बर ५ का ६८ वर्षीय बृद्ध रहेका छन् । मृत्यु हुने तीनै जना..

तरकारीको मूल्यमा अचाक्ली बृद्धी, हप्ता दिनमै दोब्बर भाउ !

१५ श्रावण, काठमाण्डौँ । बन्दावन्दी खुलेसँगै राजधानीमा उपभोक्तालाई अत्याउने गरी तरकारी मूल्य आकाशीएको छ । सरकारी निकायको ध्यान केन्द्रित हुन नसक्दा कोरोना महामारीबाट र बन्दावन्दीबाट रन्थनिएका उपभोक्ता दिनहुँ खानुपर्ने तरकारीको मुल्य आकाशीएपछि थप मारमा परेका छन् । कोरोना महामारी, लकडाउन, वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले तरकारीको मूल्य एक हप्ता दिनमै दोब्बर बढाएका छन् । केन्द्र सरकार र स्थानीय तहबाट बजार अनुगमन नहुँदा तरकारीको मूल्यमा विचौलिया र व्यापारीले मनलाग्दी गर्ने..

आजदेखि देशैभरीका होटल–रेष्टुरेन्ट खुल्दै

१५ श्रावण, काठमाण्डौँ । लकडाउन सुरू भएदेखि बन्द भएका देशभरीका होटल तथा रेष्टुरेन्ट आजबाट खुल्दै खुल्दैछन् । सरकारले साउन १५ देखि तोकेका मापदण्ड पूरा गरेर होटल व्यवसाय खोल्न अनुमति दिने निर्णय गरेअनुसार आजदेखि खुल्ने भएका हुन् । लकडाउन तथा बन्द अवधिको सेवा सुविधासम्बन्धी केही समयअघिमात्र व्यवसायी र मजदुरका संगठनबीच सम्झौता भएको थियो । सरकारले आजदेखि खोल्न अनुमति दिए पनि पूरा क्षमतामा भने होटल खुल्ने छैनन् । व्यवसायीहरूका अनुसार ग्राहकको मागअनुसारमात्र..

केन्द्रीय कमिटी बैठकको माग गर्दे नेकपा अध्यक्षद्धयलाई पत्र

१४ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक सय ५२ जना केन्द्रीय सदस्यले लिखित रुपमा केन्द्रीय कमिटी बैठकको माग गरेका छन् । एक महिनाभन्दा लामो समयदेखि जारी स्थायी कमिटी बैठक निष्कर्ष विहिनताको अवस्थामा रहेको समयमा केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गरेका हुन् । पार्टीभित्रको विवादले आफूअरुलाई चिन्तित बनाएको भन्दै अध्यक्षद्वयलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ–‘हाल देखिएको सबै विवाद र समस्याहरुको समाधान पार्टीको बैठकमा गहन छलफल गरी..

माधव नेपालको ‘अडान’ले नेकपाको विवाद जहाँको–त्यही !

१४ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीभित्र सहमति निर्माणका लागि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय भएका छन् । उनी हिजो साँझ आफै उपाध्यक्ष बामदेव गौतमको निवास पुगेर डिनरसहितको छलफल गरे । गौतमले नेकपामा सहमतिका लागि छ बुँदे प्रस्ताव अगाडि सारेपछि उत्साही भएका ओलीले त्यसमा सहमतिको सन्देश पनि दिएका छन् । उनले सहमतिका लागि आफू लचिलो बन्न तयार भएको भन्दै गौतमलाई एकतावद्ध भएर बढ्ने माहोल तयार गर्न समेत..

वामदेव संगको ‘डिनर’पछि ओलीलाई राहत

१४ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न गौतम निवास भैंसेपाटी नै पुगेका छन् । उनी हिजो साँझ श्रीमती राधिका शाक्यसहित गौतम निवास पुगेको बालुवाटार स्रोतले जनायो । वामदेव निवासमा प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमसहित महासचिव विष्णु पौडेलपनि सहभागी भएका थिए । प्रधानमन्त्रीको सचिवालयले यो भेटवार्तालाई पारिवारिक भेटवार्ता भनेपनि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पार्टीभित्र आन्तरिक विवाद चुलिएको अवस्था र आफूविरुद्ध..

नेकपा दुर्घटना नजिकः प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक सुरु

१३ श्रावण, काठमाण्डौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको स्थायी कमिटी बैठक सुरु गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै बैठक सुचारु गरेको स्रोतले जनाएको छ । यसअघि दाहालले प्रधानमन्त्री तथ अध्यक्ष ओलीसँग भेट गरेको पनि स्रोतले बताएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको एक नेताले जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा ओलीसहित उनी..