स्वास्थ्य सामग्री लिएर नेपाल एयरलाइन्सका दुवै जहाज काठमाडौं आइपुगे

काठमाडाै, ५ बैशाख । चीनको ग्वाङ्झाओबाट स्वास्थ्य सामग्री लिएर नेपाल एयरलाइन्सका दुवै जहाज काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न चीन गएका दुईवटा वाइडबडी जहाजमध्ये एउटा शुक्रबार बिहान ७ बजेतिर र अर्को सवा ७ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । ती जहाजमा कोरोना भाइरसको आशंका गरिएका र संक्रमण पुष्टि भएकाहरुको परीक्षण तथा उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री छन् । निजी क्षेत्रले नेपाल एयरलाइन्सका दुईवटा जहाज भाडामा लिएर स्वास्थ्य..

इलामको माईजोगमाईमा १० जनाको र्यापिड टेस्ट, सवैको रिपोर्ट नेगेटिभ

४ बैशाख, इलाम । इलामको माईजोगमाई गाउँपालिकामा कोरोना भाइरस सम्वन्धी र्यापिड टेस्ट सुरु भएकोे छ । गाउँपालिकाको कार्यालयमा आजबाट सुरु सुरु भएको टेस्टमा हालसम्म १० जनाको टेस्ट गरिएको छ । जसमा २ जना स्पेनिस र भारतिय नागरीक रहेका छन् । अन्य ८ जना विभिन्न देशबाट घर आएका स्थानियहरु रहेका छन् । टेष्टबाट कसैमा पनि कोरोनाको संक्रमण पोजेटिभ नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वृजकुमार दासले जानकारी दिनुभएको छ । महामारी रोग..

किटद्धारा चुलाचुलीमा ५ जनाको कोरोना परिक्षण, सबैको रिपोर्ट नेगेटिभ

४ बैशाख, इलाम । चुलाचुली गाउँपालिकामा कोरोना भाइरस संक्रमणको आशंकामा ५ जनालाई र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना भाइरसको परीक्षण गरिएको छ । परीक्षण गरिएका पाँचै जनाको रिपोर्ट नेगेटिभ आएको चुलाचुली स्वास्थ्य शाखाका प्रमुख दुस्यान्त दाहाले जानकारी दिनुभएको छ । उहाँका अनुसार चुलाचुली गाउँपालिकामा होम क्वारेन्टाइनमा ११ जना, गाउँपालिकाको सामुदायिक क्वारेन्टाइनमा ३ जना गरी जम्मा १४ जनालाई राखिएको छ । क्वारेन्टाईनमा राखिएका सवैजसो व्यक्तिहरु केही साता अगाडीमात्र विदेशबाट फर्किएका हुन्..

झापा हल्दिवारीका एक युवकमा कोरोना संक्रमण नभएको पुष्टि

४ बैशाख, झापा । झापाको हल्दिवारी गाउँपालिकाका एक युवामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । आरडिटी विधिबाट गरिएको परीक्षणमा ती युवामा कोरोना भइरसको एन्टीबडी पोजिटिभ देखिएपछि स्वाव परीक्षणकालागि कोशी अस्पताल विराटनगर पठाइएको थियो । विराटनगरमा भएको उनको पीसीआर परीक्षणमा नतिजा नेगेटिभ आएको हो । बैदेशिक रोजगारीमा गएका ती युवा एक महिनाअघि दुबईबाट झापा घर फर्किएका थिए । उनी होम क्वारेन्टाइनमा थिए । विज्ञहरुका अनुसार आरडिटी टेस्टमा नतिजा पोजेटिभ..

कोरोना संक्रमणको आशंका गरीएकी एक महिलाको विपि प्रतिष्ठान धरानमा मृत्यु

४ बैशाख, सुनसरी । धरान उपमहानगरपालिका वडा नं. ११ की एक महिलाको कोरोना भाइरस संक्रमणको आशंका उपचारको क्रममा मृत्यु भएको छ । धरान स्थित वडा नं. ११ मा बस्दै आएकी ४५ बर्षिया खड्गमाया कार्मीले आफूलाई ज्वरो आएको र स्वास फेर्ने गाह्रो भएको भन्दै कोभिड–१९ को आशंकमा धरान वीपी कोईराला विज्ञान प्रतिष्ठानमा उपचारको गराउन आएकी थिईन् । सोही उपचारको क्रममा आज उनको मृत्यु भएको हो । यता चिकित्सकहरुले भने कार्कीको स्वाब..

बीपी प्रतिष्ठानको कोरोना र्यापिड रेस्पोन्स टिमको पुनर्गठन

४ बैशाख, सुनसरी । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाको महामारी रोकथाम, नियन्त्रणका लागि गठित ‘नोबेल कोरोना भाइरस र्यापिड रेस्पोन्स कमिटी’को पुनर्गठन गरिएको छ । हालै नियुक्त भएका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीको संयोजकत्वमा कमिटी पुनर्गठन गरिएको हो । कोरोनाको नियन्त्रण रोकथाम तथा संक्रमण फैलिन नदिनका लागि पूर्व तयारी र सतर्कता अपनाउन गत माघ १५ गते कमिटी गठन गरिएको थियो । उक्त कमिटीलाई फेरबदल गरेर हिजो बैशाख ३ गते नयाँ कमिटी..

रौतहटका थप एक युवकमा कोरोनाको संक्रमण पुष्टि, नेपालमा जम्मा १४ व्यक्ति संक्रमित

१ वैशाख, काठमाण्डौँ । महामारीको रुपमा विश्वभरी फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड १९) को संक्रमित नेपालमा थप एक जनामा भएको पाईएको छ । कोरोना भाइरसका नयाँ संक्रमित व्यक्ति रौतहट जिल्लाका हुन् । जिल्लाकै एक सामुदायिक क्वारेन्टाइनमा रहेका ति १९ वर्षीय युवकामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज नै कैलालीको लम्की चुहा नगरपालिका–१ की ६५..

मेचिनगरका ८० जनप्रतिनिधीको एक महिनाको तलव राहत कोषमा जम्मा गर्ने निर्णय

१ वैशाख, झापा । झापाको मेचीनगर नगरपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधा बापतको रकम कोभिड १९ प्रकोप व्यवस्थापन तथा राहत कोषको खातामा खातामा जम्मा गर्ने भएका छन् । झापाका १५ वटा स्थानीय तहमध्ये जनसंख्या र भौगोलिक दृष्टिकोणले सवैभन्दा ठुलो मानिएको मेचीनगर नगरपालिकामा १५ वटा वडारहेका छन् । नगरप्रमुख उपप्रमुख, वडाध्यक्ष, वडासदस्य तथा कार्यपालिका सदस्यसहित मेचीनगर नगरकार्यपालिकामा ८० जना जनप्रतिनिधीहरु रहनुभएको छ । महामारी जस्तो विपद्को समयमा बैशाख महिनामा आफुहरुले प्राप्त..

विरगंञ्जमा रहेका तिन भारतिय नागरीकमा कोरोना संक्रमणको पुष्टि

३० चैत्र, विरगञ्ज । प्रदेश नं. २ को बिरगञ्जमा बस्दै आएका तीन जना भारतीय नागरिकमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण भएको पुष्टि भएको छ । उनीहरुको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । यसअघि हेटौंडास्थित प्रयोगशालामा परीक्षण..

काेराेना भाइरसका कारण हालसम्म १ लाख ६ हजार ५ सय २४ जनाकाे मृत्यु

काठमाण्डाै, २९ चैत्र । काेराेना भाइरसका कारण हालसम्म १ लाख ६ हजार ५ सय २४ जनाकाे मृत्यु भइसकेकाे छ । काेराेना भाइरस (काेभिड १९) बाट १७ लाख ३५ हजार ४ सय ८६ जना संक्रमित छन् । हालसम्म विश्वमा काेराेना संक्रमित भएर पनि ३ लाख ९२ हजार ८ सय ५८ जनाले स्वास्थ्यलाभ गरिसकेका छन् । समाचार तयार पार्दासम्म पछिल्लाे २४ घण्टालाइ हेर्ने हाे भने चीनमा ३ जनाकाे मृत्यु भएकाे छ भने..