बीपी प्रतिष्ठानको कोरोना र्यापिड रेस्पोन्स टिमको पुनर्गठन

बीपी प्रतिष्ठानको कोरोना र्यापिड रेस्पोन्स टिमको पुनर्गठन

४ बैशाख, सुनसरी । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाको महामारी रोकथाम, नियन्त्रणका लागि गठित ‘नोबेल कोरोना भाइरस र्यापिड रेस्पोन्स कमिटी’को पुनर्गठन गरिएको छ ।

हालै नियुक्त भएका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीको संयोजकत्वमा कमिटी पुनर्गठन गरिएको हो । कोरोनाको नियन्त्रण रोकथाम तथा संक्रमण फैलिन नदिनका लागि पूर्व तयारी र सतर्कता अपनाउन गत माघ १५ गते कमिटी गठन गरिएको थियो । उक्त कमिटीलाई फेरबदल गरेर हिजो बैशाख ३ गते नयाँ कमिटी बनाइएको बताईएको छ ।

कमिटीको पुर्नगठित सहअध्यक्षमा शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल, सदस्य सचिवमा अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर शाह रहनुभएको छ । सदस्यहरूमा सहायक अस्पताल निर्देशक डा. विकास साह, मेडिसिन विभागका प्रमुख प्रा.डा. सञ्जीवकुमार शर्मा लगायत २३ सदस्यीय समिति गठन गरिएको जनाईएको छ ।

यो समितिले अब कोरोनाको नियन्त्रण र रोकथामका लागि विशेष सावधानी अपनाउने भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर