४ बैशाख, इलाम । चुलाचुली गाउँपालिकामा कोरोना भाइरस संक्रमणको आशंकामा ५ जनालाई र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना भाइरसको परीक्षण गरिएको छ ।
परीक्षण गरिएका पाँचै जनाको रिपोर्ट नेगेटिभ आएको चुलाचुली स्वास्थ्य शाखाका प्रमुख दुस्यान्त दाहाले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार चुलाचुली गाउँपालिकामा होम क्वारेन्टाइनमा ११ जना, गाउँपालिकाको सामुदायिक क्वारेन्टाइनमा ३ जना गरी जम्मा १४ जनालाई राखिएको छ । क्वारेन्टाईनमा राखिएका सवैजसो व्यक्तिहरु केही साता अगाडीमात्र विदेशबाट फर्किएका हुन् ।
स्वास्थ्य प्रमुख दाहालका अनुसार अहिले पालिकामा कोरोना संक्रमणको शंका लागेका व्यक्तिहरुको प्रत्येक वडाबाट नै आरडीटी परीक्षण गर्ने कार्य भईरहेका छ ।