स्वास्थ्य / जीवनशैली

आफुलाई जोडेर अनर्गल समाचार लेखेको भन्दै डा. शेरबहादुर पुनको आपत्ति (विज्ञप्ति सहित)
७ बैशाख, काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनले सञ्चारमाध्यममा आएको गलत समाचारको खण्डन गर्नुभएको छ । उहाले आफ्नो विषयलाई लिएर विभिन्न सञ्चारमाध्यमले अनर्गल प्रचार गरिदिएको भन्दै त्यस्तो नगर्न आग्रह गर्नुभएको हो । आइतबार (आज) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उपस्थित हुन पुग्नुभएका उहाले विज्ञप्ती निकालेर संञ्चारमाध्यमा आएको समाचारको खण्डन गर्नुभएको हो । डा. पुनले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छः ‘पछिल्ला दिनमा मसँग..

‘कोभिड १९ बीमालेख’ औपचारीक रुपमा आजबाट सुरु
७ बैशाख, काठमाडौँ । बीमा समितिले कोभिड–१९ सम्बन्धी बीमालेख आजदेखि औपचारिक रुपमा जारी गरेको छ । आज देखी कोभिड–१९ सम्बन्धी पहिलो बीमालेख खरिद गरी औपचारीक सुरुवात गरिएको बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बताउनुभयो । उहाँले भन्नुभयोः ‘कोरोना भाइरस महामारीको रुपमा आएको छ । सानो रकमबाट भएपनि सङ्क्रमणमा परेका व्यक्तिलाई आर्थिक सहयोग होस भन्ने उद्देश्यले बीमालेख जारी गरिएको हो ।’ उहाँका अनुसार कोरोना भाइरस सङ्क्रमण पछिको उपचार सरकारले गर्ने भएपनि संक्रमित..

वीपी प्रतिष्ठान धरानमा कोरोना उपचार केन्द्र युद्धस्तरमा तयार हुँदै
७ बैशाख, सुनसरी । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सय आइसोलेसन बेडको कोभिड १९ उपचार केन्द्र युद्धस्तरमा तयार भइरहेको छ । अबको एक साताभित्र यो उपचार केन्द्र सञ्चालनमा आउने प्रतिष्ठानले जनाएको छ । आउदो बैशाख १२ गतेभित्र तयार हुने भनिएको केन्द्रमा स्वास्थ्यकर्मीहरु आवश्यक काममा जुटिसकेका छन् । यस्तैगरी भौतिक संरचना पनि धमाधम मर्मत तथा निर्माण भइरहेका छन् । प्रतितष्ठानका नर्सिङ इञ्चार्ज स्माइल शाहका अनुसार सय बेड राख्नलाई पर्याप्त ठाउँ..

निकाे भएकाे व्यक्तिमा फेरि काेराेना लाग्दैन भन्ने प्रमाण छैन – डब्लुएचओ
एजेन्सी । विश्व स्वास्थ्य संगठन (WHO)ले कोरोना भाइरस लागेर निको भएका व्यक्तिमा फेरि दोस्रो पटक कोरोना संक्रमण हुँदैन भन्ने कुनै प्रमाण अहिलेसम्म फेला नपरेको जनाएको छ । डेलिमेलका अनुसार डब्ल्युएचओले एन्टिबडीका लागि ठूलो रकम लगानी गर्न थालेका विभिन्न देशलाई चेतावनी दिदै कोरोना संक्रमित व्यक्तिको इम्युनिटीको कुनै ग्यारेन्टी गर्न नसकिएको प्रष्टिकरण दिएको छ । संसारका विभिन्न देशका विशेषज्ञले एक पटक कोरोना संक्रमण भएपछि दोस्रो पटक फेरि नहुँने बताएका थिए । दक्षिण कोरियामा..

तेह्रथुममा एक सय ५५ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट, तीन जनाको रिपोर्ट पोजिटिभ
७ वैशाख, तेह्रथुम । तेह्रथुममा भएको १ सय ५५ जनाको र्यापिड डायग्नोष्टिक टेष्टमा तीन जनाको रिपोर्ट कोरोना पोजिटिभ आएको छ । जिल्लाका दुई नगरपालिका र चार वटा गाउँपालिकामा एक साथ भएको र्यापिड टेष्ट परिक्षणमा पोजिटिभ रिपोर्ट आएका तीन जना र शंकास्पद सात जना गरी १० जनाको स्वाब संकलन गरी पीसीआर टेष्टकालागि विराटनगर स्थित कोशी अस्पताल पठाइएको जिल्ला स्वास्थ्य कार्यलय तेह्र्रथुमका प्रमुख जनस्वास्थ्य अधिकृत योगराज घिमिरेले बताउनुभयो । पीसीआर टेष्ट पछि..

कोरोना संक्रमितसंग बसेका मोरङका एक व्यक्तीलाई क्वारेन्टाइनमा राखियो
६ वैशाख, सुनसरी । उदयपुरको भुल्के मस्जिदमा कोरोना सक्रमित १२ जना संगै १० दिन बसेका सुनसरीका एकजना जमातीलाई आज बिहान भोक्राहा नरसिंहबाट स्थानीयहरुले प्रहरीको जिम्मा लगाईदिएका छन । भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ५ का ४६ वर्षिया युसुफ मियाँ कोराना संक्रमित १२ भारतिय नागरिकहरुसंग विभिन्न मस्जिदहरु घुमेका थिए । उदयपुरको झुल्के मस्जिदमा पनि उनि १० दिनसम्म कोरोना संक्रमित भारतियसंग बसेर घर फर्किएका थिए । भुल्के मस्जिदमा कोरोना सक्रमित भेटिएको घटना..

सनसिटी अपार्टमेन्टका ३ जना कोरोना संक्रमित परिवारसंगै यात्रा गर्ने ८ जना सुनसरीवासी रहेको फेला
६ बैशाख, सुनसरी । काठमाण्डौको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने ३ जना कोरोना भाइरस संक्रमित परिवार संगै यात्रा गर्नेहरु मध्ये ८ जना सुनसरीवासी रहेको फेला परेको छ ।बेला यतबाट कतार एयरवेजको क्यु.आर. ६४४ नम्बरको जहाजमा गत मार्च २० तारीखका दिन नेपाल आएका मध्ये ८ जना सुनसरीका नागरीक रहेको फेला परेको सुनसरी प्रहरीले जानकारी दिएको छ । अहिले सुनसरी प्रहरीले ति ८ जनाको खोजी सुरु जनाएको छ । प्रहरी उपरिक्षक यज्ञविनोद..

नेपालमा एकै दिनमा १४ जना कोरोना संक्रमित भेटीए, संक्रमित संख्या ३० पुग्यो
५ बैशाख, काठमाण्डौँ । नेपालमा एकै दिन १४ जनालाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ । आज उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जना र चितवनका २ जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उदयपुरमा भेटिएका १२ जना भारतीय व्यक्ति कोरोना संक्रमित पुष्टि भएको आफूलाई जानकारी आएको बताउनुभएको छ । यस्तै चितवनको राप्ती नगरपालिकाका एकै परिवारका दुई सदस्यमा..

वीपी प्रतिष्ठान धरानमा एक सय बेडको आइसोलेसन सहितको कोरोना उपचार केन्द्र बन्दै
बैशाख ५ गते । विश्वभरी महारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) संक्रमणको त्रास बढेसंगै धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक सय बेडको आइसोलेसन सहितको कोरोना उपचार केन्द्र बनाउने भएको छ । त्यसका लागि प्रतिष्ठानको पूर्व तर्फ रहेको पूर्नस्थापना केन्द्रलाई कोरोना उपचार केन्द्रको रुपमा छुट्टै व्यवस्थापन गर्न लागिएको बताइएको छ । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीका अनुसार सय आइसोलेन बेडमा १० वटा आइसियु बेडको व्यवस्था गरिने छ । हाल..

स्वास्थ्य सामग्री लिएर नेपाल एयरलाइन्सका दुवै जहाज काठमाडौं आइपुगे
काठमाडाै, ५ बैशाख । चीनको ग्वाङ्झाओबाट स्वास्थ्य सामग्री लिएर नेपाल एयरलाइन्सका दुवै जहाज काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न चीन गएका दुईवटा वाइडबडी जहाजमध्ये एउटा शुक्रबार बिहान ७ बजेतिर र अर्को सवा ७ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । ती जहाजमा कोरोना भाइरसको आशंका गरिएका र संक्रमण पुष्टि भएकाहरुको परीक्षण तथा उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री छन् । निजी क्षेत्रले नेपाल एयरलाइन्सका दुईवटा जहाज भाडामा लिएर स्वास्थ्य..