स्वास्थ्य / जीवनशैली

आज थपिए १०२४ जना कोरोना संक्रमित, १० जनाको मृत्यु
२० मंसिर, काठमाण्डौँ । पछिल्लो २४ घण्टामा देशभर १०२४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ४०२ महिला र ६२२ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २२०६ जना निको भएका छन् भने १० जनाको मृत्यु भएको छ । आजमात्र बीचमा ६ हजार ७४ जनाको कोरोना परीक्षण भएको थियो । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ भने..

चुलाचुली गाउँपालिकामा १५ शैयाको अस्पताल बन्दै
१३ मंसिर, इलाम । इलामको चुलाचुली गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण हुने भएकोछ । अस्पतालको भवन प्रदेश–१ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री राम रानाले शिलान्यास गर्ने कार्यक्रम तय भएको गाउँपालिकाले जनाएको छ । प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पाताल निर्माण गर्ने नेपाल सरकारको निर्णय अनुसार आगामी मंसीर १५ गते विहान ११ बजे चुलाचुली गाउँपालिका–२ स्थित बाह्रगोठेमा निर्माण हुन लागेको अस्पतालको मन्त्री रानाले शिलान्यास गर्ने कार्यक्रम तय भएको..

वितेको २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु, १७ सय ३ जनामा संक्रमण पुष्टि
१२ मंसिर, काठमाण्डौँ । वितेको २४ घण्टामा नेपालमा कोरोना भाइरसका थप १७ सय तीन जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या दुई लाख २९ हजार तीन सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार दुई सय ३६ जना संक्रमणमुक्त भएका छन् । आजसम्म दुई लाख नौँ हजार चार सय ३५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै वितेको २४ घण्टामा..

आज थपिए १६ सय १४ जना कोरोना संक्रमित
११ मंसिर, काठमाण्डौँ । नेपालमा आज १६ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको सख्या खुई लाख २७ हजार ६ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज एक हजार चार सय ३७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ९ हजार ४ सय ३५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमीत पत्रकार सम्मेलनमा जनाईएको छ ।

इलाम सूर्याेदयका कोरोना संक्रमित एक ब्यक्तिको मृत्यु
१० मंसिर, इलाम । इलामको सूर्याेदय नगरपालिका–९ का ५५ बर्षीय कोरोना संक्रमित एक ब्यक्तिको मृत्यु भएको छ । सूर्याेदय–९ मा बसोबास गर्दै आएका टाँसी वामु यल्मुको उपचारको क्रममा बिराटनगरको बिराट मेडिकल कलेजमा मृत्यु भएको हो । उनलाई स्वास्थ्यमा समस्या भए पछि फिक्कलमा सामान्य उपचार पछि बिराटनगर लगिएको थियो । बिराट मेडिकल कलेजमा कोरोना परीक्षण गर्दा पोजेटिभ रिर्पाेट आए पछि उक्त अस्पतालमा उपचार भइरहेको थियो । उपचारको क्रममा उनको मृत्यु भएको..

प्रदेश–१ सरकारलाई नेपाल रेडक्रस सोसाईटीद्धारा स्वास्थ्य सामाग्री सहयोग
१० मंसिर, सुनसरी । प्रदेश–१ सरकारलाई नेपाल रेडक्रस सोसाईटीले मंगलबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । प्रदेश–१ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई नेपाल रेडक्रस सोसाईटीकी केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले १६ लाख ३२ हजार ८५० मूल्य बराबरको सामाग्री हस्तान्तरण गर्नुभएको हो । मन्त्रालयलाई एक वटा भेन्टिलेटर, ६ हजार थान सर्जिकल मास्क, २ हजार ५ सय जोर ग्लोब्स, ५० थान पीपीई, २ सय थान केएन ९५ मास्क, ५० थान सुरक्षा चस्मा..

विराटनगरको नोबेल शिक्षण अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु
१० मंसिर, विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पताल गएराति दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका क्रममा सुनसरीका एक महिला र एक पुरुषको ज्यान गएको हो । सुनसरीको रामधुनी नगरपालिका–६ का ४० वर्षीय पुरुषकोे राति ११ः४० बजेतिर ज्यान गएको हो । श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि मंगलबार दिउँसो अस्पताल ल्याइएका उनको पीसीआर परीक्षण गराउँदा साँझ रिपोर्ट पोजिटिभ आएको थियो । आइसोलेसनमा भर्ना गरेर उपचार थालिए पनि पुरुषको मृत्यु..

दमकमा कोरोना संक्रमित एक बृद्धको मृत्यु
४ कार्तिक, झापा । झापाको दमकमा ७० बर्षिय कोरोना संक्रमित एक बृद्धको आज विहान मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका ९ का ७० बर्षिय बलबहादुर धिमाल रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । गत मंसिर १ गते विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार नआएपछि परिवारले हिजो बेलुका दमक नगरपालिकाको कोभिड–१९ उपचार केन्द्रमा ल्याएका..

आज थपिए ५ सय २ जना कोरोना संक्रमित
२ कार्तिक, काठमाण्डौँ । वितेको २४ घण्टामा नेपालमा कोरोना भाइरसका ५ सय २ जना मात्र संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ११ हजार ०४ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमीत प्रेस व्रिफिङमा जनाईएको छ । यस्तै वितेको २४ घण्टामा २८ सय ७८ जना संक्रमणमुक्त भएका छन् । यससंगै आजसम्म संक्रमण मुक्त हुँनेको संख्या एक लाख ७९ हजार २ सय ४२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको..

इलामको मेची आयुर्वेद औषधालय अस्पताल प्रदशकै उत्कृष्ट
२९ कार्तिक, इलाम । इलाम आइतबारेको मेची आयुर्वेद औषधालय अस्पताल प्रदेश–१ कै उत्कृष्ट भएको छ । कार्य सम्पादनको आधारमा मेची औषधालय प्रदेशकै उत्कृष्ट घोषित भएको हो । स्वास्थ्य निर्देशनालय धनुकटाद्धारा संचालित आर्थिक बर्ष २०७६/७७ को बार्षिक समिक्षा कार्यक्रममा स्वास्थ्य कार्यालयहरु मध्ये मेची औषधालयले उत्कृष्ट स्थान हासिल गरेको हो । प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया गजमेरले उत्कृष्ट स्थान हासिल गरेको आयुर्वेद कार्यालयका प्रमुख तिर्थ आचार्यलाई सम्मानपत्र..