४ बैशाख, सुनसरी । धरान उपमहानगरपालिका वडा नं. ११ की एक महिलाको कोरोना भाइरस संक्रमणको आशंका उपचारको क्रममा मृत्यु भएको छ ।
धरान स्थित वडा नं. ११ मा बस्दै आएकी ४५ बर्षिया खड्गमाया कार्मीले आफूलाई ज्वरो आएको र स्वास फेर्ने गाह्रो भएको भन्दै कोभिड–१९ को आशंकमा धरान वीपी कोईराला विज्ञान प्रतिष्ठानमा उपचारको गराउन आएकी थिईन् । सोही उपचारको क्रममा आज उनको मृत्यु भएको हो ।
यता चिकित्सकहरुले भने कार्कीको स्वाब परिक्षण गर्दा कोभिड–१९ नेगेटिभ देखाएको बताएका छन् । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानका सह–प्रवक्ता डा. अशोक एरेका अनुसार कोरोना आशंकामा अस्पताल पुगेकी उनको निमोनियाको कारण मृत्यु भएकोे हो ।
उक्त महिलाको मृत शरिरबाट थ्रेड स्वाब निकालेर परिक्षण गरिएको थियो ।