स्वास्थ्य सामग्री लिएर नेपाल एयरलाइन्सका दुवै जहाज काठमाडौं आइपुगे

स्वास्थ्य सामग्री लिएर नेपाल एयरलाइन्सका दुवै जहाज काठमाडौं आइपुगे

काठमाडाै, ५ बैशाख । चीनको ग्वाङ्झाओबाट स्वास्थ्य सामग्री लिएर नेपाल एयरलाइन्सका दुवै जहाज काठमाडौं आइपुगेका छन् ।

बिहीबार अपराह्न चीन गएका दुईवटा वाइडबडी जहाजमध्ये एउटा शुक्रबार बिहान ७ बजेतिर र अर्को सवा ७ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।

ती जहाजमा कोरोना भाइरसको आशंका गरिएका र संक्रमण पुष्टि भएकाहरुको परीक्षण तथा उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री छन् ।

निजी क्षेत्रले नेपाल एयरलाइन्सका दुईवटा जहाज भाडामा लिएर स्वास्थ्य सामग्री नेपाल ल्याएका हुन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर