
२१ मंसिर, झापा । झापाको दमकमा पहिलो पटक मेची नेत्रालय आँखा तथा कान अस्पतालबाट रेटिना (आँखाको पर्दा) सम्बन्धी उपचार सुरु भएको छ । अस्पतालमा प्रत्येक हप्ताको आइतबार र बिहिबार आँखाको पर्दा (रेटिना) सम्वन्धी शल्यक्रिया सहितको सेवा सुरु भएको हो ।
२०५४ सालबाट दमकको पाथिभरा नेत्रालयबाट आफ्नो पेशागत कार्य सुरु गरी विगत २३ वर्षयता झापाको विभिन्न ठाउँमा आखाँ बिरामीहरुको सेवामा निरन्तर रहनुभएका आखाँ रोग विशेषज्ञ डा. शरद चन्द्रप्रकाश राईले सेवा प्रदान गर्न सुरु गर्नुभएको हो ।
आज देखि सुरु उपचार सेवामा पहिलो दिन १५ जना सेवाग्राहीले आँखा जाच गराएका छन् ।
सुगर, प्रेसर, बढि उमेर भएका मानिस र चोट लागेर आँखाको पर्दा च्यातिएमा आँखाको रेटिना सम्बन्धी समस्याहरु बढि मात्रामा आउने गरेको डा.राईले बताउनुभयो ।
अत्याधुनिक प्रविधिबाट सल्यक्रिया गरी आँखाको पर्दा सम्बधी सेवा प्रदान गरिने अस्पताल प्रमुख प्रशासक पुनम प्रधानले बताउनुभयो ।
आँखाको जटिल उपचार आँखाको पर्दा (रेटिना) सम्बन्धी सेवा झापामा दैनिक रुपमा प्रदान गर्दै आइरहेको मेची नेत्रालय काकरभिट्टाले दमकमा पनि सेवा विस्तार गरेको हो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७