प्रदेश–१ सरकारलाई नेपाल रेडक्रस सोसाईटीद्धारा स्वास्थ्य सामाग्री सहयोग

प्रदेश–१ सरकारलाई नेपाल रेडक्रस सोसाईटीद्धारा स्वास्थ्य सामाग्री सहयोग

१० मंसिर, सुनसरी । प्रदेश–१ सरकारलाई नेपाल रेडक्रस सोसाईटीले मंगलबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

प्रदेश–१ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई नेपाल रेडक्रस सोसाईटीकी केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले १६ लाख ३२ हजार ८५० मूल्य बराबरको सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

मन्त्रालयलाई एक वटा भेन्टिलेटर, ६ हजार थान सर्जिकल मास्क, २ हजार ५ सय जोर ग्लोब्स, ५० थान पीपीई, २ सय थान केएन ९५ मास्क, ५० थान सुरक्षा चस्मा हस्तान्तरण गरिएको छ ।

रेडक्रसले हस्तान्तरण गरेको सामाग्री ग्रहण गर्दै राज्यमन्त्री गजमेरले कोरोना महामारी साझा समस्या भएको बताउनुभयो । प्रदेश सरकारले प्राप्त गरेको सामाग्री कोरोना संक्रमण जोखिममा अग्रपंक्तिमा रहेर कार्यगर्ने व्यक्तिहरुलाई वितरण गर्ने गरिएको उहाँले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाईटीकी केन्द्रीय उपाध्यक्ष कार्कीले रेडक्रस केन्द्र स्तरमा मात्रै नभई प्रदेश र जिल्ला स्तरमा पुगेर कोरोना संक्रमण जोखिममा अग्रपंक्तिमा रहेर कार्यगर्ने स्वास्थ्यकर्मी र विरामीको सघन उपचारमा मद्धत पुर्याउने काम गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270