विरगंञ्जमा रहेका तिन भारतिय नागरीकमा कोरोना संक्रमणको पुष्टि

विरगंञ्जमा रहेका तिन भारतिय नागरीकमा कोरोना संक्रमणको पुष्टि

३० चैत्र, विरगञ्ज । प्रदेश नं. २ को बिरगञ्जमा बस्दै आएका तीन जना भारतीय नागरिकमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण भएको पुष्टि भएको छ । उनीहरुको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।

यसअघि हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा तिनै जनाको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछी पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो ।

गत बिहीबार मात्र भारतबाट आएका २४ जनासहित संकास्पद ३३ जनाको नमुना परीक्षणका लागि हेटौडास्थित प्रयोगशालामा पठाइएको बताईएको छ । ति मध्ये तीन जनाको रिपोर्ट पोजेटिभ आएपछि पुनः परीक्षणका लागि टेकुमा पठाइएको थियो ।

शुक्रबारदेखि नै उनिहरु वीरगञ्ज–२ छपकैया स्थित नारायणी अस्पतालको आइसोलेसनमा छन् । संक्रमण पुष्टि भएकामध्ये २ जना भारतको उत्तर प्रदेश र एक जना दिल्लीमा बस्दै आएको बताईएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर