झापामा आजदेखि हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु

२० चैत्र, झापा । झापामा आजदेखि हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको छ । झापाका १५ वटै स्थानीय तहमा एकै पटक औषधि सेवन अभियान सुरु भएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो । भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाले आज बिहान वडा नम्वर १० मा आयोजना गरेको एक कार्यक्रमबीच अभियान सुरु गरिएको हो । जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेल, भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रामाया श्रेष्ठ,..

चीन सरकारले उपलब्ध गराएको कोरोना खोप ‘भेरोसेल’ काठमाण्डौँ आईपुग्यो

१६ चैत्र, काठमाण्डौँ । चीन सरकारले नेपाल अनुदानमा उपलब्ध गराएको कोरोाना महामारी विरुद्धको खोप आज काठमाण्डौँ आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोरोना खोप ‘भेरोसेल’ आज बिहान ९.१५ बजे नेपाल आइपुगेको हो । चीन सरकारको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपको आठ लाख मात्रा नेपाललाई अनुदानमा गराएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ..

प्रधानमन्त्रीले लगाए कोरोना विरुद्धको खोप

२३ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोना विरुद्धको खोप लगाउनु भएको छ । नेपाल सरकारले आजदेखि ३५ वर्ष माथिका सबैलाई खोप लगाउने अभियान थालनी गरेसँगै प्रधानमन्त्री र उहाँकी धर्मपत्नी राधिका शाक्यले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगी खोप लगाउनु भएको हो । उहाँहरुलाई अस्पतालमा कार्यरत नर्स सिर्जना भूमीले खोप लगाइदिनुभएको थियो । खोप लगाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले आफूलाई सँगै सबैलाई खोप उपलब्ध भएकोले यस अभियानमा सरिक..

आजसम्म ६४ हजार ४ सय २२ जनाले कारोना विरुद्धको खोप लगाए

१७ माघ, काठमाण्डौँ । आज देशभर १४ हजार ८ सय ९४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश–१ मा १ हजार ५ सय ४७, प्रदेश–२ मा २ हजार १ सय १०, वाग्मती प्रदेशमा ५ हजार ४ सय २, गण्डकी प्रदेशमा १ हजार ८ सय ८७, लुम्बिनी प्रदेशमा २ हजार ६३, कर्णाली प्रदेशमा ९ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ९ सय ३० जनाले खोप..

आज देशभर २८ हजार बढिले कोरोना विरुद्धको खोप लगाए

१४ माघ, काठमाण्डौँ । आज देशभर २८ हजार बढिले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत दोस्रो दिन आज २८ हजार ७ सय ३२ जनाले खोप लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गदै हालसम्म प्रदेश–१ मा ३ हजार ८ सय ४७ जना, प्रदेश–२ मा २ हजार १ सय ७४, बागमती प्रदेशमा ११ हजार ४ सय ६१, गण्डकीमा ४ हजार..

झापामा पनि कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु

१४ माघ, झापा । झापाको भद्रपुर, बिर्तामोड र दमकस्थित सरकारी अस्पतालमा आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन शुरु गरिएको छ । दमक २ स्थित कोभिड उपचार केन्द्रमा एक कार्यक्रम गरि खोप दिन सुरू गरिएको स्वास्थ्य शाखाले जनाएको छ । खोप अभियानको राष्ट्रिय सभा सदस्य देबेन्द्र दाहालले शुभारम्भ गर्नुभयो । दमकमा पहिलो खोप दमकस्थित आम्दा अस्पतालका पूर्व सुपरीटेन्डेन्ट डा. नबिन ढकाललाई खोप दिईएको थियो । त्यस अवसरमा दमक नगरपालिकाका प्रमुख रोमनाथ..

प्रधानमन्त्री ओलीद्धारा कोरोना भाइरसविरुद्धको खोप अभियान शुभारम्भ

१४ माघ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले टेकुस्थित शुक्रराज ट्रपिकल सरूवा रोग अस्पतालबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुभारम्भ गर्नुभएको छ । खोप अभियान शुभारम्भलाई भर्चुअल सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले कोरोना भाइरसविरुद्धको लडाईमा विगतमा अपनाइएका विधिहरु अझै कायम राख्न आग्रह गर्नुहुँदै उहाँले अबको तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप निशुल्क उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले भूगोल र सीमाभन्दा बाहिर गएर मानव जातीको बचाउका लागि खोज अध्ययन..

वितेको २४ घण्टामा १०५६ जनामा कोरोना संक्रमण पुष्टि

२४ मंसिर, काठमाण्डौँ । वितेको २४ घण्टामा १०५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार २८६ जनाको पिसिआर परीक्षण हुँदा १०५६ मा संक्रमण पुष्टि भएको हो । यस्तै आज मात्र १४८३ जना संक्रमणमुक्त भएका छन् । यता १४ जनाको मृत्यु समेत भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ३८६ महिला र ६७० पुरुषसहित १०५६ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको..

आज थपिए १३ सय ८२ जना कोरोना संक्रमित

२३ मंसिर, काठमाण्डौँ । वितेको २४ घण्टामा नेपालमा १३ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तैगरी वितेको २४ घण्टामा १६ सय २१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख २९ हजार ५४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

मेची नेत्रालयद्वारा दमकमा पहिलो पटक रेटिना (आँखाको पर्दा) सम्बन्धी सेवा सुरु

२१ मंसिर, झापा । झापाको दमकमा पहिलो पटक मेची नेत्रालय आँखा तथा कान अस्पतालबाट रेटिना (आँखाको पर्दा) सम्बन्धी उपचार सुरु भएको छ । अस्पतालमा प्रत्येक हप्ताको आइतबार र बिहिबार आँखाको पर्दा (रेटिना) सम्वन्धी शल्यक्रिया सहितको सेवा सुरु भएको हो । २०५४ सालबाट दमकको पाथिभरा नेत्रालयबाट आफ्नो पेशागत कार्य सुरु गरी विगत २३ वर्षयता झापाको विभिन्न ठाउँमा आखाँ बिरामीहरुको सेवामा निरन्तर रहनुभएका आखाँ रोग विशेषज्ञ डा. शरद चन्द्रप्रकाश राईले सेवा प्रदान..