१ वैशाख, झापा । झापाको मेचीनगर नगरपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधा बापतको रकम कोभिड १९ प्रकोप व्यवस्थापन तथा राहत कोषको खातामा खातामा जम्मा गर्ने भएका छन् ।
झापाका १५ वटा स्थानीय तहमध्ये जनसंख्या र भौगोलिक दृष्टिकोणले सवैभन्दा ठुलो मानिएको मेचीनगर नगरपालिकामा १५ वटा वडारहेका छन् । नगरप्रमुख उपप्रमुख, वडाध्यक्ष, वडासदस्य तथा कार्यपालिका सदस्यसहित मेचीनगर नगरकार्यपालिकामा ८० जना जनप्रतिनिधीहरु रहनुभएको छ । महामारी जस्तो विपद्को समयमा बैशाख महिनामा आफुहरुले प्राप्त गर्ने सवै सेवा सुविधा वापतको रकम खातामा जम्मा गर्ने निर्णय गरेको नगर प्रमुख विमल आचार्यले बताउनुभयो ।
जनप्रतिनिधिहरुले चैत महिनाको सवै सेवा सुविधा प्राप्त गरिसकेका कारण बैशाख महिनाको सेवा सुविधा वापतको रकम जम्मा हुने बताईएको छ । यो निर्णय भए लगत्तै खातामा मेचीनगरका जनप्रतिनिधिहरुले एक महिनामा विभिन्न शिर्षकबाट प्राप्त गर्ने सुविधा बापतको १० लाख ५० हजार ३ सय ९० रुपैयाँ खातामा जम्मा हुने उपप्रमुख मीना पोखरेल उप्रेतीकोले जनाउनुभयो ।