१३ मंसिर, इलाम । इलामको चुलाचुली गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण हुने भएकोछ । अस्पतालको भवन प्रदेश–१ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री राम रानाले शिलान्यास गर्ने कार्यक्रम तय भएको गाउँपालिकाले जनाएको छ ।
प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पाताल निर्माण गर्ने नेपाल सरकारको निर्णय अनुसार आगामी मंसीर १५ गते विहान ११ बजे चुलाचुली गाउँपालिका–२ स्थित बाह्रगोठेमा निर्माण हुन लागेको अस्पतालको मन्त्री रानाले शिलान्यास गर्ने कार्यक्रम तय भएको चुलाचुली गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष रन बहादुर लिम्बुले जानकारी दिनुभयो । निर्माण हुन लागेको अस्पतालको लागत रु १८ करोड ६ लाख रुपैयाँ रहेको छ ।
त्यसैगरी मन्त्री रानाले चुलाचुली १ र २ लाई जोड्ने कुमाले खोलामा निर्माण हुन लागेको पक्की पुलको समेत शिलान्यास गर्ने कार्यक्रम सोही दिन तय भएको छ । पुलको निर्माण लागत रु ३ करोड ३१ लाख ८३ हजार ९२२ रुपैया रहेको प्रवक्ता लिम्बुले जानकारी दिनुभयो ।