२० मंसिर, काठमाण्डौँ । पछिल्लो २४ घण्टामा देशभर १०२४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ४०२ महिला र ६२२ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २२०६ जना निको भएका छन् भने १० जनाको मृत्यु भएको छ ।
आजमात्र बीचमा ६ हजार ७४ जनाको कोरोना परीक्षण भएको थियो ।
मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ भने निको हुनेको संख्या २ लाख २४ हजार ५३ जना रहेको छ ।
यस्तै देशभर सक्रिय संक्रमित १४ हजार २५५ जना रहँदा निको हुने दर ९३.४ प्रतिशत रहेको छ ।
हालसम्म कोरोनाबाट कुल १५७७ जनाले ज्यान गुमाउँदै अझैपनि ५३६ जना क्वारेन्टिनमा रहेका छन् ।
कहाँ कति थपिए संक्रमित ?
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४६० संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ३४९ जना, ललितपुरका ६५ र भक्तपुरका १८ जना छन् ।
नुवाकोटका ४६ जना, कास्कीका ४५, रुपन्देहीका ४१, झापाका ३९, अछामका ३५, कैलालीका ३३, काभ्रेका २९, सुनसरीका २८, बाँकेका २०, धनुषाका १८, कञ्चनपुरका १७, पर्सा, मकवानपुर र लमजुङका १५÷१५ जना, सिन्धुली र बाग्लुङका १४÷१४ जना, चितवन, कपिलवस्तु, दाङ र बझाङका ११÷११ जना, तनहुँ र बर्दियाका ९÷९ जना , धादिङका ८, दोलखाका ७ र इलामका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नवलपरासी र पाल्पाका ५÷५ जना, मोरङ, सोलखुम्बु, सिराहा, स्याङ्जा, जुम्ला, डडेलधुराका ४÷४ जना, सर्लाही, दैलेख, दार्चुला र बैतडीका ३÷३ जना, ताप्लेजुङ, बारा, महोत्तरी, रौतहट, सप्तरी, सिन्धुपाल्चोक, नवलपुर, पर्वत, म्याग्दी, प्युठान, रोल्पा र डोटीका २÷२ जना तथा उदयपुर, ओखलढुंगा, खोटाङ, अर्घाखाँची र गुल्मीका १÷१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।