स्वास्थ्य / जीवनशैली
दमकमा थप ३ जनाको आरडिटी रिपोर्ट पोजेटिभ, शुरक्षा व्यवस्था कडा
१२ वैशाख, काठमाण्डौँ । झापाको दमक नगरपालिका वडा नं. ३ का एकैपरिवारका ३ सदस्यमा आरडिटी पोजेटिभ देखिएको छ । कोरोनाको शंका लागेर विहिबार उनिहरुको आरडिटी परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । उनिहरुलाई अहिले दमक अस्पतालको आइसुलेसनमा राखेर उपचार गरिरहेको बताईएको छ । ति तिन जना र दमकका अर्का एक जना युवाको स्वाव संकलन गरि पीसिआर परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको नगरपालिकाकी उपप्रमुख तथा प्रवक्ता गीता..
दमकमा एक जनाको आरडीटी रिपोर्ट पोजेटिभ, पीसिआर परीक्षणका लागि धरान पठाइयो
१२ वैशाख, काठमाण्डौँ । झापाको दमकमा ७ जनामा गरिएको आरडीटी परीक्षणमा एक जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । प्रारम्भिक चरणमा गरिने आरडीटी परीक्षणका क्रममा ७ जना मध्ये एक जना युवाको रिपोर्ट पोजेटिभ र अन्यको भने नेगेटिभ देखिएको हो । पोजेटिभ देखिएका युवा एक महिनाअघि दुवईबाट घर आएका हुन् । विहिवारसम्म ९८ जनामा गरिएको आरडीटी परीक्षणमा पहिलो पटक एकजनाको रिपोर्ट पोजिटिभ देखिएको नगरपालिकाले जनाएको छ । एक जनामा पोजिटिभ देखिएपछि पीसिआर..
थप दुई जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमित संख्या ४७ पुग्यो
११ वैशाख, उदयपुर । उदयपुर र जनकपुरका थप एक/एक जनामा आज फेरि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस संगै नेपालमा थप दुई जना संक्रमित थपिएका छन् । संक्रमितको संख्या जम्मा ४७ पुगेको छ । उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार उदयपुरबाट संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ५५ वर्षीया महिलामा..
थप ३ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमित संख्या ४५ पुग्यो
१० वैशाख, काठमाण्डौँ । नेपालमा थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सुनसरीको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज गरिएको पीसीआर परीक्षणमा ३ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित ब्यक्तिहरु २४, ६० र ७२ वर्षीय रहेका छन् । यस्तै आज थप दुईनजना गरी ७ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य..
तिब्बतबाट आठ करोड नेपाली मुल्य बरावरको स्वास्थ्य सामाग्री नेपाल ल्याईदैँ
१० बैशाख, इलाम । चीनको तिब्बतबाट आठ करोड नेपाली मुल्य बरावरको स्वास्थ्य सामाग्री नेपाल ल्याईने भएको छ । कोरोनाभाइरसको सङ्क्रमणसँग जुझ्न तिब्बत सरकारले उपलब्ध गराएका दुईवटा पीसीआर मेशिन र त्यसका २० हजार किट सहितका स्वास्थ्य सामग्री आज नेपाल आईपुग्ने बताईएको छ । हाल कतिपय अत्यावश्यक किटहरूको अभाव हुन सक्ने विवरण आइरहेका बेला ती सामग्री नेपाल ल्याउन लागिएको हो । आज नै भन्सार प्रक्रिया गरी ती सामग्री तातोपानी नाका मार्फत नेपाल..
कोरोनाको कारण रोकिएको खोप सेवा इलाममा नियमित हुने
१० बैशाख, इलाम । विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण प्रभावित खोप सेवा इलाममा शुरु गरिने भएको छ । वालवालिकाका लागि आधारभूत स्वास्थ्य खोप सेवा सरकारले शुरु गर्न निर्देशन दिएसँगै इलाम जिल्लामा सुरु गरिने भएको हो । कडाउनका कारण नियमित खोप सेवाबाट बालबालिका वञ्चित भएकाले सरकारी निर्णयपछि इलाममा नियमित खोप सेवा सुरु गरिने भएको हो । महामारी बिच पनि नियमित खोप सेवा रोक्नु नहुने निर्देशन दिएकाले इलामका सबै खोप केन्द्रमा..
उदयपुरका थप ८ जनामा कारोनाको संक्रमण पुष्टि, संक्रमित संख्या ४० पुग्यो
९ वैशाख, उदयपुर । उदयपुरका थप ८ जनामा व्यक्तिमा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या ४० पुगेको छ । उदयपुरबाट संकलन गरिएको शंकास्प व्यक्तिहरुको स्वाब धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्यापमा परीक्षणकालागि लगिएको थियो । परिक्षणमा आठै जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या अब ४० पुगेको छ । संक्रमित..
भारतबाट हिँड्दै आएका सुनसरीका ८ जना नियन्त्रणमा, स्वास्थ्य जाचकालागि विराटनगर लाने तयारी
९ वैशाख, सुसरी । भारतको अररियाबाट हिँड्दै आएका सुनसरीका ८ जनालाई प्रहरीले बर्जु गाउपालिकाको अमडुवा सिमा क्षेत्रबाट गएराती नियन्त्रणमा लिएको छ । सुनसरीको दुहवी नगरपालिका वडा नं. १२ घर भएका ति ८ जना लामो समय देखि भारतको अररीया क्षेत्रमा लकडाउनका कारण रोकिएका थिए । लामो समयसम्म पनि लकडाउन नहटेपछि उनिहरु हिड्दै घर आउने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका ८ जना मध्ये ६ जना महिला र २ जना..
इलामका १० स्थानिय तहमा थप ८ सय ८० बेड क्षमताको क्वारेन्टाईन निर्माणकालागि पहल सुरु
८ बैशाख, इलाम । प्रदेश नम्वर एकमा कोरोना भाइरसका संक्रमित व्यक्तिहरु फेला पर्न थालेपछि इलाममा थप क्वारेन्टाइन निर्माणका लागि पहल सुरु भएको छ । जिल्लामा रहेका १० वटा स्थानिय तहहरुमा ८ सय ८० बेड क्षमताको क्वारेन्टाईन निर्माणका लागि पहल सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइको नेतृत्वमा गठन भएको विपद व्यवस्थापन समितिको बैठकले स्थानिय तहहरुलाई थप क्वारेन्टाइन निर्माण गर्न तथा बेडको क्षमता बढाउन निर्देशन दिएको छ । जस..
झापाकाे मेचीनगरमा ५२ जनाकाे काेराेना परिक्षण, सबै रिपाेर्ट नेगेटिभ
मेचीनगर, ८ बैशाख । झापाकाे मेचीनगरनगरपालिकाका क्वारेन्टाइनमा बसेका २ महिलासहित ५२ जनाको कोरोना भाइरस कोभिड १९ को एन्टीबडी परीक्षण गर्दा सबै रिपाेर्ट नेगेटिभ अाएकाे छ । नेपालका विभिन्न जिल्लामा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै र धमाधम संक्रमित फेला पर्न थालेपछि झापाको मेचीनगरमा कोरोना भाइरसको एन्टीबडी परीक्षणलाई तीब्रता दिइएकोे हाे । छिमेकी मुलुक भारतमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमित तथा मानिसको मृत्यु संख्या बढ्न थालेपछि भारतको..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७