१ वैशाख, काठमाण्डौँ । महामारीको रुपमा विश्वभरी फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड १९) को संक्रमित नेपालमा थप एक जनामा भएको पाईएको छ । कोरोना भाइरसका नयाँ संक्रमित व्यक्ति रौतहट जिल्लाका हुन् । जिल्लाकै एक सामुदायिक क्वारेन्टाइनमा रहेका ति १९ वर्षीय युवकामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज नै कैलालीको लम्की चुहा नगरपालिका–१ की ६५ वर्षीया एक महिला पनि कोरोना भाइरस पोजेटिभ भेटिएकी थिइन् ।
हालसम्म कैलाली जिल्लामा ४ जना, पर्सा जिल्लामा ३ जना, काठमाडौँमा ३ जना, बाग्लुङमा २ जना तथा रौतहट र कञ्चनपुरमा १–१ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् ।