१० मंसिर, इलाम । इलामको सूर्याेदय नगरपालिका–९ का ५५ बर्षीय कोरोना संक्रमित एक ब्यक्तिको मृत्यु भएको छ । सूर्याेदय–९ मा बसोबास गर्दै आएका टाँसी वामु यल्मुको उपचारको क्रममा बिराटनगरको बिराट मेडिकल कलेजमा मृत्यु भएको हो ।
उनलाई स्वास्थ्यमा समस्या भए पछि फिक्कलमा सामान्य उपचार पछि बिराटनगर लगिएको थियो । बिराट मेडिकल कलेजमा कोरोना परीक्षण गर्दा पोजेटिभ रिर्पाेट आए पछि उक्त अस्पतालमा उपचार भइरहेको थियो ।
उपचारको क्रममा उनको मृत्यु भएको सूर्याेदय नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बिपुल अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार उनको कन्ट्रयाक ट्रेसिङमा परेका २१ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको छ । परिवारका सदस्यहरुको अवस्था हेरी आईसोलोसनमा राखिने उहाँले बताउनुभयो ।