४ कार्तिक, झापा । झापाको दमकमा ७० बर्षिय कोरोना संक्रमित एक बृद्धको आज विहान मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका ९ का ७० बर्षिय बलबहादुर धिमाल रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
गत मंसिर १ गते विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार नआएपछि परिवारले हिजो बेलुका दमक नगरपालिकाको कोभिड–१९ उपचार केन्द्रमा ल्याएका थिए ।
सोहि उपचार केन्द्रमा आज बिहान २ बजे संक्रमित बृद्धको मृत्यु भएको नगरपालिका स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिनुभयो । योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।