स्वास्थ्य / जीवनशैली
इलामका सिमाक्षेत्रमा थप कडाई, जिल्लाका ७ स्थानमा प्रहरीको अस्थायी पोष्ट स्थापना
२८ चैत्र, इलाम । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) को संक्रमण छिमेकी मुलुक भारतमा बढदै गए पछि लुकीलुकी नेपाल प्रवेश गर्ने र सिमानामा बिभिन्न अवैध गतिविधि बढ्ने भएपछि इलामको नेपाल–भारत सिमा क्षेत्रमा थप कडाई गरिएको छ । जिल्लाका ७ स्थानमा शसस्त्र प्रहरीले अस्थायी पोष्ट स्थापना गरेको छ । लकडाउनको समयमा भारतबाट आउने क्रम नरोकिएपछि सुरक्षा सतर्कताका लागि पोष्ट स्थापना गरिएको शशस्त्र प्रहरीले जनाएको छ । छिमेकी मुलुक..
काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ९६ हजार ७ सय ९१ जना पुग्याे
काठमाण्डाै । काेराेना भाइरस संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ९६ हजार ७ सय ९१ पुगेकाे छ । विश्वमा हालसम्म १६ लाख १५ हजार ४९ जनामा काेराेना संक्रमित देखिएकाे छ । काेराेना भाइरस फैलन सुरू भएकाे १ सय दिन कटिसकेकाे छ । हाल विश्वमा यसले महामारीकाे रूप लिरहेकाे छ । समाचार तयार पार्दासम्मकाे रेकर्डलाइ हेर्ने हाे भने अमेरिकामा मात्र १६ हजार ६ सय ९७ जनाकाे मृत्यु भइसकेकाे छ । त्यस्तै स्पेनमा..
अन्तरष्ट्रिय उडान बैशाख १८ गतेसम्म प्रतिबन्ध
काठमाडौं, २५ चैत । नेपाल आउने अन्तर्राष्ट्रिय हवाई उडान सरकारले बैशाख ३ गतेसम्म लगाएको प्रतिबन्ध वैशाख १८ सम्म लम्ब्याएको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो । १५ दिन थप गर्दै अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको हो । सरकारले विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन रोकेको हो । तर नेपालबाट यात्रु लिएर जानका लागि भने विभिन्न एयरलाइन्सहरुले अहिले पनि विदेशीहरु लैजान उद्दारको उडान गरिरहेका छन्..
आठ सय विपन्न परिवारलाई चुलाचुली गाउँपालिकाको खाद्यन्न राहत
२३ चैत्र, इलाम । इलामको चुलाचुली गाउँपालिकाले गरिव तथा विपन्न परिवारलाई राहत सामाग्री वितरण गर्न गरेको छ । ज्याला मजदुरी गरी दैनिक गुजारा चलाउने गरिव तथा विपन्न परिवारलाई लकडाउनको वेला समस्या पर्ने भन्दै पालिकाले गरिव तथा विपन्न परिवारको पहिचान गरी खाद्यन्न राहत वितरण गर्न सुरु गरेको हो । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण रोक्न सरकारले देशैभरी लगाएको लकडाउनको समय लम्विदै जाँदा ग्रामिण भेगका जनताको दैनिकीमा..
योङहाङ समाजले दियो ६३ बिपन्न परिवारलाइ खाद्यान्न सहयोग
२३ चैैैत्र, इलाम । कोरोना (Covid 19)को सम्भावित संक्रमणको रोकथाम र नियन्त्रण गर्नको लागि लकडाउनको कारण मजदुर एवं विपन्न घरपरिवारको खाद्यान्न अभाए भए पछि योङहाङ समाज इलामद्दारा फाकफोकथुम-७ मा ६३ घरपरिवारलाई खाद्यान्न एवं माक्स वितरण गरेको छ । योङहाङ समाजका अध्यक्ष पंचबहादुर योङहाङ र सचिव दिपक लिम्बुको अनुसार फाकफोकथुम-७ योङ्हाङका जागिर खाने तथा समाजसेवीहरु रकम संकलन गरि चामल, साबुन र माक्स वितरण गरिएको हो। नागरिक संग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्यकर्मी..
माईजोगमाईका विपन्न परिवारलाई गाउँपालिकाले राहत बाड्दै
२२ चैत्र, इलाम । इलामको माईजोगमाई गाउँपालिकाले गरिव, विपन्न परिवार तथा अशक्त व्यक्तिहरुलाई राहत सामाग्री वितरण गर्न सुरु गरेको छ । ज्याला मजदुरी गरी दैनिक गुजारा चलाउने गरिव तथा विपन्न परिवारलाई लकडाउनको वेला समस्या पर्ने भन्दै पालिकाले गरिव तथा विपन्न परिवारको पहिचान गरी खाद्यन्न राहत वितरण गर्न सुरु गरेको हो । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण रोक्न सरकारले देशैभरी लगाएको लकडाउनको समय लम्विदै जाँदा ग्रामिण..
ब्यवसायी तेज बहादुर सिवाकोटीद्वारा PPE सहयोग
२२ चैत, इलाम । फाकफोकथुम गाउपालिका-६ मेतालुङ स्थायी घर भइ इलाम बजारमा सिवाकोटि सप्लाएर्स संचालन गर्दै आएका तेज बहादुर सिवाकोटीले ६ थान PPE सहयोग गरेका छ्न । विस्वभरी महामारिको रुपमा फैलिएको कोरोना(Covid 19)को सम्भावित संक्रमणको रोकथाम र नियन्त्रणमा निरन्तर लाग्नु पर्ने स्वास्थ्य कर्मि र सुरक्षा कर्मिको निम्ति सिवाकोटीले फाकफोकथुम-७ स्थित एजतप्पा प्रहरी चौकिमामा २ थान र एकतप्पा प्रहरी चौकीमा २ थान साथै ६ नं. वडा स्थित सामुदायिक स्वास्थ्य इकाइ पोखरीमा..
नेपालमा काेराेना संक्रमित थप तीन जना भेटियाे
काठमाण्डाै, २२ चैत्र । कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको छ । मन्त्रालयका स्रोत अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् भने २ जना बाहिरबाट आएका हुन् । मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको..
विपन्न परिवारलाई चुलाचुली गाउँपालिकाले भाेलीदेखि राहत वितरण गर्ने
चुलाचुली, २१ चैत्र । विश्वमा माहामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) काे प्रभाव सबैतिर बढिरहेकाे छ। जसमा पनि निम्न अाय भएका, दैनिक ज्यालामजदुरी गरेर खाने परिवारलाई परिहेकाे छ । साे कुरालाई मध्यनजर गर्दै चुलाचुली गाउँपालिकाले भाेलि २२ गते देखी गाउँपालिकाका ६ वटै वडाका २ हजार परिवारलाई राहत सामग्री वितरण गर्न लागेकाे गाउँपालिका अध्यक्षका निजि सचिव सञ्जय राईले बताए । गाउँपालिका भरीका प्रत्येक वडाबाट विवरण संकलन गरी दैनिक ज्याला मजदुरी..
कास्कीमा एक व्यक्तिकाे काेराना परीक्षण पाेजेटिभ देखियाे
पाेखरा, २१ चैत्र । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा एक व्यक्तिको पोजेटिभ रिपोर्ट आएको छ । भारतबाट फर्किएका कास्कीका एक व्यक्तिको परीक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएको हो । पोखरामा भर्खरै मात्र ल्याब स्थापना भएको हाे । उनको थ्रोट स्वाब पुनः परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । अहिलेसम्म नेपालमा ६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमित सबै विदेशबाट आएका हुन् । त्यसमा पनि दोस्रो,..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७