११ मंसिर, काठमाण्डौँ । नेपालमा आज १६ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको सख्या खुई लाख २७ हजार ६ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज एक हजार चार सय ३७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ९ हजार ४ सय ३५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमीत पत्रकार सम्मेलनमा जनाईएको छ ।