२ कार्तिक, काठमाण्डौँ । वितेको २४ घण्टामा नेपालमा कोरोना भाइरसका ५ सय २ जना मात्र संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ११ हजार ०४ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमीत प्रेस व्रिफिङमा जनाईएको छ ।
यस्तै वितेको २४ घण्टामा २८ सय ७८ जना संक्रमणमुक्त भएका छन् । यससंगै आजसम्म संक्रमण मुक्त हुँनेको संख्या एक लाख ७९ हजार २ सय ४२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।