स्वास्थ्य / जीवनशैली

कोरोनाविरूद्धको खोप आयातका लागि कानुनी अध्यादेश तयार
२८ कार्तिक, विराटनगर । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाविरूद्धको खोप आयातका लागि कानुनी अध्यादेश तयार भएको बताउनुभएको छ । कोरोनाविरूद्धको खोप परीक्षण सफल हुनासाथ नेपालमा आयातका गर्न कानूनी समस्या नहोस् भनेर अध्यादेश तयार गरिएको उहाँले बताउनुभएको हो । विराटनगरमा कोशी अस्पताल र प्रदेश–१ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको ‘नागरिक केयर सेन्टर’को स्थलगत निरीक्षणपछि मन्त्री ढकालले सो कुरो बताउनुभएको हो । देशभरका अस्पतालहरुमा सुविधा सम्पन्न तीन हजार ५..

नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख नाघ्यो
२६ कार्तिक, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख भन्दा माथि पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज २ हजार ५ सय ६९ संक्रमित थपिएपछि कूल संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको जानकारी दिनुभयो । आज १० हजार ८१ वटा नमूनाको रियल टाईम पिसिआर परीक्षण गर्दा काठमाडौ उपत्यकामा १ हजार २ सय ६१..

उदयपुरका खोला निषेधित क्षेत्र घोषणा
२६ कार्तिक, उदयपुर । उदयपुरमा पछिल्लो समय कोरोना महामारीको संक्रमण बढ्दै गएपछि जिल्ला कोरोना महामारी संकट व्यवस्थापन समिति उदयपुर(डसिसीएमसी)ले जिल्लाका सबै खोलालाई निषेधित क्षेत्र घोषणा गरेको छ । चाडपर्वलाई लक्षित गरी आइतबार बसेको डिसिसीएमसीको बैठकको निर्णय सोमबार सार्वजानिक गर्दै प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले मङ्सिर ५ र ६ गतेसम्म जिल्लाका सबै खोलालाई निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिनुभयो । चाडपर्वमा धेरै भिडभाड हुने र संक्रमण ह्वात्तै बढ्न सक्ने भएकाले बैठकले..

झापामा आज ४ जना कोरोना संक्रममितको मृत्यु
२५ कार्तिक, झापा । झापामा आज थप चार जना कोरोना संक्रममितको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवलकी ६८ वर्षीय महिला, हल्दिबारी, गौरादह र मेचीनगरका क्रमशः ६०, २६, ५८ वर्षीय एक–एक पुरुष रहेको जनाइएको छ । योसँगै हालसम्म झापामा ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । यसैगरी जिल्लामा आज थप ७५ जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यलय झापाका फोकल पर्सन जिवन चौलागाईले जानकारी दिनुभयो । जसमा ५२ महिला र..

आज थपिए २७ सय ३६ जना कोरोना संक्रमित
२५ कार्तिक, काठमाण्डौँ । आज कोरोना भाइरसका थप २७ सय ३६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ९९ हजार ७ सय २० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ८ सय ५३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ६० हजार ५ सय ७७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यससँगै अब देशभर सक्रिय संक्रमितको संख्या..

बजेट अनुसार परिणाम देखिनुपर्योः सामाजिक विकास मन्त्री घिमिरे
२४ कार्तिक, सुनसरी । प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सरकारले उल्लेखनिय बजेट दिएकाले परिणाम पनि सोही अनुसार देखिनुपर्ने बताउनुभएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आज विराटनगरमा भएको प्रदेश स्तरिय अस्पतालहरुको बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठिमा सामाजिक विकास मन्त्री घिमिरेले जिल्ला अस्पतालहरुलाई प्रदेश सरकारले उल्लेखनिय बजेट दिएकाले परिणाम पनि सोही अनुसार देखिनुपर्ने बताउनुभएको हो । प्रदेश सरकारले चालु आर्थिक बर्षमा मात्र जिल्ला अस्पतालहरुलाई सात करोड देखि..

आज थपिए २५७१ जना कोरोना संक्रमित, १८ जनाको मृत्यु
२४ कार्तिक, काठमाण्डौँ । बितेको २४ घण्टामा देशभर दुई हजार पाँच सय ७१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यसमा काठमाडौ उपत्यकाका मात्र एक हजार चार सय २८ रहेका छन् । देशभरका विभिन्न प्रयोगशालामा ११ हजार एक सय ७७ जनामा पिसिआर परिक्षण गर्दा एक हजार ५१ महिला र एक हजार पाँच सय २० पुरुषमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै कोरोना महामारीबाट..

पत्रकार ऋषि धमला कोरोना संक्रमित
२४ कार्तिक, काठमाण्डौँ । पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण भएको छ । हिजो गरिएको स्वाब परीक्षणमा उहाँको रिपोर्ट आज पोजेटिभ आएको हो । पत्रकार धमलाका अनुसार आफूमा कोरोनाको कुनै लक्षण भने देखिएको छैन । कन्ट्याक ट्रेसिङमा परेको कारणले आफूले हिजो स्वाब परीक्षण गराएको धमलाले जानकारी दिनुभयो । त्यसमा आज रिपोर्ट पोजेटिभ आएको हो । उहाँ होम–आईसोलेशनमा हुनुहुन्छ । उहाँले यो बीचमा आफूसँग प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई समेत आवश्यक सतर्कता अपनाउनको लागि..

कोरोना संक्रमण न्यूनिकरण गर्न समुदाय–प्रहरीद्धारा दमकमा सचेतना कार्यक्रम शुरु
१८ कार्तिक, झापा । कोरोना महामारीको संक्रमण दर बढीरहेकाले समुदाय–प्रहरी साझेदारी समिति दमकले सचेतना मुलक कार्यक्रम शुरु गरेको छ । प्रहरी साझेदारी समितिको टोलीले दमक–८ स्थित बिभिन्न पसलहरुमा पुगेर कोरोना भाइरसबाट बच्न सल्लाह दिदै सचेतना कार्यक्रम गरेको छ । टोलीले प्रत्येक पसलहरुलाई माक्स, सेनीटाइजरको प्रयोग, पसल अगाडी हात धुने साबुन पानीको ब्यवस्थापन गर्न पनि अनुरोध गरेको टोलीमा सहभागी इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक मौसम उदासले जानकारी दिनुभयो । सर्वसाधारण..

आज थपिए २ हजार २२५ कोरोना संक्रमित
८ कार्तिक, काठमाण्डौँ । पछिल्लो २४ घण्टामा १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार दुई सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितमध्ये १४ सय ४६ जना पुरुष र सात सय ७९ जना महिला रहेका छन् । थपिएका मध्ये काठमाण्डौ उपत्यकाका ११ सय १० जना रहेका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ । यसै गरी पछिल्लो..