स्वास्थ्य / जीवनशैली

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण
८ कार्तिक, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत कार्तिक ७ गते गरिएको स्वाब परीक्षणमा आफूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको डा. भट्टराईले जानकारी दिनुभएको छ । भट्टराईले पत्नी हिसिला यमीलाई पनि संक्रमण पुष्टि भएको जानकारी गराउनुभएको छ । चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा हुनुहुन्छ । भट्टराई हालैमात्र मधेशका जिल्लाहरुको भ्रमण गरेर काठमाडौँ फर्केनुभएको थियो ।..

नेकपा सचेतक शान्ता चौधरी कोरोना संक्रमण मुक्त
८ कार्तिक, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचेतक शान्ता चौधरी कोरोना संक्रमण मुक्त बन्नुभएको छ । कोरोनालाई पराजित गरेर पुनर्जीवन पाएको उहाँले प्रतिकृया समेत दिनुभएको छ । विगतमा स्तन क्यान्सरबाट समेत पीडित भएकी चौधरीलाई असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँ बीर अस्पतालमा भर्ना हुनुभएको थियो । स्वास्थ्य जटिल बन्दै गएपछि उहाँलाई २३ असोजमा आईसीयूमा राखिएको थियो । हिजो (शुक्रबार) उहाँको कोरोना परीक्षण रिपोर्ट..

आज थपिए ४४९९ जना कोरोना संक्रमित
७ कार्तिक, काठमाण्डौँ । वितेको २४ घण्टामा नेपालमा चार हजार चार सय ९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या एक लाख ५३ हजार ८ पुगेको छ । काठमाडौँ उपत्यकामा मात्र २७२० जना संक्रमित थपिएका छन् । यसमा १ हजार ९२ जना महिला तथा १ हजार ६२८ जना पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थपिएका संक्रमितबारे आज (शुक्रबार) अपराहन्न जानकारी दिएको..

प्रदेश–१ का कानुन मन्त्री कार्कीलाई कोरोना संक्रमण पुष्टि
७ कार्तिक, झापा । प्रदेश–१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आज (शुक्रबार) बिहान मन्त्री कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार पीसीआर परिक्षण गर्दा आज आफूलाई कोरोना पोजेटिभ देखिएको मन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिनुभएको छ । सामान्य रुघाखोकीलगायत असर देखिएपछि होम आइसोलेसनमा रहनुभएका कार्कीले बिहीबार विराटनगरमा एउटा निजी क्षेत्रले संञ्चालन गरेको ल्याब उदघाटन गर्नुभएको थियो । पोजेटिभ..

बिपी प्रतिष्ठानमा ६० हजार धरौटी राखेर मात्र कोरोना संक्रमितले उपचार पाउने
७ कार्तिक, सुनसरी । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार गर्ने निर्णय गरेको छ । आउदो कार्तिक ९ गतेदेखि लागु हुने गरी प्रतिष्ठानले कोरोना सङ्क्रमितलाई चार समूहमा वर्गीकरण गरेर सोही अनुसारको धरौटी राख्ने व्यवस्था लागु गरेको छ । अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले एक सूचना प्रकाशन गरी संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशननुसारको शुल्क निर्धारण गरिएको जनाउनुभएको छ । उहाँका अनुसार..

पूर्वमन्त्री गोकुल बाँस्कोटालाई कोरोना संक्रमण
६ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटालाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँले सामाजिक सञ्जाल ट्विटरमार्फत आफूलाई कोभिड पोजेटिभ देखिएको जानकारी दिनुभएको छ । उहाँले आफूले पछिल्लो केही साता यता कसैलाई पनि नभेटेको पनि जनाउनुभएको छ । उहाँले आफूलाई संक्रमणको लक्षण भने नदेखिएको उल्लेख गर्नुभएको छ । उहाँकी श्रीमती तारा मानन्धरलाई पनि संक्रमण भएको छ । श्रीमती मानन्धरलाई भने लक्षणसहित देखिएको उहाँले जानकारी..

आज थपिए ३६३७ जना कोरोना संक्रमित, २१ जनाको मृत्यु
६ कार्तिक, काठमाण्डौँ । देशभर सक्रिय संक्रमितको ४५ हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ३४९ र होम आइसोलेशनमा ३१ हजार ५३८ जना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उहाँले पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि जानकारी दिए..

बीपी कोभिड अस्पतालमा थप एक कोरोना सङ्क्रमित महिलाको मृत्यु
५ कार्तिक, सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार सुनसरीको गढी गाउँपालिका वडा नंं ४ की ५५ वर्षीय महिलाको उपचारको क्रममा हिजो (मंगलबार) राती ९ बजे मृत्यु भएको हो । यो सँगै बीपीको कोभिड अस्पतालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६८ पुगेको छ ।

आज थपिए ३०९३ जना कोरोना संक्रमित
४ कार्तिक, काठमाण्डौँ । आज थप तीन हजार ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ८६१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको बताईएको छ । थपिएका संक्रमितमध्ये १७ सय दुई जना उपत्यकाका छन् । स्वास्थ्य मन्त्रालयको आजको नियमित पे्रस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो ।

झापा बुद्धशान्ति गाउँपालिका अध्यक्ष भूजेललाई कोरोना संक्रमण
४ कार्तिक, झापा । झापा बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भूजेललाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका अध्यक्ष भूजेलको कोरोना रिपोर्ट पोजिटिभ आएको हो । अध्यक्ष भुजेल केही दिनदेखि अस्वस्थ भई ज्वरो आउने र घाँटी दुख्ने समस्या भएपछि बिर्तामोडको एक अस्पताल पुग्नुभएको थियो । अस्पतालमा एक्सरे गर्दा छातीको संक्रमण देखिएकाले आइतबार त्यहाँबाट नोबेल हस्पिटल रिफर गरिएको थियो । नोबेलमा उपचार पछि केहि सुधार भएको बताइए..