४ बैशाख, इलाम । इलामको माईजोगमाई गाउँपालिकामा कोरोना भाइरस सम्वन्धी र्यापिड टेस्ट सुरु भएकोे छ । गाउँपालिकाको कार्यालयमा आजबाट सुरु सुरु भएको टेस्टमा हालसम्म १० जनाको टेस्ट गरिएको छ ।
जसमा २ जना स्पेनिस र भारतिय नागरीक रहेका छन् । अन्य ८ जना विभिन्न देशबाट घर आएका स्थानियहरु रहेका छन् । टेष्टबाट कसैमा पनि कोरोनाको संक्रमण पोजेटिभ नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वृजकुमार दासले जानकारी दिनुभएको छ । महामारी रोग नियन्त्रण इलामका संयोजक विमल बरालको नेतृत्व गएको टोलीले माईजोगमाईमा कोरोनाको परिक्षण गरेको हो ।
अरु विदेशबाट आएकाहरुको सोयाङको स्वास्थ्य चौकी टेस्ट गरिने जनाईएको छ । विदेशबाट घर फर्किएर आएकाहरुको स्वास्थ्य कार्यालय इलामकोे सहयोगमा र्यापिड टेस्ट गरिने गाउँपालिका अध्यक्ष जितबहादुर राईले जानकारी दिनुभयो । उहाँले कोरोनाको जोखिम बढिरहेको अवस्थामा सरकारले लागु गरेको लकडाउन पुर्ण पालनाका लागि अपिल समेत गर्नुभएको छ ।